हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
न्युयोर्क, २ मङ्सिर (एएनआई/क्यूएनए) । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा द्वन्द्व अन्त्य योजना तथा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने व्यवस्थालाई समर्थन गर्दै अमेरिकाले तयार पारेको प्रस्ताव पारित गरेको छ । परिषद्ले १३–० मतले प्रस्ताव अनुमोदन गरेको हो । परिषद्का स्थायी सदस्य चीन र रुस मतदानबाट अनुपस्थित रहेका थिए ।
यो मतदान इजरायल र हमासले गत महिना ट्रम्पको २०–बुँदे योजना अन्तर्गतको प्रारम्भिक चरण—दुई वर्षदेखि जारी युद्धलाई रोक्ने युद्धविराम तथा इजरायली बन्धकहरूको रिहाइको सम्झौता—स्वीकार गरेपछि भएको हो । यस निर्णयलाई गाजामा प्रस्तावित सङ्क्रमणकालीन प्रशासनलाई अन्तर्राष्ट्रिय वैधता प्रदान गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ, जसले स्थिरता मिशनमा सहभागी हुन चाहने राष्ट्रहरूलाई प्रोत्साहित गर्ने मानिएको छ ।
प्रस्तावमा सहभागी राष्ट्रहरूले ट्रम्पको अध्यक्षतामा रहने ‘शान्ति बोर्ड’ मा भाग लिन सकिने व्यवस्था गरिएको छ । उक्त बोर्डलाई गाजाको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका गतिविधि सञ्चालन गर्ने अस्थायी प्रशासनिक निकायका रूपमा परिभाषित गरिएको छ । साथै, अन्तर्राष्ट्रिय स्थिरीकरण बललाई (आइएसएफ) क्षेत्रको असैन्यीकरण, हतियार नष्ट गर्ने तथा सैन्य पूर्वाधार ध्वस्त पार्ने जिम्मेवारी औपचारिक रूपमा दिने अधिकार पनि प्रस्तावले प्रदान गर्दछ ।
तर हमासले परिषद्को निर्णयलाई अस्वीकार गरेको छ । समूहले आफू निरस्त्रीकरण नहुने दृढता दोहो¥याउँदै इजरायलविरुद्धको आफ्नो सङ्घर्षलाई ‘वैध प्रतिरोध’ भनेको छ । हमासले यस प्रस्तावलाई ‘गाजापट्टीमा अन्तर्राष्ट्रिय संरक्षकता थोपर्ने प्रयास’ भनी आरोप लगाउँदै जनताले यसलाई अस्वीकार गर्ने दाबी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले परिषद्को बैठकमा प्रस्तावलाई ‘प्यालेस्टिनी आत्मनिर्णयतर्फ सम्भावित मार्गचित्र’ को रूपमा व्याख्या गर्नुभयो । उहाँले यसले ‘हमासको नियन्त्रण तोड्ने’ र गाजालाई आतङ्क र भयमुक्त, समृद्ध तथा सुरक्षित बनाउने आधार तयार गर्ने बताउनुभयो ।
दोस्रोतर्फ, स्थायी सदस्य रूसले यसअघि सम्भावित भिटोको सङ्केत गरे पनि अन्ततः मतदानमा भाग नलिएपछि प्रस्ताव पास हुन सक्षम भयो । रूस र चीन दुवैले गाजाको भविष्य निर्धारणमा संयुक्त राष्ट्रसङ्घको भूमिकालाई सीमित गर्ने अमेरिकी दृष्टिकोणको आलोचना गरे । रूसी प्रतिनिधि भासिली नेबेन्ज्याले परिषद्ले ‘वासिङ्टनको प्रतिज्ञासहित गाजामा शान्ति बोर्ड र आइएसएफलाई पूर्ण अधिकार दिएको’ टिप्पणी गर्दै यसका ‘विधि र उद्देश्यबारे अस्पष्टता’ रहेको बताउनुभयो ।
प्यालेस्टिनी प्राधिकरणले भने प्रस्तावको स्वागत गर्दै यसलाई कार्यान्वयनमा सहयोग गर्न तयार रहेको जनाएको छ । कूटनीतिज्ञहरूका अनुसार रूसी भिटो रोक्न प्राधिकरणको समर्थन निर्णायक रहेको थियो ।
प्रस्तावले इजरायलभित्र भने असहजता बढाएको छ, किनकि यसको पाठले दीर्घकालीन रूपमा प्यालेस्टिनी राज्यको सम्भावना सङ्केत गर्दछ । यसमा प्यालेस्टिनी प्राधिकरणले सुधार लागु गरेपछि तथा गाजाको पुनर्निर्माणमा पर्याप्त प्रगति भएपछि ‘प्यालेस्टिनी आत्मनिर्णय तथा राज्य स्थापनातर्फ विश्वसनीय मार्ग’ बन्न सक्छ भन्ने उल्लेख गरिएको छ । साथै, संयुक्त राज्य अमेरिकाले इजरायल र प्यालेस्टिनीबिच ‘शान्तिपूर्ण सहअस्तित्वका लागि राजनीतिक क्षितिजमा सहमति खोज्ने संवाद’ स्थापना गर्ने उल्लेखसमेत गरिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने आफ्ना दक्षिणपन्थी गठबन्धन साझेदारहरूको दबाबबिच प्यालेस्टिनी राज्यको समर्थन अस्वीकार गर्दै गाजालाई ‘सजिलो वा कठिन कुनै पनि मार्गबाट पूर्ण विमुद्रीकरण गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्यालेस्टाइनद्वारा संयुक्त राष्ट्रसङ्घको प्रस्तावलाई स्वागत गर्दै तत्काल कार्यान्वयनका लागि आह्वान
यसैबिच रामल्लास्थित प्यलेस्टिनी प्राधिकरण (सरकार)ले गाजा पट्टीका लागि अमेरिकाले तयार पारी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले स्वीकृत गरेको प्रस्तावलाई स्वागत गरेको छ । जसले स्थायी युद्धविरामको पुष्टि गर्दै सहायताको निर्बाध प्रवेश र वितरण सम्भव बनाई प्यालेस्टिनी जनताको अधिकारलाई समर्थन गर्दछ ।
प्यालेस्टाइनले गाजापट्टीमा सामान्य जीवन पुनस्र्थापना गर्ने, गाजाबासीको सुरक्षा सुनिश्चित गर्ने, विस्थापन रोक्ने, इजरायली कब्जा बलहरूको पूर्ण फिर्ती सुनिश्चित गर्ने, पुन र्निर्माण गर्ने कार्यको आवश्यकतामा जोड दिएको छ ।
प्यालेस्टाइनले अमेरिकी प्रशासन, सुरक्षा परिषद्का सदस्यहरू, अरब र इस्लामिक देशहरू, युरोपेली सङ्घ र यसका सदस्य राष्ट्र संयुक्त राष्ट्र सङ्घलगायत न्युयोर्क घोषणाका साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको पुष्टि गरेको छ । जसले गाजापट्टी, वेस्ट ब्याङ्क र पूर्वी जेरुसेलममा प्यालेस्टिनी जनताको पीडा अन्त्य गर्न मद्दत गर्ने र शान्ति र सुरक्षा प्राप्त गर्ने विश्वसनीय राजनीतिक प्रक्रियाको लागि मार्गप्रशस्त गर्ने छ ।
प्यालेस्टाइनले गाजापट्टीमा आफ्नो पूर्ण जिम्मेवारी ग्रहण गर्न तयार रहेको जनाउँदै पट्टी प्यालेस्टाइन राज्यको अभिन्न अङ्ग भएको पुष्टि गरेको छ ।
प्यालेस्टाइनले शान्ति, स्थिरता र सुरक्षालाई बढावा दिई प्यालेस्टिनीको स्वतन्त्रता र आत्म रक्षाको लागि मिलेर काम गर्ने इच्छा व्यक्त गर्ने र सहयोग गर्ने सबै देशहरूको प्रशंसा गरेको छ ।
Leave a Reply