क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
संसद्को बहसमा दक्षिणपन्थीहरूले आफ्नो सबैभन्दा ठुलो बन्दुक पड्काए । तिनका प्रमुख प्रवक्ता मार्कोभले बोल्ने भए । उनी नरसंहारकहरूका ठुला नेता थिए । उनी मान्छेलाई झुन्ड्याएर र गोली ठोकेर कहिल्यै थाक्दैनथे । कारागारमा हुल्ने जारशाही सरकारको दण्ड विधान उनलाई अति खल्लो लाग्थ्यो । उनी सदनमा जमिनदारहरूका सबैभन्दा प्रतिक्रियावादी खेमाका प्रतिनिधि थिए । सन् १९०५ को क्रान्तिमा आफ्ना मौजाहरूमा भएको आगलागी र लुटपाट यी जमिनदारहरूले बिर्सेका थिएनन् । यसकारण, मार्कोभ क्रान्तिकारीजस्ता लाग्ने व्यक्तिलाई चरमभन्दा चरम दण्ड दिनुपर्छ भन्थे । क्रान्तिकारी त परकै कुरा भयो उनी उदार पुँजीवादी आन्दोलनलाई समेत दबाउनुपर्छ भन्थे । निःसन्देह उनी मजदुरवर्गलाई बिपत्तै घृणा गर्थे । उनी विद्यमान शासनका लागि मजदुरवर्गलाई सबैभन्दा ठुलो शत्रु देख्थे । उनको घृणा स्वाभाविक नै थियो ।
सदनमा बोल्दै मार्कोभले हडताल र त्यसको नेतृत्व गर्ने सामाजिक जनवादी पार्टीको बदख्वाइँ गरे । व्यक्तिगतरूपमा उनी ममाथि खनिए । समस्त सर्वहारा जनताको नाममा सामाजिक जनवादी समूहको तर्फबाट सदनमा बहुमत कालासयहरूलाई मैले पछिल्लो भाषणमा हाँक दिएको भनेर उनले मलाई झम्टिउँलाझैँ गरे ।
मार्कोभले भने, “बादेयेभजी तपाईँ जवान हुनुहुन्छ । लडाइँको मन बनाएपछि मात्र हाँक दिइन्छ । तर, तपाईँ लड्न आइसक्नुभएको छैन । मन्त्रीलाई चुनौती दिनु चानचुने कुरा होइन । अलि बुद्धि पु¥याउनुप¥यो ।”
मार्कोभले सरकारलाई एउटा प्रश्न सोध्दै भाषण अन्त्य गरे । क्रान्तिकारी आन्दोलनविरुद्ध सङ्घर्षमा सरकारले पर्याप्त तागत लगाएको विषयमा उनले जान्न चाहे । उनले भने, “देशद्रोहको बात लागेका व्यक्तिहरूको सहयोगमा यो देशमा घुसपैठ गर्ने यी बदमास र शत्रुबाट रुसी जनतालाई जोगाउनका लागि के भद्रभलाद्मी महोदयहरूले केही गरिरहनुभएको छ त ? म उद्घोष गर्छु – हाम्रो मातृभूमि खतरामा छ ।”
उनको भाषण धम्कीपूर्ण थियो । उनको हाउभाउ सामाजिक जनवादी समूहविरुद्ध लक्षित थियो । वामपन्थीहरूको कर्सीतिर फर्किँदै उनले धारे हात लगाइरहे । मानौँ, उनले हामीविरुद्ध राइफल नै ताकिरहेका छन् । हामीतिर औँला सोझ्याउँदै उनले भने, “तिमीहरूले हामीमाथि प्रहार गर्दै छौ तर तिमीहरूमाथि पहिलो गोली हामीले चलाउनेछौँ !”
सदनले हाम्रो प्रश्नलाई अनुमोदन ग¥यो । तर, यसको अर्थ मजदुरहरूले केही पाए भन्नु सही होइन । सबथोक पहिलेझैँ चलिरह्यो । जलसेना मन्त्रीले कत्ति पनि सहुलियत दिएनन् ।
ओबुखोभका मजदुरहरूको स्थिति अरूको भन्दा फरक थिएन । अन्य कारखानामा समेत मजदुरहरूलाई उसरी नै निचोरिन्थ्यो, उसरी नै असह्य व्यवहार गरिन्थ्यो । खासगरी थल र जल सेनाका कारखानाहरूको हाल उस्तै थियो । पलपल मजदुरहरूको जीवन कुनै खतरनाक विस्फोट र विपत्तिको आहार हुनसक्थ्यो । अघिअघि पनि प्रतिक्रियावादीहरूको बुटमुनि चुपचाप घातक दुर्घटनाहरू भइरहन्थे । तर, त्यसमा कसैले ध्यान दिँदैनथ्यो । तर, पछिल्लोपल्ट दुर्घटनामा ज्यान गुमाउने मजदुरहरूको अन्त्येष्टि ठुला क्रान्तिकारी जुलुस प्रदर्शन गर्ने अवसर बन्दै थिए ।
अघिअघि मृत मजदुरको शवपेटिका र पछिपछि मजदुरहरूको लस्कर लाग्यो । मजदुरहरूले मृतकहरूलाई निजी तवरले चिन्दैनथे । तर, उनीहरूले क्रान्तिकारी गीत गाउँदै मलामी लस्कर अघि बढाए । उनले गाए, “सिकार भयौ नि साथी !” उनीहरूले फूलका ठुला माला बोकेका थिए । त्यसमा बाँधेको रातो रिबनमा क्रान्तिकारी योद्धा भनी लेखिएको थियो । चिहानघाट हजारौँ मजदुरहरूको सङ्गम बन्यो । मजदुरहरूलाई बैठक डाक्न मनाही गरिरहेको बेला गैरकानुनी काम यसरी नै गरिन्थ्यो । बैठक गुप्त रूपमा वनजङ्गल वा साना कोठामा हुन्थ्यो । नत्र यस्तै मलामी जुलुसमा हुन्थ्यो । त्यसैले यी जुलुसले क्रान्तिकारी महत्व पाए । पार्टीले मजदुरहरूलाई हजारौँको सङ्ख्यामा उपस्थित हुन अपिल गथ्र्यो । यी जुलुसमा बोल्न पहिल्यै वक्ता छनोट गरिन्थ्यो, पर्चा वितरण गर्न तयारी गरिन्थ्यो । यस्ता अनेक गैरकानुनी काम हुन्थे ।
प्रहरीले पनि ठुलै तयारी गथ्र्यो । सबै अन्त्येष्टि समारोहमा ठुलै जत्था खटाउँथ्यो । चिहानघाटमा पैदल र घोडचढी दुवैथरी प्रहरीले पहरा दिइरहन्थे । उनीहरू चिहानमा यताउता कुदिरहन्थे, चिहानमा चढाइने फूलमाला फालिदिन्थे, बोल्न दिँदैनथे, बोल्न खोज्ने वक्तालाई पक्रन्थे र केही मानिसलाई गिरफ्तार गरेपछि भीडलाई तितरबितर पार्थे ।
ओख्ता विस्फोटका मृतकहरूको अन्त्येष्टिमा के भएको थियो भनेर मैले पहिल्यै बयान गरिसकेको छु । अब म त्यो मलामी जुलुसबारे भन्छु, जसमा मलाई प्रहरीले कारबाही गरेको थियो । त्यो घटनाका कारण मजदुरहरूमा ठुलो आक्रोश फैलिएको थियो र सदनमा पनि बहसको विषय बनेको थियो ।
सन् १९१३ सेप्टेम्बरको सुरुतिर हो । सेन्ट पिटर्सबर्गको धराप उत्पादन गर्ने कारखानामा एउटा विस्फोट भयो । (त्यहाँ पहिले पार्भाइनिन नाउँको कारखाना थियो ।) एउटा मेसिनबाट बीस पाउन्ड बारुद उड्यो र कारखानाको छत नै उडाउने विस्फोट भयो । दुई मजदुर ठाउँको ठाउँमा मरे । ज्यासलभरि तिनको रगतको छिर्का लाग्यो । कारखाना व्यवस्थापकको लापरबाहीका कारण त्यो विस्फोट भएको थियो । त्यो मेसिन परीक्षण नगरी जडान गरिएको थियो ।
सेप्टेम्बर ९ मा अन्त्येष्टिको दिन पारेर हजारौँ मजदुरले औजार बिसाए । धराप कारखाना मात्र होइन, पुतिलोभ, आतेज र अन्य कारखानाका मजदुर पनि मलामी जान आए । प्रहरीले सुरुदेखि नै मलामी जुलुसमा भाँजो हालिरह्यो । सुरुमा तिनीहरूले फूलमालाबाट रातो रिबन हटाउन भने । मलामीहरू लितेइनी पुलमा आइपुग्दा तिनीहरूले शवपेटिका र फूलमालालाई शववाहनमा राख्न भने ।
मैले प्रहरीलाई सोधेँ – शवपेटिकालाई बोक्न किन नमिल्ने ? उसले आफूलाई माथिबाट यस्तै निर्देशन आएको बतायो । मलामी जुलुस मूल बाटोबाट भोस्क्रेसेन्स्काय र ज्नामेन्स्कायातर्फ मोडियो । लिगोभ्का पुगेपछि थोरै प्रहरी भएको मौका छोपी मजदुरहरूले पुनः शवपेटिकालाई काँधमा बोकेर मित्रोभान्येभ्स्कोए चिहान लगे । मजदुरहरूले उही क्रान्तिकारी गीत गाए, “सिकार भयौ नि साथी !”
चिहानतिर थप प्रहरी देखापरे । उनीहरूले फूलको मालामा बाँधिएको रातो रिबन फेरि च्याते । शव गाड्ने बेला झन् धेरै मजदुर जम्मा भए । उनीहरू दिउँसोको खाना खाने समयमा कारखाना छोडी आएका थिए । ५ हजार मजदुरको भीड लडाकु मनोदशामा थियो । उनीहरूले लगातार क्रान्तिकारी गीत गाए । बिचबिचमा उनीहरूले सङ्घर्षको अपिल पनि गरे । त्यहाँ मैले सम्बोधन गर्ने तयारी थियो । यो थाहा पाएर मजदुरहरूले चिहानवरिपरि बलियो घेरा बनाए । प्रहरी आउनुभन्दा अगावै उनीहरू मेरो कुरा सुन्न चाहन्थे । कानुनका पालकहरू ठुलो दलबल लिएर आएका थिए । उनीहरू इन्स्पेक्टरले आदेश आउनेबित्तिकै कोर्रा बजारौँला भन्ने मनस्थितिमा थिए ।
शवपेटिकालाई चिहानमा राखियो । म कुर्सीमाथि चढेँ र बोल्न थालेँ, “कामरेडहरू, नाफाको ठुलो चोक्टा खाने चक्करमा रक्तपिपासु पुँजीपतिहरू मजदुरको जीवनको बलि चढाउन तयार छन् । यो गा¥हो र कस्टदायी काम गर्दा हेर्नुस् त मजदुरहरूले कस्तो पुरस्कार पाए । मजदुरवर्गले सबथोक आफ्नो हातमा ल्याएपछि मात्र आफ्नो दीनदशा सुधार्न सक्छ ।…”
मैले यी शब्द के बोलेको थिएँ प्रहरीहरू चिच्याउन थाले । एउटाले भन्यो, “यसलाई समात, बोल्न नदे ।”
प्रहरी इन्स्पेक्टरले आदेश दियो, “घोडचढी प्रहरी । कोर्रा तयार पार ¤”
घोडचढी प्रहरी हुइँकिहाले । उनीहरूले भिडलाई तितरबितर पार्न खोजे । चिहाननिर मुक्कामुक्की सुरु भयो । प्रहरीहरूले मलाई ताने र कुर्सीबाट तल ओराले । इन्स्पेक्टर दौडिँदै मनिर आइपुग्यो । उसले मेरो पाखुरा समात्यो र म पक्राउ परेको बतायो । मैले उसलाई आफ्नो संसदीय परिचयपत्र देखाएँ ।
“तपाईँ स्वतन्त्र हुनुहुन्छ तर मैले तपाईँलाई बोल्न दिन सक्दिनँ । कसैलाई बोल्न नदिनू भन्ने हुकुम छ ।”
यति नै बेला म पक्राउ परेको अनुमान गरेर भीड झन् आक्रोशित भयो । मजदुरहरूले इन्स्पेक्टरलाई घेरा हाले । उनीहरूले प्रहरीलाई धम्की दिए । म पुनः कुर्सीमाथि चढेँ र बिचैमा रोकेको मन्तव्य पूरा गर्न थालेँ । मैले मजदुरहरूलाई शान्त रहन र कुनै हताहत हुन नदिन भनेँ । घोडचढी प्रहरीले कोर्रा निकाले र पछाडिबाट भीडमाथि प्रहार गर्न थाले । यसरी उनीहरूले मलामीहरूलाई चिहानबाट मूल ढोकातिर धपाए । संजोगले कसैको ज्यान गएन ।
अन्त्येष्टिपछि प्रहरीले ममाथि उच्च अधिकारीहरूको आदेश नमानेको आरोप लगायो । तीन महिनापछि सेन्ट पिटर्सबर्गका नगर गभर्नर द्राचेभ्स्कीले मलाई २०० रुबल दण्ड तिर्नुपर्ने आदेश जारी गरे । ‘प्रहरीको कामकारबाहीमा दखल दिनु’ नै मेरो कसुर थियो । एक कर्मचारीले मलाई फोन गरेर जरिवाना तिर्न भन्यो । मैले ठाडै अस्वीकार गरेँ । नगर गभर्नरको आदेश गैरकानुनी थियो । संसदीय ऐनअनुसार सांसदहरूलाई अदालतले नै दण्ड नदिएसम्म कुनै दण्ड वा जरिवाना तिराउन मिल्दैनथ्यो । जरिवाना नै तिराउने भए संसद्बाट नै पारित हुनुपथ्र्यो ।
