समाजका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरी गाईजात्रा मनाउनुपर्ने
- भाद्र ६, २०८३
भक्तपुर, १६ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको भेला मङ्गलबार भयो ।
भेलामा नगर प्रमुख प्रजापतिले विद्यालयले भौतिक संरचनामा भन्दा शिक्षाको गुणस्तरमा प्रतिस्पर्धा गर्न अग्रसर हुनुपर्ने बताउँदै भक्तपुरको शिक्षा राम्रो भएकै कारण ज्ञानविज्ञान र अनुसन्धानको केन्द्रको रूपमा विकास भइरहेको बताउनुभयो ।
परीक्षाले शैक्षिक उपलब्धि मापन गर्ने र समग्र शैक्षिक प्रक्रियाको विश्लेषण गर्ने विचार व्यक्त गर्दै उहाँले परीक्षा प्रणालीलाई व्यवस्थित बनाउनमा नगरपालिकाले जोड दिँदै आएको बताउनुभयो ।
राज्यले शिक्षामा गरेको लगानीअनुसार प्रतिफल पनि उपलब्धिपूर्ण बनाउने प्रयास शिक्षाकर्मीहरूबाट हुनुपर्ने उल्लेख गर्दै प्रमुख प्रजापतिले ‘नेपालको शिक्षा विदेशको लागि सस्तो ज्यामी हुनुहुँदैन’ भन्नुभयो ।
उहाँले नगरका विद्यार्थीहरूलाई शैक्षिक सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउन भक्तपुर नगरपालिकाले विद्यार्थी लक्षित विभिन्न गतिविधिलाई अगाडि बढाउँदै आएको चर्चा गर्दै भक्तपुरको शैक्षिक उन्नयनको लागि नगरका विद्यालयहरू योजनाबद्ध ढङ्गले सञ्चालन हुनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले विद्यार्थीको उत्तीर्ण प्रतिशत बढाउनेमा भन्दा पनि योग्य, संस्कारयुक्त र असल नागरिक तयार गर्नेतर्फ ध्यानकेन्द्रित हुनुपर्नेमा जोड दिँदै योग्य शिक्षकबाट योग्य र अनुशासित विद्यार्थीहरू उत्पादन हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरपालिकाको आयोजनामा मङ्सिर २५ गतेबाट सुरु हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबारे विस्तृतमा जानकारी गराउँदै उक्त प्रतियोगितामा नगरका ९२ वटै विद्यालयको सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।
नगर शिक्षा शाखा भक्तपुरका प्रमुख साधुराम फुयाँलले प्रिन्सिपल भेलामार्फत नपाको शैक्षिक र खेलकुद नीतिबारे छलफल गर्न समय–समयमा भेला कार्यक्रम आयोजना गर्दै आएको बताउँदै नगरपालिकाले विद्यालय अनुगमन सफ्टवेयरमार्फत गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले ख्वपको पहिचान सन्दर्भ सामग्री पुस्तकको रूपमा प्रकाशन गर्ने तयारी गरिरहेको बताउँदै परिमार्जित पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गर्न लागेको हुँदा सोहीअनुसार विद्यालयलाई तयारीको लागि अनुरोध गर्नुभयो । नपाद्वारा आयोजना हुन लागेको योमरी प्रतियोगिता र विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा पनि सक्रिय सहभागिताको लागि उहाँले अनुरोध गर्नुभयो ।
Leave a Reply