विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
भेन्डरभेल्डले उनको पत्रलाई हामीले चाहेअनुसार उपयोग गर्न सक्ने स्वीकृति दिएका थिए । अर्को शब्दमा उनको पत्रलाई तर्क बनाएर हामीले युद्धविरुद्ध हाम्रो सङ्घर्ष बन्द गर्न सकिने उनको प्रस्ताव थियो ।
निश्चय नै हाम्रो जवाफ एउटै हुने थियो । मजदुरवर्गको प्रमुख र कठोरतम शत्रु जारशाहीसँग मिलेर शान्तिको कुरा गर्न सम्भव थिएन । अर्कोतर्फ युद्धमा आमनेसामने बसेका फौजीहरूबिच मजदुरका कोही शत्रु थिएनन् । दुवैतर्फ मजदुरका शत्रु आफ्नै शिविरभित्र थिए । राष्ट्रभित्रका पुँजीपतिहरू नै शत्रु थिए । हतियारलाई तिनैविरुद्ध ताक्नुपर्ने थियो । राजाका मन्त्री भेन्डरभेल्डको अपिलमा क्रान्तिकारी सर्वहाराहरूको पार्टीले दिने जवाफ योबाहेक अर्को हुनसक्दैनथ्यो ।
सुरु सुरुमा मेन्शेभिकहरू पनि यो दृष्टिकोण राख्न विवश थिए । जुलाई २६ गते सदनमा वाचन गरिएको संयुक्त वक्तव्यमा मेन्शेभिकहरूले युद्धलाई समर्थन गर्न अस्वीकार गरे र सरकारसँग कुनै सम्झौता हुन सक्दैन भने । तर, पश्चिम युरोपका अवसरवादीहरूको विचारले उनीहरू धर्मराउन थाले । यसपछि उनीहरूले आफ्नो विचार बदले र उनीहरू सामाजिक देशभक्ति वा प्रतिरक्षावादको भासमा डुबे ।
कतिपय मेन्शेभिकहरूले रुसको अन्तिम विजयको समर्थन गरे । उनीहरूले युद्ध ऋणविरुद्ध मत दिनु र युद्धको विरोध गर्नु गलत हो भन्थे । भेन्डरभेल्डको सन्देशले गर्दा मेन्शेभिक समूहभित्र के कस्तो जवाफ दिने भन्ने सम्बन्धमा घमासान बहस पैदा भयो । अन्तिम जवाफको खेस्रामा उनीहरूले युद्धको विरोध गर्ने नीति परित्याग गरे र जारशाहीले भोगिरहेका कठिनाइहरू उल्लेख गर्दै लेखे, “यति हुँदाहुँदै पनि युरोपेली द्वन्द्वको अन्तर्राष्ट्रिय महत्व र उन्नत देशहरूका समाजवादीहरू त्यसमा सहभागी भइरहेको तथ्य (जसले गर्दा अन्तर्राष्ट्रिय समाजवादको हितमा यसको समाधान निस्किने आशा पलाएको छ) लाई ध्यानमा राख्दै हामी रुसमा युद्धको विरोध गर्नेछैनौँ ।”
निरङ्कुश रोमानोभ राजवंश कति बर्बर र तिरस्कारी थियो भने मेन्शेभिकहरूले सरकारप्रतिको आफ्नो समर्थन खुलेर घोषणा पनि गर्न सकेनन् । तर, भेन्डरभेल्डलाई दिइएको जवाफ समर्थन बराबर थियो । युद्धको विरोध नगर्ने मेन्शेभिक निर्णय सरकारविरुद्ध क्रान्तिकारी सङ्घर्षको अन्तिम तिलाञ्जली थियो । उनीहरूले मजदुरवर्गलाई जारशाहीको दयामायामा चढाउने निधो गरे ।
बोल्शेभिक समूहले पनि भेन्डरभेल्डलाई जवाफको खेस्रा ग¥यो । युद्धमा मजदुरवर्गका अभिभाराबारे हाम्रो विचारको चर्चा थियो त्यसमा । सेप्टेम्बर महिनाको अन्त्यतिर फिनल्यान्डमा बसेको हाम्रो संसदीय समूह र पार्टी सदस्यहरूको भेलामा त्यो खेस्रा बुझाइयो । भेला कामेनेभको घरमा भएको थियो ।
विस्तृत छलफलपछि समूहले खेस्रा गरेको पाठ सदर भयो । युद्धको समर्थन गर्ने र सरकारविरुद्ध सङ्घर्ष बन्द गर्ने सुझावलाई हाम्रो जवाफमा ठाडै अस्वीकार गरियो । खण्डनमा हामीले युद्धका कारण पैदा भएको सङ्कटलाई उपयोग गर्दै क्रान्तिलाई अघि बढाउनु नै पार्टीको अभिभारा भएको लेख्यौँ । रुसको जारशाहीले सैन्य विजय प्राप्त गरे स्वेच्छाचारी सत्ता झन् बलियो हुने थियो र अन्तर्राष्ट्रिय लोकतन्त्रको लागि त्यो सबैभन्दा ठुलो तगारो र खतरा बन्ने थियो । हामीले लेख्यौँ, “कुनै पनि हालतमा रुसका सर्वहाराहरूले सरकारसँग सहकार्य गर्न सक्दैनन् । न तिनले अस्थायी सम्झौताको आह्वान गर्न सक्छन् न कुनै समर्थन दिन सक्छन् । यो निस्क्रिय बन्ने सवाल होइन । बरु, हाम्रो विचारमा सन् १९०५ का क्रान्तिकारी दिनहरूमा रुसको मजदुरवर्गले अगाडि बढाएका र समर्थन जनाएका मागहरूको आधारमा राजशाहीविरुद्ध कठोर सङ्घर्ष चलाउनु नै हाम्रो सबैभन्दा टड्कारो कार्यभार हो भन्ठान्छौँ । गत दुई वर्षमा रुसका मजदुरहरूले चलाएको ठुलो राजनीतिक आन्दोलनमा यी मागले व्यापक समर्थन हासिल गरेका छन् । लाखौँ मजदुर र किसान संलग्न यस युद्धका दौरानमा सर्वहारा जनताका वर्गीय सङ्गठन तथा प्रजातन्त्रका हिमायती जनतालाई अझ विकसित र सबल पार्दै युद्धले ल्याउने कठिनाइविरुद्ध जुध्नुका साथै युद्ध सङ्कटको उपयोग गर्दै सन् १९०५ को अधुरो कार्यलाई सफलीभूत पार्न जनतालाई तम्तयार पार्नु नै हाम्रो कार्यभार हो । आफ्नो सन्देशमा हजुरले जुन लोकतन्त्रलाई समर्थन गर्न भन्नुभएको छ, त्यसका लागि यति बेला हामी संविधानसभाको माग गर्छौँ ।… रुसको मजदुरवर्ग, विश्व लोकतन्त्र र इन्टरनेसनलको अभीष्टको सेवा गर्ने एकमात्र तरिका यही हो । यसले निकट भविष्यमा अह्म भूमिका खेल्नेमा हामी विश्वस्त छौँ । यो भयानक युद्धका परिणामको लेखाजोखा निकालेपछि जनताको पिछडिएको तप्काको आँखा खुल्नेछ । उनीहरू सैन्यवाद र पुँजीवादका यातनाहरूबाट मुक्ति खोज्न बाध्य हुनेछन् । तब हाम्रो साझा समाजवादी आदर्शलाई साकार पार्नु नै एकमात्र सम्भव बाटो बन्नेछ ।”
केन्द्रीय समितिले हस्ताक्षर गरेको यो जवाफको पूर्ण पाठ ‘सोसियल–डेमोक्राट’ को नोभेम्बर अङ्क (नं. ३३) मा प्रकाशित भयो ।
भेन्डरभेल्डलाई जवाफ टुङ्गो लगाउनुका साथै भेलामा पार्टी जीवनका समसामयिक सवालहरूको पनि छिनोफानो गरियो । अर्को युद्धविरोधी पर्चा जारी गर्ने निधो गरियो । (यो पर्चा अक्टोबरको आरम्भमा प्रकाशित भएको थियो ।) त्यस्तै, देशव्यापी सम्मेलनको मोटामोटी मिति तय भयो । युद्धसम्बन्धी हाम्रो पार्टीको नीतिलाई सम्मेलनको प्रमुख मुद्दा बनाउने प्रस्ताव आयो ।
लेनिनले लेख्नुभएको ‘युद्धसम्बन्धी थेसिस’ अब रुस पुगिसकेको थियो । यसलाई छलफलको आधार बनाउनुपर्ने थियो । यो थेसिस सन् १९१४ को अगस्तमा लेखिएको थियो । यसले पहिलोपल्ट युद्धबारे बोल्शेभिक केन्द्रीय समितिको नीति परिभाषित ग¥यो । लेनिनले लेख्नुभयो, “मजदुरवर्ग तथा रुसका सम्पूर्ण कामदार जनताका दृष्टिबाट हेर्दा जारशाही सेना र जारशाही स्वेच्छाचारको पराजय धेरै अर्थमा कम हानिकारक हुनेछ ।”
थेसिसको सातौँ र अन्तिम बुँदाले पार्टी गतिविधिका लागि निम्न नाराहरू अघि सा¥यो, “पहिलो, समाजवादी क्रान्तिका निम्ति सबैलाई समेट्ने प्रचारप्रसार सेना र सैन्य क्रियाकलाप भइरहेको क्षेत्रसम्म विस्तार गर्नुपर्छ । हतियारलाई अन्य देशका ज्याला–दास भाइबन्धुका विरुद्ध होइन बरु सम्पूर्ण देशका पुँजीवादी सरकार र राजनीतिक दलहरूको प्रतिक्रियावादविरुद्ध लक्षित गर्नुपर्छ । सबै भाषामा उपरोक्त प्रचारप्रसार गर्न तत्कालै सम्पूर्ण जातजातिका फौजभित्र गैरकानुनी समूह वा सङ्गठन बनाउन आवश्यक छ । कसैलाई बाँकी नछोडी सम्पूर्ण देशका कुपमण्डुक र पुँजीपतिहरूको बडाराष्ट्र अहङ्कारवाद र देशभक्तिविरुद्ध निर्मम सङ्घर्ष चलाउनुपर्छ । समाजवादलाई धोका दिने वर्तमान इन्टरनेसनलका नेताहरूविरुद्ध युद्धले आक्रान्त र कतिपय अवस्थामा बडाराष्ट्र अहङ्कारवाद र अवसरवादप्रति आक्रोशित मजदुर जनताको क्रान्तिकारी चेतना बढाउने हिसाबले अपिल गर्न जरुरी छ ।”
यिनै अवधारणाले केन्द्रीय समितिले पार्टी मुखपत्र ‘सोसियल डेमोक्राट’ को ३३ औँ अङ्कमा प्रकाशित गरेको घोषणापत्रको आधार तयार पारेका थिए । (यो अङ्क युद्ध सुरु भएपछिको पहिलो अङ्क थियो ।) यो घोषणापत्रले साम्राज्यवादी युद्धको सक्कली अर्थ र इन्टरनेसनलका नेताहरूको गद्दारी दुवै उदाङ्गो पारिदियो । यसले रुसका सामाजिक जनवादीहरूको युद्धविरोधी अडानलाई यसरी व्याख्या ग¥यो, “हाम्रो दल रुसी सामाजिक जनवादी मजदुर पार्टीले धेरै क्षति व्यहोरेको छ र युद्धका कारण आगामी दिनमा झन् ठुलो क्षति भोग्नेछ । हाम्रा सम्पूर्ण मजदुरहरूको कानुनी प्रेस नष्ट गरियो । हाम्रा धेरैजसो ट्रेड युनियन विघटित गरियो । हाम्रा धेरै कामरेडलाई जेल र निर्वासनमा पठाइयो । तर, संसद्को हाम्रो रुसी सामाजिक जनवादी मजदुर समूहले युद्ध ऋणमा मतदान नगर्नुलाई आफ्नो निर्विवाद समाजवादी कर्तव्य ठान्यो । आफ्नो विरोधलाई जोडदार रूप दिन समूहका हाम्रा प्रतिनिधिहरू बैठक कक्षबाटै बाहिरिनुभयो । युरोपेली सरकारहरूको राजनीतिलाई साम्राज्यवादी भन्नुलाई उहाँहरूले आफ्नो जिम्मेवारी मान्नुभयो । जारशाही सरकारको दमन दसौँ गुना बढेपछि रुसका हाम्रा मजदुर कामरेडहरूले युद्धविरुद्ध गैरकानुनी अपिलहरू प्रकाशित गर्दै हुनुहुन्छ, लोकतन्त्र र इन्टरनेसनलको दायित्व वहन गर्दै हुनुहुन्छ ।”
यसपछि घोषणापत्रमा लेखियो, “वर्तमान साम्राज्यवादी युद्धलाई गृहयुद्धमा फेर्नु नै एकमात्र सही सर्वहारा नारा हो । (पेरिस) कम्युनको अनुभवले यही भन्छ । यसको खाका बास्ले सङ्कल्प (सन् १९१२) ले कोरेको थियो । अति विकसित पुँजीवादी देशहरूबिच हुने साम्राज्यवादी युद्धको समग्र अवस्थाबाट यही नतिजा निस्किन्छ ।”
लेनिनको थेसिस र केन्द्रीय समितिको घोषणापत्रले युद्धको थालनीदेखि नै रुसमा हामीले अपनाइरहेको नीतिलाई सही साबित गरे । साथै, तिनले ‘पराजयवाद’ को सटिक र स्पष्ट अवधारणाले त्यो नीतिलाई सुदृढ पारे । बोल्शेभिकहरूको युद्धविरोधी कार्यक्रमलाई पछिका वर्षहरूमा यही ‘पराजयवाद’ भन्न थालियो ।
ठुलो दुःखकष्ट गरेर र घुमाउरो बाटो हुँदै यी दस्ताबेजहरू विदेशबाट हामीकहाँ आइपुग्दा सुरुमा हामीले स्थानीय सङ्घसङ्गठनका प्रतिनिधिहरूलाई त्यसको जानकारी दिनुपथ्र्यो । अनि यिनै प्रतिनिधिहरूसँग मिलेर हामीले व्यवहारमा ती नारालाई कसरी लागु गर्ने भन्ने विषयमा ठोस कार्ययोजना तयार गथ्र्यौँ । सन् १९१४ को नोभेम्बरमा हाम्रो संसदीय समूहले आयोजना गरेको पार्टी भेलाको मूल उद्देश्य यही थियो ।
युद्धले गर्दा क्रान्तिकारी आन्दोलनबाट फैलिएको निराशालाई चिर्न यो भेलाले उपाय निकाल्ने तय भएको थियो । मजदुर सङ्घसङ्गठनहरू ध्वस्त पारिएका थिए । थप बल प्रयोगका कारण प्रतिक्रियावादीहरूको आतङ्की युद्ध झन्झन् चरमचुलीमा पुग्दै थियो । यस्तो स्थितिमा पार्टी सङ्गठनको पुनर्निर्माण गर्न प्रचण्ड उत्साह र निरन्तरको प्रयास चाहिन्थ्यो । प्राविधिक साधन पनि हुनुपथ्र्यो । पार्टी गतिविधिसम्बन्धी यी यावत प्रश्नहरू नै भेलाका मूल मुद्दा बने । भेलामा केन्द्र र स्थानीय सङ्गठनहरूबिचको सम्पर्क बढाउने, सेनामा पार्टी समितिको निर्माण गर्ने, गैरकानुनी छापाखानाको बन्दोबस्त गर्ने, अखबार प्रकाशन गर्ने, विदेशमा रहेका सङ्गठनसँग सम्पर्क स्थापित गर्ने, वित्तको चाँजो मिलाउने आदि विषयमा छलफल हुने थियो ।
