नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, ११ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर नपा वडा नं. ४ तालाक्व दम्फोमा अवस्थित फल्चा (पाटी) पुनःनिर्माणको लागि शिलान्यास गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले स्थानीय जनताको आर्थिक र भौतिक सहयोगमा फल्चा पुनःनिर्माण कार्य गुणस्तरीय ढङ्गले छिटो सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले भूकम्पले भत्केका र जीर्ण अवस्थामा रहेका धेरै फल्चाहरूको पुनःनिर्माण सम्पन्न गरिसकेको बताउँदै उहाँले विदेशी सहयोगबिना भक्तपुरका सम्पदाहरू जस्ताको तस्तै ठडिएको कारण भक्तपुरको शान बढेको बताउनुभयो ।
नगरवासीहरूको आर्थिक जीवनस्तर उकास्न पर्यटन प्रवद्र्धनमा जोड दिँदै आएको बताउँदै उहाँले जनतालाई जनश्रमदानको लागि प्रेरित गर्नुभयो ।
नेपाल भ्रमण गर्ने पर्यटकमध्ये २५–३० प्रतिशत पर्यटक भक्तपुर भ्रमण गर्ने तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भक्तपुरबारे अन्तर्राष्ट्रिय जगत्मा राम्रो प्रचारप्रसार भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले फल्चा निर्माणको ऐतिहासिक र सांस्कृतिक पक्षमाथि प्रस्ट पार्दै नगरपालिकाले भक्तपुरका मूर्त तथा अमूर्त सम्पदा संरक्षण र नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने काम गर्दै आएको बताउनुभयो ।
तालाक्व दम्फो पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धव प्रजापतिले पाटी पुनःनिर्माणमा सबै वडावासीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
तालाक्व दम्फो पुनःनिर्माण उपभोक्ता समितिका सदस्य मदनकृष्ण श्रेष्ठ र स्थानीय तुल्सीराम सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply