भर्खरै :

प्रभातमा शैक्षिक प्रदर्शनी विद्यार्थीलाई देशभक्त र सुसंस्कृत बनाउनु जरुरी

प्रभातमा शैक्षिक प्रदर्शनी विद्यार्थीलाई देशभक्त र सुसंस्कृत बनाउनु जरुरी

भक्तपुर, ३ पुस । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलमा अध्ययनरत कक्षा ६ र ७ का विद्यार्थीहरूको सृजनशीलताका साथै शैक्षिक प्रदर्शनी कार्यक्रम विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी, शिक्षक–शिक्षिका र अभिभावकहरूको सहभागितामा बिहीबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले विद्यार्थीहरूको सृजनशीलताको विषयगत प्रदर्शनी विद्यार्थीको विचारको प्रदर्शनी भएको बताउनुभयो ।
उहाँले विद्यार्थीहरूले पढेलेखेका कुरा अरूलाई निर्धक्क भएर अन्तरक्रियात्मक ढङ्गबाट सहजै बुझाउन सक्ने भएको खण्डमा शिक्षकको सिकाइले विद्यार्थीहरूले सार्थकता पाउने स्पष्ट पार्नुभयो ।
उहाँले ६/७ कक्षाका विद्यार्थीलाई पर्याप्त निद्रा, पोषणयुक्त खाना र शारीरिक व्यायाम जरुरी हुने भएकोले विद्यालय र अभिभावकहरू यसबारे सचेत हुनुपर्ने औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीहरुलाई विषयवस्तुमा दक्ष बनाउनुको साथै देशभक्त र सुसंस्कृत बनाउन जरुरी छ ।”
विद्यालयको शैक्षिक प्रदर्शनी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मीभक्त बासुकला, प्राचार्य बदनकेशरी प्रजापति, साहित्यिक प्रशिक्षक दीनानाथ पौडेल, देवना जोशी र अनिता देशेमरुलगायतले बोल्नुभएको थियो ।
गणेश मावि भार्वाचो, शारदा मावि र गणेश मावि छालिङका विद्यार्थीहरू अवलोकनमा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *