परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
दैलेख, १३ पुस । नेपाल क्रान्तिकारी महिला सङ्घ चामुण्डा बिन्द्रासैनीको आयोजनामा स्तालिनको १४७ औँ र माओ त्सेतुङको १३२ औँ जन्म जयन्तीको अवसरमा ‘भेनेजुयला : हिजो र आज’ भन्ने पुस्तकको अन्तरक्रिया कार्यक्रम भयो ।
नेक्रामसङ्घ चामुण्डा बिन्द्रासैनी नगर समितिका अध्यक्ष धनकुमारी शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले अमेरिकी साम्राज्यवादले विश्वका स्वतन्त्र देशहरूमाथि थिचोमिचो गर्दै आÇनो साम्राज्यवादी हुकुम लाद्न खोजिरहेको बताउनुभयो ।
भेनेजुयलाको सरकारविरुद्ध सयौँ पटक सत्ता विद्रोहको दुष्प्रयास गरेको चर्चा गर्दै उहाँले दक्षिणपन्थी नेता ह्वाँ ग्वाइडो अमेरिकी कठपुतली साबित भएको प्रस्ट पार्नुभयो ।
भेनेजुयलामा अमेरिकी हस्तक्षेपको उद्देश्य त्यस देशमा रहेको ऊर्जा र खनिज स्रोतमाथि कब्जा जमाउन भएको चर्चा गर्दै भेनेजुयलाको माडुरो सरकारलाई पराजित गर्नु भनेको प्रगतिशील आन्दोलनलाई पराजित गर्नु हो भन्नुभयो ।
भेनेजुयलामाथिको अमेरिकी हस्तक्षेपको निन्दा गर्दै नेमकिपाका केन्द्रीय
सदस्य केशेन्द्र कार्कीले क्रान्तिकारीहरूको सक्रियतामा समाजको परिवर्तन गर्न सम्भव हुन्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बखत थापाले सन् १९९८ मा ह्युगो चाभेजले विजय प्राप्त गरेको चर्चा गर्दै भेनेजुयलामा समाजवादी बन्दोबस्तअनुसार सबै जनतालाई सेवा सुविधा प्रदान गरेको प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका बिन्दु वि.क.ले सञ्चालन गर्नुभएको उक्त अन्तरक्रियामा नेमकिपा चामुण्डा बिन्द्रासैनीका अध्यक्ष दीपक शाही, नेमकिपा वडा नं. ७ का अध्यक्ष शिवराज चौलागाई, जनप्रतिनिधि लवराज ढकाल, नेक्राशिसङ्घका हर्कबहादुर शाही र प्राध्यापक समाजका नगेन्द्र कार्कीले पनि बोल्नुभएको थियो ।
Leave a Reply