फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, ७ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जापान इन्टरनेसनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिमटेफ) का चिकित्सक टोलीले आइतबार भेट ग¥यो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र स्थापनाको लागि जापान सरकारले गरेको प्राविधिक सहयोगको लागि धन्यवादज्ञापन गर्दै भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनले भक्तपुरलगायत देशभरिका दीर्घ दमखोकी भएका व्यक्तिहरू लाभान्वित भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको अवगत गर्दै उहाँले भक्तपुरलाई राम्रो उपचार हुने केन्द्रको रूपमा विकास गर्ने प्रयत्न नगरपालिकाले गर्दै आएको बताउनुभयो । विदेशी दातृ सङ्घ संस्थाबाट हुने सहयोगलाई भक्तपुर नपाले अधिकत्तम जनताको सेवा हुने ढङ्गले काम गरिरहेको बताउँदै उहाँले जापान सरकारको सहयोग अविष्मरणीय भएको बताउनुभयो ।
भेटमा जिम्टेफका डा. मिट्सुहिरो कामिमुराले जिम्टेफको सहयोगमा सञ्चालित छाती पुनःस्थापना केन्द्रबाट धेरै दम रोगी बिरामीहरूले सेवा पाइरहेकोमा खुसी व्यक्त गर्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको सेवा प्रवाहबाट निकै प्रभावित भएको बताउनुभयो ।
भक्तपुरबाट सुरु भएको छाती पुनःस्थापना सेवा नेपालभरि नै फैलिने आशा राख्दै उहाँले नेपाल र जापानबिचको सहकार्य र सद्भाव आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गर्नुभयो ।
टोलीमा जिम्टेफका तर्फबाट लक्छमन सान्ज, तारो कोटो, कोइसुके योहिमोतो, युजाकोबासी, योसिहितो अरिमोतो, अजित आचार्य, मुनेहिसा फुकुसुमी, क्युटा साकामोतो, प्रोग्राम अफिसर स्टेला शाक्यलगायतको उपस्थिति थियो । नगर प्रमुख प्रजापतिले टोलीलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल तथा प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।
टोलीलाई छाती पुनःस्थापना केन्द्रमा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्वागत गर्नुभएको थियो । सोही क्रममा अस्पतालका व्यवस्थापक विश्वजित प्रजापतिले अस्पतालको सेवा प्रवाहबारे प्रस्तुतीकरण देखाउनुभएको थियो । टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल र श्वासप्रश्वास पुनःस्थापना केन्द्रको सेवा प्रवाह स्थलगत अवलोकन गर्नुभयो ।
भक्तपुर नगरपालिकाले २०७७ माघबाट जापान इन्टरनेसनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा श्वासप्रश्वास पुनस्र्थापन केन्द्र भवन उद्घाटन गरी उपचार सेवा सुरु गरेको थियो ।
Leave a Reply