भर्खरै :

काठमाडौँ तारकेश्वरस्थित लालीगुराँस नेसनल एकेडेमीका विद्यार्थीहरू भक्तपुर अध्ययन भ्रमणमा

काठमाडौँ तारकेश्वरस्थित लालीगुराँस नेसनल एकेडेमीका विद्यार्थीहरू भक्तपुर अध्ययन भ्रमणमा

काठमाडौँ, १४ मङ्सिर । काठमाडौँ तारकेश्वरस्थित लालीगुराँस नेसनल एकेडेमीमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूले भक्तपुर अध्ययन भ्रमणको क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कार गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यार्थीहरूले सानै उमेरदेखि नै पढाइसँगै असल व्यवहार पनि सिक्नुपर्ने बताउनुभयो । राम्रो बानी व्यहोरा भएका भाइबहिनीहरूलाई सबैले मन पराउने हुँदा असल आचरण सिक्नुपर्छ भन्नुभयो ।
उहाँले भक्तपुरको भौगालिक अवस्था, कला संस्कृति, सम्पदा संरक्षण, शैक्षिक अवस्था, सरसफाइलगायतका क्षेत्रमा गरिरहेका गतिविधिहरूबारे अवगत गराउँदै भक्तपुरलाई सफा, आकर्षक र पर्यटकीय गन्तव्यस्थल बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले देशको लागि आवश्यक उत्कृष्ट जनशक्ति उत्पादन गरिरहेको बताउँदै नपाले प्रदान गर्दै आएको शैक्षिक ऋण र छात्रवृत्तिले देशभरिका विद्यार्थीहरू लाभान्वित भएको प्रमुख प्रजापतिले बताउनुुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुरका सम्पदाहरू अवलोकन गर्न देश विदेशबाट पर्यटकहरू आउने क्रम बढिरहेको बताउँदै भक्तपुर नपाले नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम अध्ययन अध्यापन गराइरहेको तथा सो पाठ्यक्रममा भक्तपुर विशिष्ट व्यक्तिहरूको जीवनी, कला संस्कृति, जात्रा पर्वलगायतका पाठ्यसामग्रीहरूको पठनपाठन गर्दै आएको बताउनुभयो ।
लालीगुराँस नेसनल एकेडेमीका शिक्षिका सृजना वाग्लेले भक्तपुरको शैक्षिक अध्ययन भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गर्दै नगरपालिकाले सबै क्षेत्रमा उत्कृष्ट काम गरिरहेको बताउनुभयो ।
विद्यालयका १४० जना विद्यार्थीको सहभागिता रहेको सो कार्यक्रममा प्रमुख प्रजापतिले विद्यालयका शिक्षकमार्पmत नपाका प्रकाशनहरू उपहार स्वरूप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *