चाँगुनारायण मन्दिर संरक्षणमा चुनौती
- आश्विन २, २०८३
भक्तपुर, २ असोज । विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ख्वप कलेजको आयोजनामा गत पुस २७ देखि ३० गतेसम्म भएको ‘भर्मिकम्पोस्ट’ तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले तालिम समय सापेक्ष रहेको उल्लेख गर्दै नगरको सफाइमा तालिमबाट सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नगरमा दैनिक ३० टन फोहोर उठ्ने गरेको र त्यसमध्ये ७० प्रतिशत कुहिने फोहर भएकोले उक्त कुहिने फोहरबाट प्राङ्गारिक मल बनाई नगरपालिकाले सस्तो मूल्यमा कृषकहरूलाई वितरण गरिरहेको छ, उहाँले भन्नुभयो ।
कुहिने र नकुहिने फोहर छुट्याई विसर्जन गर्ने बानी बसाल्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले फोहरलाई पनि आम्दानीयोग्य बनाउन सके फोहरबाट उत्पन्न हुने समस्या समाधान हुनेछ भन्नुभयो ।
चुनौती र विपद्लाई अवसरको रूपमा परिवर्तन गर्नु जरूरी भएको उहाँले बताउनुभयो ।
ख्वप कलेजको प्राचार्य प्रकाशकुमार श्रेष्ठले कलेजले समुदाय लक्षित कार्यक्रम गरिरहेको जानकारी गराउँदै भर्मिकम्पोस्ट तालिम पनि त्यसैको सिलसिला रहेको बताउनुभयो ।
तालिमका संयोजक मीरा प्रजापतिले तालिमको उपादेयताबारे चर्चा गर्नुभएको उक्त कार्यक्रममा तालिममा आबद्ध विद्यार्थी गुम पौडेल, प्रशिक्षार्थी राधेश्याम सुवालले पनि बोल्नुभएको थियो ।
उक्त तालिममा भक्तपुर नगरपालिका वडा नं. १ देखि १० सम्मका गृहिणी तथा कृषकहरू सहभागी थिए ।
Leave a Reply