भर्खरै :

भनपा १० मा वडाका कर्मचारीहरूको भेला

भनपा १० मा वडाका कर्मचारीहरूको भेला

भक्तपुर, ७ मङ्सिर । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा वडाका कर्मचारीहरूको भेला आइतबार भयो ।
भेलामा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सार्वभौम जनताको कानुन र क्षेत्राधिकारभित्र बसेर असल, इमानदार र कर्तव्यनिष्ठ भई जनताको समस्या सहजीकरण र चुस्त बनाउनुपर्ने बताउनुभयो ।
उहाँले कानुन र क्षेत्राधिकार बाहिर गएर काम गरे अख्तियार दुरूपयोग हुने बताउँदै कार्यालय सेवाग्राही मैत्री बनाउनुपर्छ भन्नुभयो ।
उहाँले सामाजिक सञ्जालको विकाससँगै सेवाग्राही प्रविधिमैत्री भएकोले हरेक सेवाग्राही पत्रकार भएर कर्मचारीहरूले गरेको अनियमितता र दुव्र्यवहार खिचेर सामाजिक सञ्जालमा राख्ने भएकोले सचेततापूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले कर्मचारीहरूले घरको तनाव कार्यालयमा पोख्ने काम गलत भएको बताउँदै उहाँले संयमित र उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीले जनताको सेवाबाहेक अरु कुनै स्वार्थ नरहेको बताउनुभयो ।
उहाँले जेन–जी आन्दोलनपछि बनेको कमजोर सरकारको कारण जहाँतहीँ अराजकता बढिरहेकोले जहिल्यै सचेत भएर बस्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्याँैमिखा, वडा सदस्य जितेन्द्र मुनंकर्मी र कृष्णनारायण दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *