कोरियाली मजदुर पार्टी केन्द्रीय समितिको विस्तारित बैठक सम्पन्न
- मंसिर २५, २०८२

पेइचिङ, ११ मङ्सिर (सीआरआई) । जापानी राजनीतिक क्षेत्रको दक्षिणपन्थी शक्तिको प्रतिनिधि व्यक्तिको हैसियतले जापानी प्रधानमन्त्री ताकाइची सानाइले सैन्यवादी विचारधाराको प्रभावमा जापानको सशस्त्रीकरण र संविधान संशोधनलाई प्रवद्र्धन गर्ने खतरा रहेको छ । उहाँको सो कदमबाट जापानले सम्भवतः बितेको शताब्दीको फासीवादी अपराध दोहो¥याउने र सैन्यवादको खतरनाक अवस्थामा पुग्ने देखिन्छ ।
हालै जापानका प्रधानमन्त्री ताकाइची सानाइले चीन सम्बन्धमा गलत भनाइ व्यक्त गरेपछि चीनले धेरै पटक कडा विरोध व्यक्त गरे तापनि जापानले गलत भनाइ फिर्ता लिन अस्वीकार गरिरहेको छ । यसबाट जापानका केही दक्षिणपन्थी र पुनरूत्थानवादी शक्तिबाट सैन्यवादको पुनःउत्थानलाई अघि बढाउने खतरनाक सङ्केत देखाइएको छ ।
यस वर्ष विश्वका विभिन्न ठाउँका मानिसहरूले विविध तरिकाबाट भव्य रूपमा विश्व फासिस्टविरोधी युद्ध विजयको ८० औँ वार्षिकोत्सव मनाएका छन् । आजको विश्वले जापानी सैन्यवादको पुनःउत्थान अस्वीकार गर्नुका साथै कुनै पनि व्यक्ति र शक्तिले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय प्रणाली र विश्व शान्ति र स्थिरतामा क्षति पु¥याउने खालका कुनै पनि विषयलाई अस्वीकार गर्दछ ।
प्राप्त जानकारीअनुसार, जापानको विपक्षी दलका नेताले सत्तारूढ पार्टी र विपक्षी दलका नेताबिच बहसबारे टिप्पणी गर्दै ताकाइची सानाइले ठोस उदाहरणको रूपमा सोही विषय प्रयोग नगरेकोले अघिल्लोपटक व्यक्त धारणा फिर्ता लिएको जस्तै भएको बताएका छन् । सो विषयमा नोभेम्बर २७ तारिख आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारले चीनले यो भनाइलाई स्वीकार गर्ने कि नगर्ने भनेर प्रश्न सोधेका थिए ।
उक्त प्रश्नको जवाफ दिँदै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता को च्याखुनले जापानी प्रधानमन्त्री ताकाइची सानाइको गलत अभिव्यक्तिले चीन–जापान ४ राजनीतिक दस्ताबेजको भावनाको गम्भीर रूपमा उल्लङ्घन भएको र चीन–जापान सम्बन्धको राजनीतिक आधारलाई नष्ट गरेको बताउनुभयो । जापानी प्रमको अभिव्यक्ति र नीतिले चिनियाँ जनताको तीव्र रोष निम्त्याएको छ । उहाँले भन्नुभयो, ‘फेरि उल्लेख नगर्ने’ र ‘गलत अभिव्यक्ति फिर्ता लिने’ बिच पूर्ण रूपमा भिन्नता छ । जापानले ‘फेरि उल्लेख नगर्ने’ मार्फत प्रधानमन्त्री ताकाइची सानाइको गम्भीर गलत अभिव्यक्ति र नीतिलाई कम मूल्याङ्कन र ढाकछोप गर्न खोजेको छ । यो आफैंले आफैंसँग कुरा गरेजस्तो हो र यसलाई चीनले कहिल्यै स्वीकार गर्दैन ।
भियतनामको परराष्ट्र मन्त्रालयद्वारा एक चीनको सिद्धान्तलाई पुनः समर्थन
नोभेम्बर २७ मा भियतनामी परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा, प्रवक्ता फाम थुहाङले भियतनामले सधैँ एक चीन सिद्धान्तको समर्थन गर्दै आएको दोहो¥याउनुभएको छ ।
उहाँका अनुसार, यस विषयमा भियतनामको अडान स्पष्ट र निरन्तर छ अर्थात् ‘एक चीन सिद्धान्त’को समर्थन गर्दछ । थाइवान जलडमरू क्षेत्रको शान्ति, स्थिरता र सहकार्य सो क्षेत्र र विश्वका लागि महत्वपूर्ण छ । भियतनामले सम्बन्धित पक्षहरूसँग क्षेत्र र विश्वको शान्ति, स्थिरता र विकासमा सकारात्मक योगदान पु¥याउने आशा गर्दछ ।
Leave a Reply