परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
भक्तपुर, ७ मङ्सिर । अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ गणेश माध्यमिक विद्यालय भार्वाचोले आइतबार शिक्षक भेला सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले सोभियत समाजवादी क्रान्तिले युरोपकै बिरामीका रूपमा चित्रण गरिएको देशलाई समाजवाद निर्माणको क्रममा पुँजीवादी देशहरूले दुई सय वर्ष लगाएर गरेको प्रगति तीस वर्षमै गरेको चर्चा गर्दै विश्व राजनीतिको इतिहास अक्टोबर समाजवादी क्रान्तिबिना अपूरो रहने बताउनुभयो ।
सोभियत सङ्घमा समाजवादी व्यवस्था रहँदा विश्वभरिका मानिसहरूलाई डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत विविध विषयका विज्ञ बनाएको घटनालाई सम्झँदै उहाँले सोभियत समाजले चीनलगायतका देशहरूमा समाजवादी व्यवस्था स्थापना गर्न बाटो देखाएको थियो भन्नुभयो ।
उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, उद्योग, विज्ञान र प्रविधिमा गरेको विकासले समाजवादी व्यवस्था नै आजसम्मको उत्कृष्ट व्यवस्था भएको प्रमाणित भएको छ । सोभियत समाजवादको अस्थायी हारसँगै समाजवादको महत्व झन् बढेको छ ।”
प्रदेश सदस्य गोसाईंले नेपालमा बुद्धिजीवी र शिक्षित व्यक्तिहरूलाई राजनीति गर्न नपाउने व्यवस्था बनाउँदै अहिलेसम्मका सरकारमा गएका दलहरूले नयाँ पुस्ता निर्माणमा ध्यान नदिएकोले देश झन्झन् जटिलतातिर गएकोले परिवर्तन चाहने व्यक्तिले निरन्तर रूपमा सचेतना फैलाउने कार्य गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले नेपालमा पटकपटक परिवर्तन भए तापनि जनताको पक्षमा आमूल परिवर्तन नभएको चर्चा गर्दै अक्टोवर क्रान्तिले उत्पादनका साधनहरू राष्टियकरण गरेको, निःशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था गरेको, योग्यताअनुसारको काम दिएको, कृषि–उद्योगमा सरकार नियन्त्रित अर्थव्यवस्था चलाएको बताउनुभयो ।
कार्यक्रममा समितिका अध्यक्ष रत्नप्रसाद फैजू र शिक्षक उकेश सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply