भर्खरै :

विविध भाषा साहित्यिक समाज, चितवन गठन

विविध भाषा साहित्यिक समाज, चितवन गठन

रत्ननगर, १४ मङ्सिर । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति, चितवनका अध्यक्ष हरिप्रसाद दुवालको उपस्थितिमा शनिबार गडौलीमा एक भेला भयो । उक्त भेलाबाट विष्णु शर्माको संयोजकत्वमा विविध भाषा साहित्यिक समाज, चितवन गठन भएको छ ।
सो कार्यक्रममा जिल्ला अध्यक्ष दुवालले समाज वर्गीय भएकोले साहित्य पनि वर्गीय हुने बताउँदै मजदुर, किसान र कामदारवर्गको साहित्यले मात्र बहुमत जनताको हित गर्ने बताउनुभयो । उहाँले अन्याय, अत्याचार, शोषण, थिचोमिचोको विरोधमा लेखिएको साहित्यले मात्र कामदार जनताको सेवा गर्ने बताउनुभयो ।
व्यक्तिवादी, निराशावादी र यौनवादी साहित्य भनेको पुँजीवादी साहित्य भएकोेले त्यस्ता साहित्यबाट कामदार जनता टाढा रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नवगठित विविध भाषा साहित्यिक समाज, चितवनको आयोजनामा आजै जनताका साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित जनताका साहित्य र साहित्यकार पुस्तिकाको अध्ययन गोष्ठी भयो ।
सो गोष्ठीमा विष्णु शर्मा, ज्ञानेन्द्र प्रजा, सुमित्रा महतो, मोहनबहादुर प्रजा, अस्मिता गुरुङ, अर्जुन चेपाङ, सन्तबहादुर पाख्रीनलगायतले आ–आफ्नो अध्ययन सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *