भर्खरै :

लेनिन दिवसको शुभकामना !

आइतबार, अप्रिल २२ का दिन विश्वभर महान सर्वहारा नेता लेनिनको १४८ औं जन्म दिवस मनाईंदै छ । शनिबार नेमकिपाले भक्तपुरमा विचार गोष्ठीको आयोजना ग¥यो । लेनिनको व्यक्तित्व, कृतित्व, नेतृत्व, सैद्धान्तिक एवम् राजनीतिक योगदानलगायत विषयमा चर्चा गरियो ।
कार्यक्रममा कम्युनिष्टले प्रतिक्रियावादी सङ्घ संस्थामा गएर जनताको सेवा गर्ने लेनिनवादी नीतिदेखि, लेनिनको रचना, लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिका उपलब्धि, लेनिनको शिक्षा, संशोधनवादविरुद्ध लेनिनले खेल्नुभएको भूमिका, लेनिनका जीवन साथी क्रुप्स्काया, युरोपको तत्कालीन परिस्थितिबारे छुट्टाछुट्टै वक्ताले प्रस्ट पार्ने प्रयास गर्नुभयो । इतिहास र सिद्धान्तको व्याख्या गर्दा चित्र, नक्सा वा श्रव्यदृश्यको बन्दोबस्त भएको भए कार्यक्रममा सुनमा सुगन्ध थपिने अनुभव गरियो ।
माक्र्स र एँगेल्सको सिद्धान्तलाई संसारमै पहिलो पटक व्यवहारमा उतार्ने ऐतिहासिक जिम्मेवारी लेनिनले पूरा गर्नुभएको थियो । अक्टोबर क्रान्तिले विश्व इतिहासमै एक नयाँ युगको आगमनको घोषणा गरेको थियो । त्यो नयाँ युगको अर्थ सर्वहारा क्रान्तिको युगको आगमनको घोषणा थियो । अक्टोबर क्रान्ति संसारलाई थाहा भएको इतिहासमै सबभन्दा युगप्रवर्तक घटना थियो । त्यस क्रान्तिले उत्पीडित वर्गलाई शासन सत्तामा पु¥याएको थियो ।
लेनिनले राजनीतिक क्रान्तिमात्र सम्पन्न गर्नुभएन, समाजवादी निर्माणमा पनि उत्तिकै महत्वपूर्ण नेतृत्व प्रदान गर्नुभयो । शिक्षा र स्वास्थ्य निःशुल्क घोषणा गरियो । उत्पादनका साधनको सामाजिकीकरण गरी शोषणको अन्त गरियो । योजनाबद्ध विकासको अवधारणा आत्मसात गरियो । केन्द्रिकृत आर्थिक प्रणालीले देशको विकासमा ठूलो फड्को मार्न सकिन्छ भन्ने उहाँले प्रमाणित गर्नुभयो । विज्ञान र प्रविधिको क्षेत्रमा विश्वलाई चकित पार्ने खालको प्रगति गर्नुभयो ।
संसारले माक्र्सवादसँगै लेनिनवादलाई जोडेर व्याख्या गरेको पाउँछौं । माक्र्सवादलाई विकसित गर्ने काम लेनिनले गर्नुभयो । पुँजीवादी व्यवस्थाले साम्राज्य विस्तारको लडाइँ थालेपछि बन्दुक स्वदेशी प्रतिक्रियावादी वर्गविरुद्ध फर्र्काई सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने काम लेनिनले नै गर्नुभएको हो । लेनिनले किसानहरुलाई पनि क्रान्तिको सहयोगी शक्तिको रुपमा लिई अक्टोबर क्रान्ति सफल गर्नुभएको थियो ।
लेनिनले क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभयो, क्रान्ति कुन परिवेशमा हुन्छ भन्ने कुरा लेनिनले बताउनुभयो । क्रान्तिको निम्ति भित्री र बाह्य परिस्थिति तयार हुनुपर्ने लेनिनको धारणा थियो । भित्री परिस्थिति भन्नुको अर्थ जनता क्रान्तिको निम्ति तयार भएको र बाह्य परिस्थिति भन्नाले अन्तर्राष्ट्रिय परिस्थिति पनि क्रान्तिको पक्षमा तयार हुनुपर्ने भन्ने हो ।
लेनिनले कुनै एक देशमा पनि क्रान्ति हुनसक्छ भन्ने पनि प्रमाणित गरी देखाउनुभयो । उहाँले सर्वहारा वर्गको पार्टी सञ्चालन विधिसमेत तयार गरी लागू गर्नुभयो ।
लेनिनको निम्ति पुँजीवादी निर्वाचनमा भाग लिनुको अर्थ क्रान्तिको तयारी गर्नु हो । क्रान्तिकारी संसदवादको सिद्धान्त पनि लेनिनले नै प्रतिपादन गर्नुभयो । भूमिगत स·ठनको प्रणाली निर्माणमा पनि लेनिनको महत्वपूर्ण योगदान छ ।
लेनिनको जन्म दिवस मनाउनुको अर्थ लेनिनको शिक्षालाई आत्मसात गर्नु हो । लेनिन दिवसको अवसरमा सबैलाई शुभकामना ।
२०७५ बैशाख ९ गतेको मजदुर दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *