जड
- मंसिर २७, २०८२

जिल्ला जिल्लाबाट हुलका हुल
काठमाडौँमा बसाइँ सर्नेहरू
घुइँचो छ यहाँ
डब्लूएचओको मापदण्ड नाघेको
प्रदूषणको वास्ता नगरी
सन्तुलित विकासविरोधी मूर्खहरूको ।
निर्वाचन जित्नका लागि
को कुन पार्टीमा प्रवेश रे
कुन पार्टी कुनसँग एकीकरण रे
भइरहेको छ यहाँ
आपूm प्रधानमन्त्री र मन्त्री हुँदा
सिन्को भाँच्न नसकेकाहरू ।
मन्त्री बन्नको लागि यहाँ
पार्टी परित्यागको घुइँचो छ
सिद्धान्तहीनहरूको घुइँचो छ
अनैतिकहरूको घुइँचो छ
मानिसलाई खसी बोकाझैँ किनेर
चुनावको प्रपञ्च रच्नेहरूको ।
२०८२ मङ्सिर १२
Leave a Reply