ठुलो सावधानी र कडा गोप्यता कायम गर्दै हामीले भेलाको तयारी ग¥यौँ । सबै महत्वपूर्ण औद्योगिक केन्द्रका प्रतिनिधिहरू निर्वाचित गर्ने व्यवस्था मिलाउन संसदीय समूहका सांसदहरूले विभिन्न जिल्लाको भ्रमण गरे । आवश्यक जानकारीका लागि प्रतिनिधिहरूलाई सेन्ट पिटर्सबर्गका विभिन्न गुप्त भेटघाट स्थलको ठेगाना दिइयो । प्रहरीलाई सुइँको नदिन प्रतिनिधिहरूले भेलाको दिनसम्मै सांसदहरूलाई भेटेनन् ।
सुरुमा त्यो भेला फिनल्यान्डमा गर्ने तय भएको थियो । तर, पछि सेन्ट पिटर्सबर्गनजिकै पर्ने ओज्योर्कीलाई उपयुक्त मान्यौँ । हिउँदमा त्यहाँका धेरैजसो घरमा मान्छे हुँदैनथे । भिबोर्ग सडक नं. २८ मा गाभ्रिलोभ नाउँका कारखानाका कारिन्दा बस्थे । उनकी पत्नीले हामीलाई आफ्नो घर प्रयोग गर्न दिइन् । त्यो घर मूल बस्तीबाट अलि अलग्गै थियो । ओज्योर्की सुगम जिल्ला थियो किनभने त्यहाँ ट्राम र रेल दुवैबाट पुग्न सकिन्थ्यो । स्टेसनहरू पनि गार्भिलोभको घरबाट उतिसारो टाढा थिएनन् ।
केही प्रतिनिधिहरू सेन्ट पिटर्सबर्गमा आइपुगेपछि भेलाको मिति तोकियो । अनेक बाटो प्रयोग गर्दै हामी पालैपालो ओज्योर्की पुग्यौँ । एकाबिहानै घरबाट निस्केर म उल्टो दिशातिर हिँडेँ । नेभा नदीनजिकै गुप्तचरहरूको आँखा छलेपछि म डुङ्गामा चढेँ र नदीपारि पुगेँ । गुप्तचरबाट पिण्ड छुटाउने यो बडो गजबको काइदा थियो किनभने तुरुन्तै अर्को डुङ्गा पाउन मुश्किल थियो । नदीपारि पटकपटक दिशा परिवर्तन गरेपछि म भेला हुने गाउँमा पुगेँ ।
भेलामा आउने अरू सदस्यहरूले पनि यस्तै तरिका अपनाएका थिए । एउटा सानो कोठामा हाम्रो संसदीय समूहका पेत्रोभ्स्की, मुरानोभ, सामोइलोभ, शागोभ र म थियौँ भने विभिन्न जिल्लाका प्रतिनिधिको रूपमा तनोभो–भोज्नेसेन्स्कका एम भोरोनिन, खार्कोभका एनएन याकोभ्लेभ, रिगाका लिन्दे र सेन्ट पिटर्सबर्गका दुई प्रतिनिधि थिए । ती दुईजना थिए – सेन्ट पिटर्सबर्ग समितिका कार्यकारी सदस्य एन एन्तिपोभ तथा पुतिलोभ कारखानाका मजदुर र बीमा बोर्डका सदस्य आइ कोज्लोभ । भोलिपल्ट फिनल्यान्डबाट कामेनेभ आउने तय भएको थियो । धेरैजसो प्रतिनिधि उपस्थित हुन सकेनन् । तीमध्ये कसेससका अलेक्सेइ जापारिद्जे सेन्ट पिटर्सबर्गमा रेल स्टेसनबाट निस्किने बेला प्रहरीको हातमा परे । अरूलाई तिनै सहरमा प्रहरीले रोक्यो ।
भेला नोभेम्बर २ गते साँझपख सुरु भयो । सबै प्रतिनिधिले आ–आफ्ना जिल्लाको अवस्थाबारे प्रतिवेदन वाचन गरे । उनीहरूले पार्टी सङ्गठनको अवस्था, पार्टी गतिविधिमा भएको प्रगति र खासगरी युद्धलाई लिएर मजदुरहरूका भावनाबारे चर्चा गरे । पार्टी समितिका साथै कानुनी सङ्गठनहरूमा ठुलो क्षति पुगेको थियो । हाम्रो पार्टी अर्थात् सर्वहारा जनताको मार्गदर्शक र अगुवा आधा ध्वस्त थियो । तैपनि, भित्री कङ्काल बचेको थियो । केही पार्टी गतिविधि अझै पनि चालु थियो । त्यसलाई विस्तार गर्ने प्रश्न संसदीय समूहलाई जोगाउने सवालसँग जोडिएको थियो । किनभने, हाम्रो समूहले समग्र सङ्गठनको केन्द्र वा मियोको रूपमा काम गर्दै थियो ।
प्रस्तुत प्रतिवेदनहरूको आधारमा केही निर्णय गरियो । यसलाई याकोभ्लेभले लिखतमा उतारे । उनी भेलाका सचिव थिए ।
भेलाले अब विद्यार्थीलाई सम्बोधन गर्दै पर्चा प्रकाशन गर्ने विषयमा छलफल ग¥यो । खानी, प्रविधि, मेडिकल र कृषि संस्थानमा क्रियाशील बोल्शेभिक समूहहरूको संयुक्त समिति गठन भएको थियो । यसले पर्याप्त गतिविधि गर्दै थियो । तिनको काममा टेवा दिने हिसाबले हामीले पर्चा जारी गर्नुपर्ने निर्णय ग¥यौँ ।
सेन्ट पिटर्सबर्गमा जारी गरिने पार्चालाई प्रायः केन्द्रीय समितिको ब्युरो वा सेन्ट पिटर्सबर्ग समितिले अनुमोदन गथ्र्यो । तर, प्राविधिक कारणले यसपालि त्यो सम्भव भएन । पार्टी सदस्यहरूको एउटा सानो समूहले अनुमोदन गरेको खेस्रा मैले सिधै छापाखानामा काम गर्ने साथीहरूलाई दिएँ ।
युद्धविरोधी घोषणा महत्वपूर्ण हुने देखेर मैले छलफलका लागि त्यो पर्चा भेलामा राखेँ । पर्चाउपर छलफल भयो र भेलाले त्यसलाई अनुमोदन ग¥यो । विद्यार्थीहरूलाई सम्बोधन गरिएको त्यो पर्चाले युद्धप्रतिको हाम्रो नीतिमा सङ्गति देखायो । सुरुसुरुमा छापिएका पर्चाहरूमा सामान्य युद्धविरोधी नारा मात्र थिए । अब हामी विस्तारै विस्तृत विश्लेषण र ठोस निष्कर्षयुक्त पर्चा छाप्दै थियौँ ।
भेलाको दोस्रो दिनको मुख्य प्रश्न युद्धसम्बन्धी पार्टीको धारणा थियो । कामरेड कामेनेभले छलफल सुरु गर्नुभयो । युद्धसम्बन्धी केन्द्रीय समितिको नीतिको आधार लेनिनको थेसिस थियो । युद्ध सुरु भएपछि रुसमा हामीले अख्तियार गरेको नीति पनि केन्द्रको नीतिसँग मिल्यो । यसले हाम्रा गतिविधिको सटिकता नै साबित ग¥यो । लेनिनको अझ सटिक र स्पष्ट अवधारणाले युद्धविरोधी आधार तय गर्ने अभिभारा पूरा गरेको थियो । त्यो आधारलाई कसरी व्यवहारमा मूर्त रूप दिने र देशैभरि व्यापक प्रचारमा लग्ने भनी कार्ययोजना तय गर्नु नै अबको हाम्रो जिम्मेवारी थियो ।
थेसिसबारे व्यवस्थित रूपमा छलफल सुरु भयो । एकएक बुँदाको चर्चा भयो । बहसमा भाग लिने सम्पूर्ण प्रतिनिधिले केही औपचारिक परिमार्जन गर्नुपर्ने राय राखे । तर, मूल सिद्धान्तमा कसैले प्रश्न उठाएन । यसपछि कसरी युद्धविरोधी प्रचारप्रसार गर्ने भन्ने सम्बन्धमा व्यवहारिक सुझावमा छलफल केन्द्रित भयो । भेलाले आफ्नो काम पूरा गर्नुभन्दा अगावै एकाएक कोठामा प्रहरी घुस्यो र उपस्थित सबैलाई गिरफ्तार ग¥यो ।
Leave a Reply