भर्खरै :

देशमा समाजवाद स्थापना नभएसम्म कामदारवर्गका जनताले सुख नपाउने

देशमा समाजवाद स्थापना नभएसम्म कामदारवर्गका जनताले सुख नपाउने

जुम्ला, ७ मङ्सिर । जुम्लाकोट गाउँपालिकाको वडा नं. ८ र ६ वडाका जनतासँग आइतबार नेमकिपाका नेता तथा कार्यकर्ताहरूको भेटघाट कार्यक्रम भयो ।
उक्त भेटघाटमा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले देशमा समाजवाद स्थापना नभएसम्म कामदारवर्गका जनताले सुख नपाउने विचार व्यक्त गर्नुभयो ।
पुँजीपतिवर्गको सरकारले कहिले पनि श्रमजीवी जनताको सेवा नगर्ने हुँदा नेमकिपा समाजवादी गणतन्त्र स्थापनाको निम्ति सङ्घर्षरत रहेको विचार व्यक्त गर्नुभयो ।
पुँजीवादी दलका नेताहरूले जनता जनता जुधाएर फाइदा लिइरहेको चर्चा गर्दै उहाँले नेमकिपाले पुँजीवाद र समाजवादको भेदबारे जनतामाझ स्पष्ट पार्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्रीले बहुमत जनताको हितको निम्ति नेमकिपाले इमानदारीपूर्वक काम गरिरहेको प्रकाश पार्नुभयो ।
यसैबिच सोही दिन देउराली माविका शिक्षक र विद्यार्थीहरूबिच अन्तरक्रियात्मक कार्यक्रम भयो ।
सो अवसरमा केन्द्रीय सदस्य काफ्लेले सरकारी विद्यालय जनताको विद्यालय हो† विद्यार्थीहरूको भविष्य जीवन सुनिश्चित गर्न गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हरेक शिक्षकले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ । ‘सरकारको काम कहिले जाला घाम’ मा अल्झेर शिक्षकहरू लाग्नु हुँदैन ।”
त्यस्तै तिलगाउँपालिका वडा नं. ६ स्थित रीति र सुदी गाउँमा पनि जनतासँग भेटघाट कार्यक्रम भयो ।
उक्त कार्यक्रममा स्थानीय जनताको समस्याबारे छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *