सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
नेपालमै युवाहरूलाई स्वरोजगारको व्यवस्था गर्न स्रोत र साधन मिलेको स्थानमा उद्योगधन्दाहरू खोल्नुपर्छ । नेपालमा उद्योग खोलेर आधारभूत आवश्यकता पूर्ति गर्न नसकेको कारण युवाहरू विदेसिन बाध्य भएका हुन् । सरकारले देशभरि नै सन्तुलित विकास गरेको भए या स्थानीय तहमा देशको ५० प्रतिशत बजेट छुट्याएको भए गाउँ–गाउँबाटै विकास हुन्छ र रोजीरोटीको व्यवस्था हुन्छ । देशमा उद्योगधन्दा खोलेर युवाहरूलाई रोजगारको व्यवस्था गर्नुभन्दा सरकारले युवाहरूलाई विदेसिन बाध्य पारेको छ । सरकारले ११० देशलाई संस्थागत रूपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपाली कामदारहरू वैदेशिक रोजगारमा गइरहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४४ लाख ३३ हजार ८१२ जना कामदार वैदेशिक रोजगारमा गएको तथ्याङ्क छ । भारतको तथ्याङ्क जोड्यो भने ८० लाखभन्दा बढी युवाहरू बाहिरिएको आकलन गरिएको छ । यो वर्गमा साहस, सिर्जनशील, उच्च आत्मविश्वास, काम गर्न सक्ने तत्परता भएको हुँदा उनीहरूलाई राज्यले राष्ट्र निर्माणको सहभागितामा प्रयोग गर्नुपर्ने हो । उनीहरूलाई राज्यले मानवीय पुँजीको रूपमा परिचालन गर्नुपर्छ ।
विदेसिएका युवालाई स्वदेशमा फिर्ता गर्नु आवश्यक छ । युवालाई स्वदेशमा फिर्ता गर्न उनीहरूको योग्यता, क्षमता, दक्षता र सीपको आधारमा यहाँ काम दिनुपर्छ । युवा–विद्यार्थीलाई जहिल्यै विदेश पु¥याएर, देशको दक्ष जनशक्ति बाहिरिएर आफ्नो देश कसरी बन्छ ? के सत्तासीन दलका नेताहरूले आफ्नो देश बनाउनेतर्फ सोच्नुपर्दैन ? युवाहरू जागरुक र अन्धविश्वासविरोधी हुने हुँदा समाज परिवर्तनको निम्ति अति आवश्यक हुन्छ । समाजको निम्ति योगदान गरिएन भने, समाजमा व्याप्त अन्धविश्वास हताएर जनतालाई सचेत र सङ्गठित गरिएन भने समाज परिवर्तन सम्भव छैन । समाज परिवर्तन गर्न र गराउन युवाहरूमा सेवा भाव हुनुपर्छ । जनतामाझ पुगेर जनताको दुःख सुख बुझ्नुपर्छ । व्यक्तित्व विकास गर्न अध्ययन गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश र देशको आवश्यकताबारे बुझेर जनतामाझ पुग्ने, जनताको सेवा गरेर विश्वास जित्ने काम गर्नुपर्छ । साहित्यिक काममा संलग्न हुने, नयाँ नयाँ पुस्तकको अध्ययन गर्ने, अध्ययन गरेको कुरा जनतामाझ पु¥याउने काम युवाको पनि हो । परिवर्तन गर्न चाहने कार्यकर्ता कहिले पनि पछि हट्नु हुँदैन† अल्छी त झनै हुनु हुँदैन । तर, युवाहरू दृष्टिकोण, लक्ष्य र उद्देश्यबिना अघि बढ्नु हुँदैन† बढेमा उद्देश्य सफल हुँदैन, सफल भए पनि त्यो क्षणिक हुनेछ ।
सुन्दर, शान्त देश नेपाल उर्वर भूमि हो । यहाँ निरन्तर पानी बगिरहने हिमाल छ† खेतीयोग्य समथर जमिन छ । यहाँ ऐतिहासिक, पुरातात्विक स्थलहरू छन् । अर्थात् पर्यटन स्थलहरू धेरै छन् । उखु खेती, चिया खेती छ । सिमेन्ट कारखानाको लागि आवश्यक चुनको डाँडाकाँडा छ । जडीबुटीको भण्डार छ । घर निर्माणको लागि बाटो, चोक र घरको लागि आवश्यक ढुङ्गा खानीहरू छन् । फलाम खानीहरू छन् । हालै मात्र ग्यास खानी पत्ता लाग्यो । उक्त ग्यास रासायनिक मल कारखानाको निम्ति प्रयोग हुनसक्ने अनुसन्धाताहरू बताउँछन् । जडीबुटी नेपालीको निम्ति उपयुक्त र भरपर्दो औषधि हो । हिमालबाट शुद्ध खानेपानी बगेको छ । सिँचाइको निम्ति प्रयोग भएको छ । तराई अन्नको भण्डार भनिन्छ । पहाड र उपत्यका फलफूल, तरकारी र वस्तुपालनको केन्द्र बनेको छ । तराई उद्योगको केन्द्र बनेको छ । उपत्यका सम्पदा र सांस्कृतिक थलो रहेको छ । खानीको खोजीनीति गर्ने, उद्योग खोल्ने, भएका स्रोत र साधन परिचालन गर्ने, उत्पादित वस्तु देशभर फैलाउने काम भएमा देश विकास गर्न सकिन्छ† जनताको जीवनस्तर उकास्न सकिन्छ । यस कार्यमा सरकार, राजनीतिक दल, नागरिक समाज, सेना, प्रहरी, कर्मचारी, विभिन्न पेसामा आबद्ध व्यक्ति, साहित्यकार आदिको सहयोग उत्तिकै आवश्यक छ ।
युवाहरू जोसिला, आँटिला हुन्छन्† परिवर्तन चाहन्छन् भनेर सिद्धान्त र विचारबाट विचलित हुनु या त्यसमा आबद्ध नहुनु ठीक होइन । देशलाई कहाँ कहिले पु¥याउने भन्ने कुरा युवाहरूको जोश र जाँगरले निर्धारण गर्दैन । सिद्धान्त र विचारले नभिजेका युवाहरूको आक्रोश र आन्दोलन बलिदानमा टुङ्गिन्छ । उनीहरूमा आन्दोलन कहाँसम्म पु¥याउने र आन्दोलन सफल भएमा के गर्ने भन्ने कुरा निश्चित हुँदैन । यसले आन्दोलनकारीहरू नै अन्योलमा पर्छन् । सिद्धान्त र नेतृत्वबिनाको आन्दोलनकारीहरूले कसरी देशमा दिशा निश्चित गर्लान् ?
Leave a Reply