सांसदहरूको अधिकार हनन गर्ने यो प्रयासबारे मैले ‘प्राभ्दा’ पत्रिकामार्फत मजदुरहरूलाई अवगत गराएँ । तुरुन्तै धेरै विरोध हडतालको घोषणा भयो । सुरुमा त विस्फोट भएको धराप कारखानामा एकदिने हडतालको घोषणा गरियो । सहकर्मी मजदुर साथीहरूको अन्त्येष्टिमा बोलेकै हुनाले मलाई जरिवाना तिराएकोमा उनीहरूले बैठकबाट कडा निन्दा गरे । यसैगरी एक हजार मजदुरले काम गर्ने लाङ्गेसिपेन कारखानाले पनि विरोधमा हडतालको उद्घोष ग¥यो । यसरी नै यो आन्दोलन अन्य कारखानाहरूमा फैलियो ।
दुई हप्तापछि मैले जरिवाना तिर्दिन भन्ने स्पष्ट भएपछि नगर गभर्नरले जरिवानाको सट्टा मलाई ६ हप्ताको हिरासतमा राख्ने आदेश दिए । उनले मलाई सदनको अर्को बिदामा पक्रन भने । यो कुरा बाहिर आएपछि मजदुरहरूमा असन्तोष बढ्नु स्वाभाविकै थियो ।
त्यसबेलासम्म सभामुखले ‘सांसदहरूलाई दण्ड नलाग्ने’ नियम कार्यान्वयन गराउन सिन्को भाँचेका थिएनन् । अब उनले यो मुद्दामा हात हाल्ने सोचे । यसको लागि सभामुख रोदजान्कोले मैले नै पहल गर्नुपर्ने बताएँ । मलाई सुरक्षाका लागि दर्खास्त हाल्न भने । यसरी उनले आफूलाई कालासयहरूको नजरमा आफू जोगिन पाउने थिए । सरकारको शत्रुलाई मैले बचाएको होइन बरु सांसदबाट प्राप्त अर्जी सही अधिकारीहरूलाई बुझाएको मात्र हुँ भन्न पाउने थिए । तर, मैले यस्तो अर्जी दिन चाहिने । मेरो आसय बुझेर उनले घुमाउरो बाटोबाट यो काम गर्न खोजे । उनले आफ्ना एक कर्मचारीलाई मकहाँ सहानुभूति दिन पठाए । त्यो कर्मचारीले सभामुखको तर्फबाट मलाई ढाडस दियो । जवाफमा मैले सुरक्षाको लागि अर्जी हाल्छु भन्ने रोद्जान्कोले सोचेका थिए । मैले यो भेटको अर्थ बुझिहालेँ । मैले भनिदिएँ, “एक सांसदको हैसियतलाई म सुरक्षाको हकदार छु । पक्रिने भए उनीहरूले मलाई पक्रून् ।”
मेरो यो मुद्दा जनताको लागि एउटा काण्ड बन्ने निश्चित भइसकेको थियो । यसकारण, रोद्जान्कोले गृहमन्त्री माक्लाकोभलाई एउटा पत्र पठाए । जवाफमा गृहमन्त्रीले मेरो संसदीय सुरक्षाको म्याद सक्किएपछि मात्र मलाई गिरफ्तार गरिने बेहोराको पत्र लेखेछन् ।
हामी ‘६ बोल्शेभिकहरू’ माथिको प्रहार केही समयलाई थाती राखियो । यद्यपि, यसैलाई मुद्दा बनाएर हामीले सदनमा प्रश्नोत्तर गर्ने यत्न ग¥यौँ । एकातिर यो मुद्दाले प्रतिक्रियावादीहरूको आक्रामक रवैया देखाइदियो । यसर्थ, यसले हाम्रो प्रचारात्मक सामग्रीको काम ग¥यो । अर्कोतिर, मजदुर सांसदहरूमाथि कारबाही भएको खबर फैलिएपछि जनतासँग हाम्रो समूहको सम्बन्ध अझ प्रगाढ भयो ।
हाम्रो प्रश्न निम्न शब्दसँगै टुङ्गिन्थ्यो, “सेन्ट पिटर्सबर्गका नगर गभर्नरले संसद् सदस्यलाई जरिवाना तिराउनु गैरकानुनी भएको एकदम प्रस्ट छ । तसर्थ, संसद् सञ्चालन गर्ने नियमको धारा ३३ बमोजिम गृहमन्त्रीलाई निम्न प्रश्न गर्न हाम्रो सामाजिक जनवादी समूह आह्वान गर्छ – एक, के सेन्ट पिटर्सबर्गका नगर गभर्नरले जारी गरेको आदेशबारे उहाँ जानकार हुनुहुन्छ ? दुई, जानकार हुनुहुन्छ भने भविष्यमा प्रशासनिक निकायबाट यस्ता क्रियाकलाप नहोस् भनेर यो अवैध कदम तथा संसद् सदस्यहरूको रक्षा गर्ने सम्बन्धमा उहाँले कस्तो आदेश जारी गर्ने प्रस्ताव राख्नुहुन्छ ? हामी यो प्रश्नलाई आपत्कालीन करार गरियोस् भनी अनुरोध गर्दछौँ ।”
हाम्रो यो प्रश्नमा क्याडेट र प्रगतिशील पार्टीका केही सांसदले हस्ताक्षर गरेका थिए । तर, क्रिसमसको बिदापछि जब बहस सुरु भयो तिनीहरूमध्ये २३ ‘उदार’ सांसदहरूले आफ्नो हस्ताक्षर फिर्ता लिए । यसरी हाम्रो प्रश्नलाई सदनमा राख्नै लागेको बेला हठात् रद्दीको टोकरीमा फालियो । यही एउटा उदाहरण क्याडेटहरूको मजदुर सांसदविरोधी रवैया झल्काउन काफी छ ।
ऐनमा उल्लेख प्रावधान पूरा गर्न हामीले थप हस्ताक्षरको जोहो ग¥यौँ र एक हप्तापछि सदनमा प्रश्न राख्यौँ । हाम्रो समूहको तर्फबाट पेत्रोभ्स्कीले बोले ।
पेत्रोभ्स्कीले भने, “कारबाही र प्रहरी अत्याचारका बाबजुद मजदुरहरूका सांसद सदैव र सर्वत्र तिनको पक्षमा उभिनेछन् । प्रहरी वा संसद्को कालासय बहुमतले मजदुरवर्गलाई तिनका सांसदहरूको आवाज सुन्नबाट रोक्न सक्ने छैनन् ।”
बुर्यानोभ अहिले मेन्शेभिक रहेनन् । त्यसबेला उनले सदनमा हाम्रो मुद्दालाई आपत्कालीन करार गर्नुपर्ने पक्षमा बोले । उनले सांसदलाई दण्ड नलाग्ने नियमको ठाडो उल्लङ्घन भएको र सदनले आफ्नो आत्मसम्मान जोगाउने हो भने यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
तर, सदनले जारशाही प्रहरीलाई नियन्त्रणमा राख्न केही गरेन । यो मुद्दामा मजदुर सांसदहरूले मात्र चासो लिए । संसद्का कालासय सांसदहरूले प्रहरीको कारबाहीलाई खुला दिनले स्वागत गरे । हाम्रो प्रश्नलाई ठुलो बहुमतले किनार लगाइयो । मजदुर सांसदहरूविरुद्ध जतिसुकै दमनकारी कारबाही गरे पनि सदनले चुपचाप सदर गर्नेछ भनेर सरकार ढुक्क भयो ।
Leave a Reply