नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, ४ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. १० कार्यालयको नेतृत्वमा गएको टोलीले सडक डिभिजन कार्यालय भक्तपुरमा डेलिगेसन (प्रत्यायोजन) नगरकोट सडक खण्डअन्तर्गत बेखाल ज्याखु फल्चादेखि खरिपाटी ब्यारेकसम्मको सडक स्तरोन्नति विषयमा ध्यानाकर्षण गरायो ।
भनपा १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्याँैमिखाले भन्नुभयो, “विगत केही वर्षदेखि नगरकोट सडक खण्डको भनपा १० अन्तर्गत पर्ने उक्त सडक हिलामे र धुलामे भई सडकमा आवतजावत गर्न कष्टकर भएको छ ।” उहाँले सडकको नाजुक अवस्थाका कारण अत्यधिक ट्राफिक जाम समस्या रहेको बताउनुभयो ।
समयमै सम्बन्धित निकायले यस विषयमा सजग भई सडक स्तरोन्नति गर्नुपर्ने कुरा उहाँले सम्बन्धित कार्यालय प्रमुखलाई बताउनुभयो ।
सम्बन्धित निकायले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निभाएको भए केही समयअघि नयाँ पुस्ताका नाममा भएको विध्वंस राज्यले बेहोर्नु नपर्ने कुरा पनि उहाँले बताउनुभयो ।
सडक डिभिजन कार्यालयका वरिष्ठ डिभिजन इन्जिनियर सुमन योगेशले विगत दुई वर्षअघि यस नगरकोट सडक खण्ड स्तरोन्नति बजेटअनुसार कार्य गर्न खोज्दा विद्युत्को भूमिगत तार बिछ्याउने कार्यले गर्न नसकेको हाल गर्ने भनी दशैँमा तारताम्य मिलाउँदा अहिले यो सडकको जिम्मेवारी केन्द्रबाट प्रदेश सरकारलाई जिम्मा लगाएको हुँदा नगरकोट सडक खण्ड स्तरोन्नति गर्न कानुनी तथा प्राविधिक कठिनाइ भएको जानकारी गराउनुभयो ।
उहाँले सामान्य खाल्डाखुल्डी पुर्ने बाहेक केही गर्न नसकेको भन्नुभयो । वर्तमान राजनीतिक घटनाक्रमले बजेट अभाव भएको हाललाई साइड ड्रेन सरसफाइ तथा सामान्य खाल्डाखुल्डी भर्न सक्ने उहाँले बताउनुभयो । दीर्घकालीन सडक स्तरोन्नति गर्न विशेष बजेट माग गरिसकेका छौँ र उक्त प्रक्रिया सहरी विकास मन्त्रालयबाट पास भई अर्थ मन्त्रालयमा पुगेको उहाँले भन्नुभयो ।
Leave a Reply