प्रजातन्त्रलाई जीवन पद्धतिको रूपमा विकास गर्नु आवश्यक
- मंसिर २७, २०८२

कुनै देश बलियो या शक्तिशाली हुनु नराम्रो होइन । देश शक्तिशाली भएर अरु देशमाथि आक्रमण गर्नु, सीमा मिच्नु राम्रो होइन । देश शक्तिशाली बनाएर अरु देशमा आक्रमण गर्छ, जनधनको क्षति पु¥याउँछ भने त्यो शक्तिको दुरूपयोग हो । शक्तिशाली देशले संसारका विभिन्न मुलुकमा आतङ्क मच्चाउने होइन; देशलाई असुरक्षित बनाउने होइन, अरु देशलाई आर्थिक सङ्कट निम्त्याउन नाकाबन्दी गर्ने होइन । हरेक देशको सरकारको काम बहुमत जनताको सेवा गर्नु हो† सेवा गर्न लागिपर्नु हो । कुनै पनि सरकारले बहुमत जनतामाथि शोषण गरेर, रजाइँ गरेर अल्पमत या शोषक, सामन्त र पुँजीपतिवर्गलाई सेवा गर्ने होइन । गरिबीविरुद्धको सङ्घर्षमा चीन सफल भयो । चीनलाई गरिबीमुक्त बनाउन चिनियाँ सरकार निरन्तर लागिरह्यो । चीनले गरिबीबाट मुक्त गरेको छ । चिनियाँ सरकारको यो सफलता विश्वको निम्ति अनुकरणीय बनेको छ ।
चीन आफ्नो देशको मात्र विकास गर्दैन । अरु विकासशील देशलाई विकास गर्न सहयोग गर्छ । संसारका सबै देशको विकास हुनुपर्छ भन्ने धारणा चीनको हो । तर, संयुक्त राज्य अमेरिका अरु देश विकास भएको हेर्न चाहँदैन; अरु देशको विकासमा बाधा हाल्छ । अमेरिकाले क्युवा र प्रजातान्त्रिक जनगणतन्त्रमा किन आर्थिक नाकाबन्दी गर्नुप¥र्यो । संसारका दर्जनौँ देशमा किन सशस्त्रसहितको सेना राख्नुपर्यो ? अमेरिकी राष्ट्रपति अरु देशमा आक्रमण गर्छन्; नरसंहार गर्छन् र आफै शान्ति र वार्ताको उद्घोष गर्दै शान्ति पुरस्कारको पदवी माग्छन् । शक्तिको उन्मादको कारण अमेरिका र अमेरिकी सरकारको विश्वले विरोध गर्दै छ । साम्राज्यवाद अन्त्य नभएसम्म संसारका जनताले सुरक्षाको अनुभूति पाउने छैनन्; खुला दिलले विकास गर्ने अवसर पाउने छैनन् ।
नेपालमा प्रजातन्त्र स्थापना भएको दसकौँ बित्यो । गणतन्त्र स्थापना भएको पनि १७ वर्ष बित्यो । तर, सरकारले उल्लेखनीय काम कुनै गर्न सकेन । सरकारले पुँजीपति, सामन्त प्रतिक्रियावादी, जमिनदारहरूको हितमा काम ग¥यो । कमैया मुक्तले कमैयाहरू बिचल्लीमा परे । द्वैधस्वामित्वको अन्त्यले पुस्तौँ जग्गा जोतेर पनि मोही कायम नभएका किसानहरूको जग्गा खोसियो । नेपाल र नेपालीकोे भन्दा विदेशी शक्ति राष्ट्रहरूको निम्ति फाइदा हुने असमान सन्धि सम्झौतामा हस्ताक्षर गरियो । देशलाई दूरगामी असर पर्ने नागरिकता विधेयक पारित गरियो । श्रमजीवीवर्गको हितमा काम गर्ने ऐन कानुन बनाउनेतर्फ ध्यान नै गएन । प्रतिक्रियावादी र पुँजीपतिहरूले त गरेनन् गरेनन्† आफूलाई कम्युनिस्ट दाबी गर्ने दलहरूले पनि गरेनन् । यसले सत्तामा गएका कम्युनिस्टहरू पुँजीपतिवर्गकै पक्षमा रहेछ भन्ने थाहा हुन्छ ।
चीन अरु देशलाई मित्रवत व्यवहार गर्छ† आक्रमण र थिचोमिचो गर्दैन बरु विकासमा टेवा पु¥याउँछ । यसकारण, विश्वमा चीनप्रतिको विश्वास बढ्दै छ । विकासमा साथ र सहयोग गर्ने चीनको नीतिले संसारका विकासशील देशहरूमा राम्रो छाप परेको छ । गरिबी न्यूनीकरण चिनियाँ सरकार, चिनियाँ पार्टी, सेना तथा समग्र देश र समाजको एकीकृत प्रयासको सफलता हो । चीनले हरेक क्षेत्रमा प्रगति गरेको छ । चीन नेपालजस्तो ऋणमा डुबेको छैन । चीन अमेरिकामा जस्तो भ्रष्टाचारीलाई छुट दिँदैन । विश्वका जनता अमेरिकाबाट आक्रान्त छन् । तर, चीन संसारको लागि भरपर्दाे देश बनेको छ । चीन शान्ति, सुरक्षा र विकास चाहन्छ । साम्राज्यवादी देशहरूबाहेक चीन संसारकै मित्र देश बनेको छ । यस अर्थमा चीन विश्वको निम्ति मार्ग निर्देशक बनेको छ ।
Leave a Reply