परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
भक्तपुर, ७ मङ्सिर । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजवादी व्यवस्थामा जनताका आधारभूत आवश्यकताको सुनिश्चितता हुने बताउँदै भक्तपुर नगरपालिकाले समाजवादउन्मुख काममा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ३ नासमनामा आइतबार आयोजित नगरपालिकाको सेवाप्रवाह र समसामयिक विषयमा जानकारी दिने सभामा बोल्दै उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणको साथसाथै नागरिकहरूलाई सीपयुक्त बनाउन विभिन्न तालिमहरू सञ्चालन, गरिब तथा जेहेनदारलाई छात्रवृत्ति र शैक्षिक ऋणको व्यवस्था गर्दै आएको बताउनुभयो ।
भक्तपुरलाई शैक्षिक हबको रूपमा विकास गर्न नपा प्रयासरत रहेको बताउँदै उहाँले नगरपालिकाबाट सञ्चालित आवास योजनाका कारण भक्तपुर सुन्दर, व्यवस्थित र आकर्षक नगरको रूपमा विकास भएको यथार्थबारे प्रस्ट पार्नुभयो ।
उपप्रमुख जोशीले नेपालले छिमेकी देश चीनको विकासबाट धेरै कुरा सिक्न सकिने बताउँदै बढ्दो सहरीकरण र अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोगको जोखिम बढिरहेको हुँदा जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका सभापति एवं भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नगरपालिकाका गतिविधिबारे जनतालाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउँदै वडाको काममा अवरोध गर्ने र जनतालाई दुःख दिनेहरूबाट सतर्क हुनुपर्ने बताउनुभयो । उहाँले अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउनकै लागि नगरपालिकाले आवास योजना सञ्चालनमा ल्याएको बताउँदै नपाका जनप्रतिनिधिहरू नगरको विकासमा अहोरात्र खटिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले देको मिवा आवास योजनाबारे उठेका विवाद र जनताको समस्यालाई हल गरेर आयोजना अगाडि बढ्ने बताउँदै जनतालाई सुविधा दिने उद्देश्यले नै आयोजना सञ्चालनमा आएको हो भन्नुभयो ।
नेक्राकिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्वले नेमकिपा स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै कामदारवर्गलाई राजनैतिक रूपमा प्रशिक्षित गरी सङ्गठित पार्ने अभियानमा पार्टीले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पताल जनताबाट निर्मित जनताको अस्पताल हो भन्दै अस्पतालले नवीनत्तम सेवासुविधाहरू उपलब्ध गराउँदै आएको प्रस्ट पार्नुभयो । अस्पतालले छिट्टै सिटी स्क्यानको सेवा सुरू गर्ने तयारी गरिरहेको बताउँदै उहाँले ख्वप अस्पतालको चारवटै भवनबाट पूर्ण रूपमा सेवा दिने तयारी भइरहेको बताउनुभयो ।
नेमकिपा ३ वडाका संयोजक रामसुन्दर खाताखोले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले नगर विकासको लागि गरिरहेको योगदान उल्लेखनीय रहेको बताउँदै नगर विकासमा नगरवासीहरूको साथ र सहयोग महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ३ का वडा सदस्य एवम् कार्यपालिका सदस्य सुनिता अवाल र वडा सदस्य कृष्णगोपाल चौगुठीले पनि वडाको सेवा प्रवाहबारे प्रस्ट पार्नुभएको थियो ।
Leave a Reply