क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
मानव सभ्यताको विकासमा राजनीतिक–अर्थशास्त्रीय सिद्धान्तहरू निर्णायक मानिन्छन् । तीमध्ये पनि माक्र्सवादी दर्शनले मानव समाजको संरचना, वर्गीय सम्बन्ध, उत्पादन–पद्धति, श्रम–शक्ति, शोषण र मुक्ति–मार्गका विषयमा विज्ञानसम्मत दृष्टिकोण स्थापित ग¥यो । तर, कल्पना गरौँ – यदि माक्र्सवादी दर्शनको विकास नै नभएको भए आजको मानव सभ्यता कस्तो हुन्थ्यो ? इतिहासको वैकल्पिक धारा कता मोडिन्थ्यो ? केही तथ्य आधारित विश्लेषणहरू :
विज्ञान झुपडीमै पुग्दैनथ्यो : यदि माक्र्सवादको आलोचनात्मक चेतना नजन्मिएको भए विज्ञान आजको जति जनमानसमा पहुँच पुग्ने थिएन । विज्ञान र तर्कलाई समाज परिवर्तनको मूल आधार मान्ने विचारधारा नै माक्र्सवादको ऐतिहासिक योगदान हो । यो दृष्टि नभएको संसारमा विज्ञान माथिल्ला वर्गहरूको विलासिताको वस्तु–प्रयोगशाला, विश्वविद्यालय र राजकीय संरचनाभित्र कैद एउटा अभिजात खेलौना बन्थ्यो । गाउँ, बस्ती, मजदुर, किसानजस्ता श्रमजीवी वर्गसम्म वैज्ञानिक चेतना फैलिनै सक्दैनथ्यो । तिनका जीवनमा रोग, भोकमरी, प्रकृति र मिथक नै प्रमुख व्याख्या बन्थे – कि त देवताको दया कि त दुर्भाग्यको कथा ।
माक्र्सवादले विज्ञानलाई सामाजिक उत्पादन, वर्गीय सम्बन्ध र श्रमको भौतिक आधारसँग जोडेर बुझायो । “विज्ञान जनता कहाँ छ, परिवर्तन त्यहीँबाट हुन्छ” भन्ने राजनीतिक–वैज्ञानिक दबाबले सोभियत, चीन, उत्तर कोरिया र अन्य समाजवादी आन्दोलनहरूले सार्वभौमिक शिक्षा, सार्वजनिक विज्ञान, स्वास्थ्य क्रान्ति र औद्योगिक आधुनिकीकरणलाई जनतामै पु¥याए । यस दबाबबिना पुँजीवादले विज्ञानलाई नाफा र निजी स्वार्थमा सीमित राख्थ्यो–जसले वैज्ञानिक उन्नतिको गति मात्र घटाउने होइन, वैज्ञानिक चेतनालाई सामाजिक शक्ति बन्नसमेत रोक्थ्यो ।
अन्धविश्वासले शासन गरिरहेको हुन्थ्यो : यदि माक्र्सवादी चिन्तनले धर्म, मिथक र अन्धविश्वासलाई ‘सामाजिक–आर्थिक संरचना’ सँग जोडेर वैज्ञानिक रूपमा विश्लेषण नगरेको भए, आज पनि समाजको राजनीतिक–सांस्कृतिक चेतना अन्धकारमा रहन्थ्यो । धर्मगुरु, पोप, मुल्लाह, भिक्षु, ज्योतिषी, बाबा, तान्त्रिक र पुरोहितहरूको वर्चस्व अझै राज्य सत्तामाथि हुन्थ्यो । किनकि, धर्मलाई आलोचनात्मक रूपमा हेर्ने दृष्टि नै हुँदैनथ्यो – यसले जनतालाई अज्ञानी बनाइराख्थ्यो । प्राकृतिक घटनाहरूलाई देवता, ग्रहदोष, पाप–पुण्य, कर्मकाण्डको परिणाम ठान्ने सोच अझै सर्वव्यापी हुन्थ्यो ।
अन्धविश्वासले राज्यको नीति, न्याय प्रणाली र शिक्षामा पनि हस्तक्षेप गथ्र्यो । उदाहरणको लागि, उपचार विज्ञानभन्दा ‘झारफुक’ मा आधारित हुन्थ्यो† कृषि प्रविधिभन्दा ‘देवता खुसी पार्ने’ विधि प्राथमिक हुन्थ्यो; राजनीतिक निर्णय ‘धर्मगुरुको आशीर्वाद’ मा निर्भर हुन्थ्यो ।
माक्र्सवादले देखायो – धर्म सामाजिक असमानता, शोषण र वर्गीय संरचनाबाट जन्मिन्छ† त्यसैले यसलाई आलोचनात्मक रूपमा बुझ्नैपर्छ । यो दृष्टिकोण नहुँदो हो भने विज्ञान कमजोर, समाज भय, भ्रम र पाखण्डको शासनमा कैद हुने थियो ।
विज्ञानको विकास आजको स्तरमा पुग्दैनथ्यो : माक्र्सवादीको ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शनले विज्ञानलाई मानवमुक्तिको यातायात–माध्यमजस्तै शक्तिशाली उपकरण ठान्यो । सोभियत सङ्घले देखायो–जब विज्ञानलाई जनताको पक्षमा प्रयोग गरिन्छ, तब अन्तरिक्ष, स्वास्थ्य, कृषि, औद्योगिक उत्पादन र शिक्षामा ऐतिहासिक छलाङ सम्भव हुन्छ । यदि माक्र्सवादै नजन्मिएको भए विज्ञान पूर्णरूपमा निजी क्षेत्रको नाफा–केन्द्रित वस्तु बन्ने थियो । वैज्ञानिक अनुसन्धान धनाढ्यवर्गका मनोरञ्जन वा फाइदाका लागि सीमित हुन्थ्यो ।
न्यून वर्ग विज्ञानबाट टाढा राखिन्थ्यो, वैज्ञानिक शिक्षा महँगो हुने, सार्वजनिक अनुसन्धान लगभग बन्द हुने खतरा थियो । विज्ञानमा प्रतिस्पर्धा, नवप्रवर्तन र खोजप्रक्रिया अत्यन्त ढिला गतिमा चल्थ्यो ।
अन्तरिक्ष होस्, औषधि होस् वा जैव–प्रविधि–यी सबै आजभन्दा दशकौँ पछाडि रहने थिए ।
वैज्ञानिक चेतना पनि कमजोर हुन्थ्यो; वैज्ञानिक खोजहरू ‘दैवी प्रेरणा’ वा ‘रहस्यमय बल’ को नाममा निर्देशित हुने सम्भावना ठुलो थियो । विज्ञान स्वतन्त्र, तार्किक र सामाजिक उन्नतिसँग जोडिने अवसर नै पाउँदैनथ्यो ।
मानिस अधिकारको सट्टा भीख मागिरहेका हुन्थे : माक्र्सवादी सिद्धान्तले स्पष्ट ग¥यो–अधिकार सङ्घर्षबाट प्राप्त हुन्छ, दानबाट होइन । यदि यो चेतना नजागेको भए, श्रमिक–किसान अझै मालिक, सामन्त, ठेकेदार वा धर्मगुरुको ‘कृपा’ मा निर्भर रहने थिए । शिक्षा, स्वास्थ्य, ज्याला, सुरक्षित श्रम–परिस्थिति, महिला अधिकार, दलित अधिकार – यी सबैलाई राज्य र समाजले ‘उपहार’ ठान्थ्यो, अधिकार होइन ।
मानिसहरू सामाजिक न्यायको माग गर्न डराउँथे; किनकि उनीहरूलाई ‘अनुग्रह’ को मनोविज्ञानले बाँधेको हुन्थ्यो ।
आन्दोलन, हडताल, ट्रेड युनियन, लोकतान्त्रिक अधिकार – यीबिना समाज एकतर्फी नोकरशाही प्रभुत्वमा रहन्थ्यो । श्रमिकवर्गको आवाज दबाइन्थ्यो† अभाव, भोकमरी र दासता सामान्यजस्तै देखिन्थ्यो ।
माक्र्सवादले सिकायो – “श्रम सिर्जनाको स्रोत हो, त्यसैले अधिकार श्रमिककै हो ।”
यदि यो चेतना नहुँदो हो त आज मानव अधिकार ‘दानका सामग्री’ जस्तै देखिन्थ्यो र जनता अधिकार खोज्ने होइन, ‘राहत’ खोज्ने मानसिकतामा कैद रहन्थे ।
जनता मूर्खको शासनमा तमासे बनिरहेका हुन्थे : माक्र्सवादले वर्गीय चेतना, वैज्ञानिक राजनीतिक विश्लेषण र राज्यसत्ताको चरित्रबारे आधारभूत ज्ञान जनतालाई दियो । यदि यो विकास नहुँदो हो भने राजनीति पूर्णरूपमा भावनात्मक, अन्धभक्ति, जात, धर्म, भीड–मनोविज्ञान र प्रचारमा चल्थ्यो ।
जनता कसले शासन गरिरहेछ र किन गरिरहेछ भनेर बुझ्नै सक्दैनथे । प्रतिक्रियावादी नेता, करिश्मा–भक्त जमात र धार्मिक उन्मादले सजिलै राज्य कब्जा गर्न सक्थे ।
टेलिभिजन, सोसल–मिडिया र प्रचार–यन्त्रले जनतालाई झनै मूर्ख बनाउने थियो–कार्यकर्ता होइन, तमासे ।
माक्र्सवादले ‘सत्ताको वर्गीय चरित्र’ र ‘आर्थिक आधारले राजनीति निर्धारण गर्छ’ भन्ने सत्य स्थापित ग¥यो । यदि यो वर्गीय दृष्टि नहुँदो हो भने जनता अझै शासनको खेलमा ‘दर्शक’ मात्र हुने थिए, ‘निर्णायक शक्ति’ होइन ।
पुँजीवादी शोषणलाई रोक्ने शक्ति हुँदैनथ्यो : माक्र्सवादी दर्शनले पुँजीवादको भित्री चरित्र–श्रमको शोषण, नाफाकेन्द्रित उत्पादन, असमानता र श्रमिक दमन–पहिलोपटक यान्त्रिक होइन, वैज्ञानिक विश्लेषणद्वारा उदाङ्गो पारेको थियो । यदि माक्र्सवाद थिएन भने आज श्रमिक अधिकार, सङ्गठन, न्यूनतम ज्याला, कामको समय, बीमा, सुरक्षा, बालश्रम निषेध–यी सबै अस्तित्वमै आउँदैनथे ।
पुँजीपतिवर्गले कुनै नैतिक दायित्व वा मानवीय करुणाले सुधार गरेको होइन† कामदारवर्गको सङ्घर्षले मात्रै सुधार सम्भव भएको हो ।
माक्र्सवादबिना शोषण खुला र वैध हुने थियो – १२–१८ घण्टे काम, असुरक्षित कारखाना, मजदुरको जीवन मूल्य शून्य ।
राज्य पनि पुँजीवादी हितका लागि मात्र चल्ने थियो, किनकि त्यसलाई चुनौती दिने वैचारिक–राजनीतिक शक्ति नै हुँदैनथ्यो ।
श्रमिक–किसानवर्ग राजनीतिकरूपमा अस्तित्वहीन बन्थे, समाज सम्पूर्ण रूपमा ‘नाफा र स्वामित्व’ को हातमा बन्दी रहन्थ्यो ।
उपनिवेशवाद र साम्राज्यवाद अझै बलियो भइरहन्थ्यो : विश्वभरका मुक्तिको आन्दोलन–एसिया, अफ्रिका, ल्याटिन अमेरिका–माक्र्सवादी सिद्धान्तबाट प्रेरित थिए । यसले उपनिवेशवादलाई आर्थिक–राजनीतिक संरचनाको शोषण प्रणाली भनेर व्याख्या ग¥यो । यदि यो चेतना नहुँदो हो भने उपनिवेशित राष्ट्रहरू टुक्राटुक्रा, असङ्गठित र वैचारिक रूपमा कमजोर रहन्थे ।
बेलायत, फ्रान्स, पोर्चुगल, बेल्जियम, जापानजस्ता साम्राज्यवादी शक्तिहरू अझै विशाल भू–भाग र जनतालाई नियन्त्रणमा राख्न सक्थे ।
स्वतन्त्रताको आन्दोलन भावनामा सीमित हुन्थ्यो – दिशाहीन, रणनीतिविहीन र नेतृत्वविहीन ।
माक्र्सवादी विश्लेषणले देखायो – साम्राज्यवाद पुँजीवादको उच्चतम चरण हो । यो बुझाइबिना उपनिवेशवादविरुद्धको सङ्घर्ष आधा–अधुरो रहन्थ्यो ।
आज विश्व राजनीति एकध्रुवीय साम्राज्यवादी नियन्त्रणमा झनै कठोर हुने थियो र ‘स्वतन्त्रता’ धेरै देशका लागि अझै सपना मात्र हुने सम्भावना थियो ।
नारी, दलित र पहिचानको आन्दोलन कमजोर हुने थिए ः माक्र्सवादी दृष्टिकोणले लैङ्गिकता, जात र पहिचानको उत्पीडनलाई आर्थिक संरचना, श्रम विभाजन र उत्पादन सम्बन्धसँग जोडेर वैज्ञानिक व्याख्या ग¥यो । यदि यो वैचारिक आधार नभएको भए –
महिलामाथिको विभेदलाई ‘जैविक’, ‘धार्मिक’ र ‘परम्परागत’ भनेर अझै वैधता दिइन्थ्यो ।
दलित वा निम्न जातिका मानिसहरूको उत्पीडनलाई ‘भाग्य’ वा ‘कर्म’ मानिन्थ्यो ।
समानता, न्याय र मानव–मुक्तिको विचार नै कमजोर हुन्थ्यो ।
नारीवाद, दलित आन्दोलन, जात–वर्ग आधारित राजनीतिक चेतना–यी सबै सतही नै रहन्थे ।
माक्र्सवादले आर्थिक शोषण, श्रम विभाजन र शक्ति सम्बन्धलाई खोलिदियो, “समाजको अधिरचना आर्थिक आधारबाट जन्मिन्छ ।”
यो विश्लेषणबिना सामाजिक न्यायका आन्दोलनहरू भावना, पहिचान र टुक्राटुक्रा प्रतिरोधमा सीमित हुनसक्थे, परिवर्तनकारी शक्ति बन्न सक्दैनथे ।
कल्याणकारी राज्य र सामाजिक सुरक्षा जन्मिदैनथ्यो ः दोस्रो विश्वयुद्धपछि युरोपमा बनेका कल्याणकारी राज्य–निःशुल्क स्वास्थ्य, सार्वजनिक शिक्षा, बेरोजगारी भत्ता, वृद्धभत्ता, सामाजिक सुरक्षा–यी सबै समाजवाद र माक्र्सवादी आन्दोलनको दबाबको प्रत्यक्ष परिणाम हुन् ।
माक्र्सवादबिना पुँजीवादी राज्यहरूले यी संरचना बनाउनुपर्ने कुनै कारण थिएन । किनभने, पुँजीवादको मूल लक्ष्य नाफा हो, सामाजिक सुरक्षा होइन ।
यदि माक्र्सवादी दबाब थिएन भने – बेरोजगार, बिरामी, वृद्ध, गरीब–सबैलाई बजारले पेल्थ्यो ।
स्वास्थ्य र शिक्षा पूर्ण रूपमा निजी क्षेत्रमा सीमित हुन्थ्यो ।
वर्गीय असमानता नैतिक बहसको विषय बन्ने नै थियो ।
आजको सामाजिक–लोकतन्त्र र मानव–केन्द्रित नीतिहरू असम्भव हुन्थे ।
समाजमा ‘नागरिक’ होइन, ‘ग्राहक’ मात्रै पैदा हुन्थे ।
आलोचनात्मक सोच, साहित्य र सामाजिक विज्ञान अँध्यारोमै थुनिन्थ्यो : माक्र्सवादले इतिहास, संस्कृति, साहित्य, राजनीति, अर्थशास्त्र–सबैलाई आलोचनात्मक दृष्टिकोणबाट पुनःव्याख्या गर्ने परम्परा जन्मायो । यो नहुँदो हो भने –
इतिहास राजा–राणाहरूको महिमाको कथा मात्रै हुन्थ्यो ।
साहित्य शासकवर्गको चाप्लुसीमा, चमत्कारवादी कथामा वा भक्ति–भजनमा सीमित हुन्थ्यो ।
सामाजिक विज्ञान शक्तिको संरचना, वर्गीय सम्बन्ध र शोषणको विश्लेषण गर्न सक्दैनथ्यो ।
समाजको रूपान्तरण ‘दैवी शक्ति’ वा ‘नेताको करिश्मा’ मा मात्र निर्भर हुन्थ्यो ।
माक्र्सवादले आलोचनात्मक चेतना, तर्कशीलता, वैज्ञानिक विश्लेषण र परिवर्तनकारी दृष्टिकोणलाई संस्थागत बनायो ।
यो बिना मानव सभ्यता बुझ्ने हाम्रो क्षमता आधा–अधुरो, सतही र भ्रमप्रेरित हुने थियो ।
Leave a Reply