भर्खरै :

“शिक्षा क्षेत्रको विकास सँगसँगै नगरलाई स्वास्थ्यको हब पनि बनाउने प्रयत्न भइरहेको छ”

“शिक्षा क्षेत्रको विकास सँगसँगै नगरलाई स्वास्थ्यको हब पनि बनाउने प्रयत्न भइरहेको छ”

भक्तपुर, ६ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौँको सानो भर्याङस्थित लिटल क्लाइम्बर्स इ. स्कूलका विद्यार्थीहरूले शुक्रबार भक्तपुर अवलोकन भ्रमणका क्रममा भेट गरे ।
भ्रमणको क्रममा विद्यार्थीहरूले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको अवलोकन भ्रमणका साथै भक्तपुरको स्थानीय शासन, निर्णय प्रक्रिया, सेवा प्रवाह, नगर योजना, नागरिक सहभागिता र भावी योजना आदिबारे जानकारी प्राप्त गरे ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको नवीनत्तम प्रयासबारे जानकारी दिँदै नगरको स्वास्थ्य क्षेत्र र सम्पदा पुनःनिर्माणमा भइरहेका विविध विषयमाथि प्रकाश पार्नुभयो । उहाँले भक्तपुरलाई संसारकै घुम्नलायक सहरको रूपमा विकास गर्न विभिन्न पर्यटनमैत्री गतिविधिहरूमा जोड दिँदै आएको बताउँदै शिक्षा क्षेत्रको विकास सँगसँगै नगरलाई स्वास्थ्यको हब पनि बनाउने प्रयत्न भइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले नगरपालिकाका असल अभ्यासहरूमाथि प्रकाश पार्दै भक्तपुर नगरपालिकाले अन्य स्थानीय तहले भन्दा पृथक ढङ्गले काम गर्दै आएको बताउनुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले लिटल क्लाइम्बर्स इ. स्कूलका शिक्षिकालाई नपाका प्रकाशनहरू उपहार स्वरुप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *