फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
दैलेख, ७ मङ्सिर । नेमकिपा चामुण्डा बिन्द्रासैनी नगर समितिको तेस्रो नगर सम्मेलन आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिवालय सदस्य नन्दबहादुर शाहीले राजनीतिक कार्यकर्ताहरूले हरेक विषयमा जानकारी राख्नुपर्ने बताउनुभयो ।
नेमकिपाले पदमा पुग्न, सेवा सुविधा लिन राजनीति गरेको नभई सम्पूर्ण जनताको जीवनस्तर उठाउन राजनीति गरेको हो, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले आफ्नो ठाउँको समस्याको समाधान आफै गर्न सक्ने शिक्षा दिन यहाँकै शिक्षकले प्रयास गर्नुपर्ने बताउनुभयो ।
स्थानीय केटाकेटीहरूमा आफ्नो ठाउँप्रति माया जगाउने र देशभक्तिको भावना सिकाउने समाजवादी शिक्षा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले हाम्रा हरेक गतिविधि जनताको हितमा हुनुपर्नेमा जोड दिनुभयो । देश र जनताको हितविपरीत काम गर्ने कसैलाई पनि जनताले नछोड्ने उहाँले सजग गराउनुभयो ।
केन्द्रीय सदस्य सरोजराज गोसाईको अध्यक्षतामा केन्द्रीय सदस्य बखतबहादुर थापा र वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्कासहितको तीन सदस्यीय अध्यक्ष मण्डलले सम्मेलनको बन्दसत्र सञ्चालन गरेको थियो ।
बन्दसत्रमा तेस्रो नगर सम्मेलन तयारी समितिका संयोजक निरकबहादुर शाहीले प्रस्तुत गर्नुभएको प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।
सम्मेलनले दीपकबहादुर शाहीको अध्यक्षतामा १९ सदस्यीय नेमकिपा चामुण्डा बिन्द्रासैनी नगर समिति निर्वाचित गरेको छ ।
नवगठित समितिलाई प्रकाश गुरूङ, विनोद विक, जगत ओली, निरकबहादुर शाही, धनेन्द्र विक, लालबहादुर थापालगायतले शुभकामना दिनुभएको थियो ।
Leave a Reply