नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, १३ मङ्सिर । भक्तपुर नगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा शनिबार बेखाल स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा स्तन परीक्षण शिविर सम्पन्न भएको छ ।
महिलामाझ क्यान्सरसम्बन्धी जोखिम, प्रारम्भिक पहिचान र समयमा उपचारको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको शिविरलाई स्थानीयवासीको उल्लेख्य सहभागिता भएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर आज शैक्षिक गन्तव्यस्थलको रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै ख्वप अस्पतालमा घुँडाको प्रत्यारोपण सफल रूपमा सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
उपप्रमुख जोशीले भन्नुभयो, “क्यान्सरका बिरामीहरू देशभर बढ्दै गइरहेका छन् र भक्तपुर नगरपालिकाले कडा रोग लागेकालाई १५ हजार रूपैयाँको आर्थिक सहयोग दिँदै आइरहेको छ । समयमै परीक्षण र औषधोपचार नगरे क्यान्सर जटिल बन्ने भएकोले सबै महिलाले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ ।”
उहाँले चीनको स्वशासित शाननान क्षेत्रबाट भक्तपुर नगरपालिकालाई ल्याप्रोस्कोपी मेसिन हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो । नगरपालिकाले आगामी मङ्सिर १७ गते विश्व अपाङ्गता दिवस र मङ्सिर २० गते योमरी उत्सव प्रतियोगिता आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिका १० नं वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले जनस्वास्थ्यलाई प्राथमिकता दिएर स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले रोग नियन्त्रणको अभियानलाई सबै वडामा विस्तार गर्दै जाने उल्लेख गर्दै ख्वप अस्पतालसँग सहकार्यमा बेखाल स्वास्थ्य केन्द्रलाई बिहानैदेखि नियमित सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका नर्स अधिकृत रचना सुवालले हरेक ३ देखि ५ वर्षमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्न अनिवार्य रहेको बताउँदै परीक्षणमार्फत प्रारम्भिक अवस्थामा नै क्यान्सरको जोखिम पत्ता लगाउन सकिने जानकारी दिनुभयो ।
कार्यक्रममा वडा सदस्य जितेन्द्र मुनकर्मी र कृष्णनारायण दुमरुले पनि बोल्नुभएको थियो । ख्वप अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा ९७ जनाले स्वास्थ्य परीक्षण गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
Leave a Reply