भर्खरै :

अन्नको नाश

अन्नको नाश

पख्नुहोस्, पख्नुहोस् एन्टी ! त्यो अन्न र खानेकुरा खोलामा नफाल्नुहोस् । भाइटीकाको भोलि पल्ट भाइटीकाका देउता, पितृका नाममा चढाएको अन्न, खानेकुरा खोलामा फाल्न आएकी अन्टीलाई खोलाछेउ खेल्दै बसिरहेकी नानीले रोकिन् र सोधिन, “एन्टी यहाँ यस्तो अन्न, खानेकुरा, फूल प्लास्टिकको झोलासहित खोलामा किन फाल्नुहुन्छ ? के यो यहाँ देउता, पितृ आएर हामीले जस्तै खान आउँछ ? प्लास्टिकको झोलाले खोला फोहर हुँदैन र ?
ती नानीको प्रश्नको जवाफमा अन्टीले भनिन्, यो देउता, पितृलाई खुवाउन यहाँ नदी, खोला, तलाउमा फाल्ने गरिन्छ । यो हाम्रो धर्म, संस्कृति हो । त्यहीअनुसार म यहाँ अन्न, खानेकुरा फाल्न आएकी हुँ । ती नानीले खोलामा त्यसरी फालिराखेको करिब एक डोको खानेकुराको थुप्रो देखाउँदै सोधिन्, “खोइ त एन्टी ! देउता, पितृले खान आएको, त्यो त सबै खेर गयो । त्यो अन्न, खानेकुरा त सबै त्यसै खेर गयो नि होइन र एन्टी ?
फेरि नानीले मर्मस्पर्शी कुरा बताइन्, “एउटा अन्नको गेडो फलाउन कति समय लाग्छ, कति पसिना बगाउनु पर्छ । त्यो त हामीलाई भन्दा एन्टीहरूलाई बढी थाहा होला, भोग्नु भएको होला । फेरि प्लास्टिकका झोलाहरू यसरी जथाभावी नदी, खोला, तलाउमा फाल्दा पानी फोहर हुन्छ । श्राद्धलगायतका भोजको यस्तै देउता, पितृका नाममा दोबाटो, चौबाटोमा फाल्दा एकातिर अन्नको नाश हुन्छ भने अर्कोतिर फोहर, दुर्गन्ध हुन्छ, अशोभनिय हुन्छ । बरु हाम्रो संस्कृति, धर्म पनि जोगिने गरी नाममात्रको चढाउँदा कसो होला ? त्यसले अन्नको नाश पनि हुँदैन, खेर जाँदैन, फोहर पनि हुँदैन ! होइन एन्टी ?
हो नानी, त्यसरी थाहा भएन । तिमीले भनेको कुरा सही हो । अबदेखि म त्यसरी फाल्न ल्याउँदिन र अरु दिदी बहिनीहरूलाई पनि सम्झाउँछु नानी भन्दै घर गइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *