नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, ११ मङ्सिर । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप टेलिभिजनको आयोजनामा टेलिभिजनसम्बन्धी १५ दिने अभिमुखीकरण तालिम बिहीबार प्रशिक्षार्थीबिच सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सञ्चारमाध्यम प्रचारको शक्तिशाली हतियार भएको हुँदा भक्तपुर नगरपालिकाले सञ्चारमाध्यमलाई सशक्त ढङ्गले उपयोग गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ‘भक्तपुर’ मासिक पत्रिका, नेपालभाषामा ‘ख्वप पौ’, ‘ख्वप टीभी’, ‘ख्वप सः’, भक्तपुर म्युनिसिपालिटी फेसबुक पेज, वेभसाइटलगायतबाट नपाका गतिविधिहरू जनतासमझ पारदर्शी गर्दै आएको जानकारी दिँदै उहाँले सत्यतथ्य सूचना प्रवाहमा सञ्चारमाध्यम लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित शिशुस्याहार केन्द्र, शैक्षिक संस्था, ख्वप अस्पताल, स्थानीय पाठ्यक्रम, शैक्षिक ऋण, घरदैलो नर्स कार्यक्रम देशमै उदाहरणीय रहेको छ । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालनमा जोड दिइरहेको छ, प्रमुख प्रजापतिले भन्नुभयो ।
आत्मनिर्भर व्यक्तिले स्वाभिमानीपूर्वक बाँच्न पाउने धारणा राख्दै उहाँले विदेशीको सहयोगले व्यक्ति, समाज र देशलाई नै परनिर्भरतातर्फ धकेलिने हुँदा सबैजना सचेत हुनुपर्ने बताउनुभयो ।
ख्वप टेलिभिजन सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एवम् भनपा वडा नंं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सञ्चारमाध्यम मनोरञ्जनको विषयमा मात्र सीमित हुनुको सट्टा सन्देशमूलक हुनु जरूरी छ भन्नुभयो ।
नगरपालिकाका विविध गतिविधिहरूलाई जनतासमक्ष प्रस्ट पार्न विभिन्न सञ्चारमाध्यमको प्रयोग गर्दै आएको उहाँले बताउनुभयो ।
तालिमका प्रशिक्षक कृष्णकाजी मानन्धरले प्रशिक्षार्थीहरूमा आफूले लिने तालिमसम्बन्धी ज्ञान र रूचि आवश्यक भएको स्पष्ट पार्दै तालिमले टेलिभिजन प्रसारण र व्यवस्थापनको लागि दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।
तालिममा एआई प्रविधिको प्रयोग, क्यामेरा, कन्टेन्ट क्रियसनलगायतका विषय पनि सिकाइने जानकारी दिँदै उहाँले तालिम लिएर उपलब्धि हासिल गर्न प्रशिक्षार्थीलाई प्रेरित गर्नुभयो ।
कार्यक्रममा ख्वप टेलिभिजनका दीपेन्द्र प्रजापति र व्यवस्थापक रवीन्द्रप्रसाद कुसीले तालिमको आवश्यकता र औचित्यमाथि प्रस्ट पार्नुभयो ।
Leave a Reply