भर्खरै :

विदेशी पुँजी र ऋणले देश नवउपनिवेश हुने

विदेशी पुँजी र ऋणले देश नवउपनिवेश हुने

उदयपुर, १६ मङ्सिर । नेपाल मजदुर किसान पार्टी कटारी नगर समितिको आयोजनामा कार्यकर्ता भेला मङ्गलबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू निर्वाचित भक्तपुर नगरपालिकाले २६ वर्ष अगाडि शैक्षिक संस्थानहरू स्थापना र सञ्चालन गरी देशभरिका विद्यार्थीलाई उच्च शिक्षाको मार्ग प्रशस्त गरेको छ भन्नुभयो ।”
उहाँले भन्नुभयो, “सार्वजनिक भवनमा आगजनीभन्दा भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नु आवश्यक छ । ठुला भ्रष्टाचारीहरूलाई जेल र मृत्युदण्डसमेतको सजाय हुने कानुनी व्यवस्था जरुरी छ ।”
प्रधानमन्त्री र मन्त्री भएका शासक पार्टीका नेताहरू एक अर्काे पार्टीमा प्रवेश गर्ने र एक अर्काे पार्टीमा एकीकरण गर्ने काम बढिरहेको उल्लेख गर्दै उहाँले पुनः प्रधानमन्त्री र मन्त्री हुनका लागि उनीहरू यी काममा लागेका हुन्† यसकारण, नेपाली जनता सचेत हुनु जरुरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “निजी कम्पनीको नाममा खरिद गरिएका हदबन्दीभन्दा बढी भएको जग्गा स्वतः सरकारको हुनुपर्नेमा वर्तमान सरकारले निजी कम्पनीलाई हदबन्दीभन्दा बढी भएको जग्गामा आवास विकास गराई बिक्री गर्नु देश र जनताको हितमा छैन । वर्तमान सरकारले प्रदूषण धेरै फाल्ने युरो ३ का सवारी साधन आयात फुकुवा गरेको पनि विदेशी पुँजीको हितमा हो ।”
नेपाली युवालाई गोर्खा भर्तीको नाममा विदेशीको भाडाको सिपाही बनाइएकोमा नेपाली जनताको विरोध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ यतिबेला संयुक्त राष्ट्र सङ्घअन्तर्गत शान्ति स्थापनाको नाममा नेपाली सुरक्षाकर्मीलाई विदेश पठाउने देशमा नेपाल साताँै स्थानमा परेको सार्वजनिक भयो । सरकारहरूले वैदेशिक रोजगारीको नाममा लाखौँ युवालाई विदेश पठाइरहेका छन् । मानव विकास सूचाङ्कमा नेपाल १४५ औँ स्थानमा पुग्यो । यसरी नेपाली युवालाई विदेशको सेवामा पठाएर देशको सेवा नहुने पुष्टि भयो । सरकारहरूले नेपालीलाई देशभित्र रोजगारी दिनु आवश्यक छ । विदेशी ऋण र पुँजीले नेपाल नवउपनिवेश हुनेछ ।”
उहाँले भन्नुभयो, “पैतीस वर्षयता बहुदल र गणतन्त्रको अवधिमा सरकारमा गएका दलहरूको नाम र नेता फरक भए तर आर्थिक र विदेश मामिला एउटै भए । राजनीतिक पार्टीहरू दर्शन र वर्ग आधारमा स्थापना र सञ्चालन हुनुपर्नेमा शासक दलहरूको दर्शन सामन्तवादी र पुँजीवादी भयो भने वर्ग आधार शोषक वर्गको भयो । यसकारण, देश र जनतालाई दुःख भएको हो ।”
भेलामा नेमकिपा कोशी प्रदेशका संयोजक उकेश कवांले जसरी किसानले बारीमा बीउ बचाउनका लागि गोलमेल गरिरहन्छ त्यसरी नै पार्टी कार्यकर्ताहरूलाई तयार पार्न नियमित बैठक, कार्यक्रम र प्रशिक्षण दिइरहनुपर्ने कुरा उल्लेख गर्नुभयो । जबसम्म कामदार वर्गले राजनीतिक रुपमा सचेत र सङ्गठित भएर लाग्दैन तबसम्म हामीले सुख नपाउने हुँदा सक्रिय भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।
नेमकिपा कटारी समितिका विसुनकुमार दनुवारको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा कोशी समितिका सदस्य महेन्द्र बखुन्छेँ, विष्णुबहादुर खत्रीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *