पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
मेड्रिड, १४ पुस (एएफपी) । सन् २०२५ मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीहरूको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आप्रवासनको लागि प्रवेश गर्ने सीमाहरू घटेको कारण सन् २०२४ को सङ्ख्यामा तीव्र गिरावट आएको समूहले जनाएको छ ।
क्यामिनान्डो फ्रन्टेरास (पैदल सीमा) मा डिसेम्बर– १५ सम्ममा राखेको रेकर्डअनुसार तीन हजार ९० जनाको मृत्यु भएको छ भने अधिकांश मृत्यु अफ्रिकाबाट स्पेनको क्यानरी टापुहरूमा एट्लान्टिक माइग्रेसन मार्गमा भएको थियो, जसलाई विश्वको सबैभन्दा खतरनाक मार्ग मानिन्छ ।
क्यानरीहरूमा आप्रवासी आगमनमा ‘उल्लेखनीय’ कमी आएको भए पनि गिनीबाट प्रस्थानसँगै द्वीपसमूहमा ‘नयाँ, अधिक टाढाको र अधिक खतरनाक’ मार्ग देखा परेको जनाएको छ ।
समूहले आप्रवासीहरूका परिवारहरूबाट तथ्याङ्क र उद्धार गरिएका व्यक्तिहरूको आधिकारिक तथ्याङ्क सङ्कलन गर्दछ । मृतकमध्ये ४३७ बालबालिका र १९२ महिला रहेको समूहले जनाइएको छ ।
क्यामिनान्डो फ्रन्टेरास सिमाले अल्जेरियाबाट मुख्यतया भूमध्यसागरको इबिजा र फोरमेन्टेराको छुट्टी टापुहरूमा पु¥याउने डुङ्गाहरूको सङ्ख्यामा वृद्धि भएको पनि जनाएको छ ।
परम्परागत रूपमा अल्जेरियालीहरूले प्रयोग गर्ने यस मार्गमा सन् २०२५ मा सोमालिया, सुडान र दक्षिण सुडानबाट आप्रवासीहरूको सङ्ख्या बढेको देखिएको समूहले जनाएको छ ।
सन् २०२४ मा समुद्रमार्फत स्पेन पुग्ने प्रयासमा कम्तीमा दस हजार ४५७ आप्रवासीको मृत्यु वा बेपत्ता भएको जनाइएको छ । जुन सन् २००७ मा ट्रयाकिङ डाटा सुरु भएदेखि रेकर्ड गरिएको सबैभन्दा बढी सङ्ख्या हो ।
स्पेनको आन्तरिक मन्त्रालयले यस वर्षको डिसेम्बर–१५ सम्म ३५ हजार ९३५ आप्रवासी स्पेन पुगेको बताएको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ४० प्रतिशतले कम हो ।
ती मध्ये अधिकांश पश्चिम अफ्रिकाको तटबाट क्यानरी टापुहरूमा एट्लान्टिक आप्रवासन मार्गबाट आएको जनाइएको छ ।
Leave a Reply