नयाँ पुस्ताका प्रधानमन्त्री र मन्त्री बन्नु नै पर्याप्त होइन, विचार नयाँ हुनु जरुरी
- जेष्ठ २, २०८३
भक्तपुर, ८ बैशाख । विश्व सर्वहारा वर्गमा गुरु कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा शनिबार माक्र्सवादी साहित्य विषयमा छलफल कार्यक्रम भयो ।
युवा साहित्य गोष्ठीको आयोजनामा भएको कार्यक्रमा सहभागी लेखक, कवि, कलाकारहरुका जिज्ञासाको जवाफ दिंदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले माक्र्सवादी विचार स्वंय प्रगतिशील विचार भएकाले सबै माक्र्सवादी साहित्य प्रगतिशील हुने बताउनुभयो ।
उहाँले एउटा समाज व्यवस्थाबाट अर्को अगाडि बढेको समाज व्यवस्थाको पक्षमा र समाजमा भएको अनेकन नराम्रा पक्षको विपक्षमा लेखिएका साहित्य प्रगतिशील हुने तर मजदुर–किसानको शासनसत्ता स्थापनाको पक्षमा लेखिएको साहित्य माक्र्सवादी साहित्य विचार राख्नुभयो ।
वर्ग सङ्घर्षको सिद्धान्त माक्र्सको आविष्कार नभएको, माक्र्सभन्दा अघि पनि वर्ग सङ्घर्षको सिद्धान्त भएको तर सर्वहारा वर्गको हुकुमको सिद्धान्त माक्र्सको प्रतिपादन भएको चर्चा गर्दै उहाँले कम्युनिष्टहरु सर्वहारा वर्गका राजनीतिक र आर्थिक वकिल भएको धारणा राख्नुभयो ।
उहाँले आफूलाई माक्र्सवादी नभन्ने तर कुनै लेखकले लेखेका साहित्यमा माक्र्सवादी तत्व भएका त्यसलाई माक्र्सवादी भन्नुपर्ने धारणा राख्दै माक्र्सवादी साहित्यमा समाजको उत्पीडित तर सचेत पात्रलाई नायक बनाउनु उपयुक्त हुने विचार राख्नुभयो ।
अध्यक्ष रोहितले कामदार वर्गको पक्षमा पत्रिका चलाउनु भनेको पूँजीपति वर्गको अदालतमा कामदार जनताको पक्षमा मुद्दा दायर गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी साँस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले आजको सन्दर्भमा नाजी फासीवाद, सिरियामाथि साम्राज्यवादी हमला, नेपालमा नक्कली वामपन्थीहरुको एकताको विरोधमा साहित्य लेख्नु लेखकहरुको कर्तव्य भएको धारणा राख्नुभयो ।
कार्यक्रममा जनलेखक सङ्घ नेपालका अध्यक्ष लक्ष्मणराज जोशी, युवा साहित्य गोष्ठीका पूर्वअध्यक्ष नीरज लवजू र युसागोका अध्यक्ष अमोद उलकले माक्र्स र माक्र्सवादी साहित्यबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply