संसारका शान्तिप्रिय र न्यायप्रेमी जनताद्वारा अमेरिकी साम्राज्यवादको विरोध
- फाल्गुन १४, २०८२
भक्तपुर, ६ पुस । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा वडा नं. १ एकाइ समितिको आयोजनामा शनिबार बधाई ज्ञापन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
विसं २०७७ देखि ०८२ सम्म प्रवीणता प्रमाणपत्र, दस जोड दुई, स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गरिएको सो कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले उच्च शिक्षा अध्ययन गरिसकेपछि देश र जनताको निःस्वार्थ सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
चिनियाँ क्रान्तिको बेला माओ त्सेतुङसँग अन्तर्वार्ता लिएका अमेरिकी पत्रकार अन्ना लाउस स्ट्रङले गरेको योगदानको चर्चा गर्दै उहाँले नयाँ पुस्ताले संसारका राम्रा राम्रा व्यक्तित्वहरूको जीवनी अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशमा आमूल परिवर्तनको लागि कामदारवर्गका जनता नै सचेत र सङ्गठित भई उठ्नुपर्ने कुरामा जोड दिँदै उहाँले देशलाई आत्मनिर्भर बनाउनेतर्फ सरकारको ध्यान नगएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
समाजमा व्याप्त कुरीति र अन्धविश्वासको चिरफार गर्दै जानुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले विद्यार्थीहरू अध्ययनशील, मेहनती हुनुपर्ने, अतिरिक्त क्रियाकलापमा पनि अग्रसर हुनुपर्ने बताउनुभयो ।
नेमकिपाले पहिलेदेखि भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै आएको उल्लेख गर्दै सचिव सुवालले भ्रष्टाचारीहरूमाथि कडा कारबाही हुनुपर्छ भन्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यार्थीहरूले अध्ययनसँगसँगै खेलकुदलाई पनि लान सके स्वस्थ रहन सक्ने भएकोले भनपाले हरेक वर्ष खेलकुद प्रतियोगिता गर्दै आइरहेको बताउनुभयो ।
वडामा भएका विभिन्न विकास निर्माणका कार्यहरूबारे जानकारी गराउँदै उहाँले नगरवासीको सहयोगकै कारण भक्तपुुर नगरपालिकाको गतिविधि अरू स्थानीय तहको लागि उदाहरणीय बन्दै आएको छ भन्नुभयो ।
नेमकिपा भनपा वडा नं. १ एकाइ समितिका अध्यक्ष कृष्णबहादुर दुगुजुले नेमकिपाले स्थापना कालदेखि नै कामदारवर्गलाई शासकवर्गमा पु¥याउने उद्देश्यअनुसार जनतालाई सचेत र शिक्षित गर्दै आइरहेको छ भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ २४ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक विलम सुवाल, नेक्राविसङ्घ भनसका अध्यक्ष मनिष गोरा, आयोजक समितिका सुसन किलम्बु, रोनिता किलम्बु र कृता कोजुले पनि बोल्नुभएको थियो ।
राज श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रवीणता प्रमाणपत्र तहका ९५, स्नातक तहका ३०, स्नातकोत्तर तहका २०, एमफिलका २ र विद्यावारिधिका १ जना गरी १४८ जनालाई सम्मान गरिएको थियो ।
Leave a Reply