फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
जुम्ला, ६ मङ्सिर । जुम्लामा ‘नेमकिपासँग जनताको भेटघाट’ अभियान चालु छ । शनिबार पनि तिला गाउँपालिकाको वडा नं. ८ स्थित पुरू गाउँमा जनतासँग भेटघाट कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले स्थापनाकालदेखि नेमकिपा देश र जनताको पक्षमा सङ्घर्षरत रहेको विचार व्यक्त गर्नुभयो ।
नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरिरहेको उल्लेख गर्दै कुनै पनि स्वाधीन र सार्वभौम देशमा हुने विदेशी हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
देश र जनताप्रति समर्पित भएर नेमकिपाले सिद्धान्त र विचारको आधारमा राजनीति गरिरहेको स्पष्ट पार्दै अबको निर्वाचनमा निःस्वार्थी र इमानदारीपूर्वक राजनीति गर्ने दल र दलका उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्री, जिल्ला सचिव नरबहादुर बुढा, कोषाध्यक्ष पूर्णबहादुर राउत, जिल्ला सदस्य मानबहादुर बोहरा, हर्षबहादुर बोहरा, नेक्राकिसङ्घका कालीबहादुर बुढाले जनताको समस्या र पार्टी गतिविधिबारे प्रकाश पार्नुभयो ।
सो अवसरमा जनताको तर्फबाट मानबहादुर बस्नेत, कृष्णबहादुर राउत, असोजे सार्कीलगायतले सिद्धान्त र विचारको राजनीति नगर्ने, सिद्धान्त एक र क्रियाकलाप अर्को गर्ने दलदेखि सावधान हुनुपर्ने, नोट बाँड्ने र नोट लिएर भोट दिने कार्यको पनि विरोध गर्नुभयो ।
Leave a Reply