क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सन्दर्भः भदौ २३ र २४ गतेको प्रदर्शन
साम्राज्यवादीहरूको
सिंहदरबारको इतिहास
सन् १९०३ मा राणा चन्द्रशमसेरले काठमाडौँ उपत्यकावासीको ३५० रोपनी जग्गा त्यतिबेलाको ९० रुपियाँको दरले सस्तोमा किनेर आफ्नो निजी निवासको रूपमा सिंहदरबार बनाउन सुरु गरेका थिए । दरबार निर्माण कार्य १ वर्षभित्रै सकिएको भनिन्छ । दरबारलाई चाहिने काठ नजिकैको जङ्गलबाट सित्तैँमा ल्याइएको थियो भने कामदारहरूलाई पनि चन्द्रशमसेरले बेला बेलामा भोज खुवाउने र खाजा खाना खुवाउनेभन्दा बढी ज्याला दिएनन् । धेरैजसो काम सेना र कैदीहरूद्वारा गराइयो । यसरी राणा चन्द्रशमसेरले उक्त दरबार निर्माण गर्न त्यतिबेलाको ५० लाख रुपियाँमात्रै खर्च गरेको अनुमान छ ।
युरोपेली शैलीमा बनाइएको उक्त सिंहदरबारमा रहेका १ हजारभन्दा बढी कोठाहरूमा महँगा महँगा विदेशी सामानहरूलाई कलात्मक ढङ्गले सजाइएको छ । यो दरबारमा ७ वटा Courtyard (आँगन/चोक) थिए । प्रत्येक कोठामा मार्वल बिछ्याइएको थियो । सिंहदरबारभित्रको महत्वपूर्ण बैठक कक्ष ‘स्टेट हल’ फ्रान्सको “भर्सिलिज दरबार’ को मोडलमा बनेको छ । एकदिन चन्द्रशमसेर र उनकी कन्छी महारानी बालकुमारी देवी नयाँ दरबारको कौसीबाट बाहिर हेरिरहँदा बाघदरबारमा उनीहरूको आँखा पर्छ । सिंहदरबार बाघदरबारभन्दा धेरै भव्य थियो । चन्द्रशमसेरकी पत्नीले जिस्किँदै “महाराज त्यो बाघदरबार हो, यो नयाँ दरबारको नाम ‘सिंहदरबार’ राख्दा कसो होला ?” भनिन् । चन्द्रशमसेरले सहमति जनाउँदै त्यसबेलादेखि उक्त दरबारको नाम ‘सिंहदरबार’ राखिएको कथन छ । त्यतिबेला यो दरबारलाई एसियाकै सबभन्दा ठुलो भवन भनिन्थ्यो ।
सिंहदरबार निर्माणपछि चन्द्रशमसेरले एकदिन भारदारी सभा राखे । त्यस बैठकमा उनले आजबाट जो ‘श्री ३ महाराज’ बन्छ उसले यसै दरबारमा बसेर राजकाज चलाउनेछ । यसर्थ, यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ भने । उनले उक्त दरबार नेपाल सरकारलाई बेचेको भनेर सरकारी ढुकुटीबाट २ करोड रुपियाँ लिए । करिब १ करोड ५० लाख त नाफा नै खाए । उनले १९६८ मङ्सिर ३० गते मृत्यु नभएसम्म त्यही दरबारमा बसेर शासन गरे । त्यसपछि अन्य राणा शासकहरूले पनि सोही दरबारमा बसेर शासन गरे ।
सिंहदरबारमा पहिलो आगलागी
२०३० सालमा सिंहदरबारमा पहिलो पटक भीषण आगलागी भएको थियो । त्यसबेला पनि नेपाल सरकारको महत्वपूर्ण कागजात र सन्धि सम्झौताहरू जले । आगलागीले सिंहदरबारको ७० प्रतिशत भाग ध्वस्त पा¥यो भने २० जना मानिसको मृत्यु भयो । अनुसन्धान टिमले राति बिजुलीको तारमा सर्ट भएर प्राविधिक कमिकमजोरीको कारण आगलागी भएको प्रतिवेदन पेश ग¥यो । प्रमाण नष्ट गर्ने उद्देश्यले षड्यन्त्रपूर्वक आगजनी गरिएको आशङ्का गरिएको भए पनि त्यसको ठोस प्रमाण फेला परेन । सिंहदरबार आगलागी भएपछि त्यतिबेलाका प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिनुपरेको थियो । आगो पूर्णरूपमा निभाउन ३ दिन लागेको थियो भने जलेको सिंहदरबार पुनःनिर्माण गर्न ७ वर्ष (२०३७ सालसम्म) लागेको थियो ।
२०८२ भदौ २४ गते षड्यन्त्रपूर्वक पुनःआगलागी
गत भदौ २४ गते जेन–जीको नाममा भएको नयाँ पुस्ताको आन्दोलनमा घुसपैठियाहरूले पुनः एकपल्ट सिंहदरबारलाई तारो बनाए । सुनियोजित ढङ्गले सिंहदरबारमा पुनःएकपल्ट आगो झोसियो । ‘न्यूयोर्क टाइम्स’, ‘द ग्रे जोन’ (The Grayzone) जस्ता अमेरिकी सञ्चार माध्यमहरूले पनि नेपालको सिंहदरबारमा सुनियोजित ढङ्गले आगो लगाइएको समाचार प्रकाशन गरे ।
समाचारअनुसार सेप्टेम्बर ९ मा प्रदर्शनकारीहरूको भिड दुई घण्टाभित्रै संसद्बाट सर्वोच्च अदालत हुँदै सिंहदरबार पुगेको थियो । भिड आएको आधाघण्टाभित्रै भवनबाट धुवाँ निस्कन थाल्यो । आगोको आकारप्रकार हेर्दा आगजनीको निम्ति सोडियम वा म्याग्नेसियमजस्ता रसायनहरू प्रयोग गरिएको विश्लेषकहरू बताउँछन् । विश्लेषकहरू सङ्गठनात्मक क्षमताको कुशल तयारी बिना छोटो समयमै यति धेरै भवनहरूमा आगो लाग्न नसक्ने बताउँछन् ।
आगलागी भएको बेला सिंहदरबार परिसरको माथिल्लो तलाका झ्यालहरू खुला छाडिएका थिए । खुला छाडिएका झ्यालहरूको कारण आगो फैलिन सजिलो भएको आगजनीका विज्ञहरूको अनुमान छ । सिंहदरबार तीन दिनसम्म जलिरह्यो । आगो निभाउने गतिलो प्रयास भएन । आगो निभाउन नजिकै रहेको काठमाडौँ महानगरले दमकल नपठाएको गुनासो सुनियो । सेनाको व्यारेकमा रहेको दमकलले पनि आगो निभाउने प्रयास गरेन । सामान्य अवस्थामा २० मिनेटभित्रै दमकल पुग्न सक्छ । तर, त्यसदिन त्यहाँ दमकल नै पुग्न नसकेको गुनासो छ ।
सिंहदरबारमा २०३० सालमा आगलागी हुँदा आगो एक निश्चित ठाउँबाट सुरु भएर क्रमिक रूपमा फैलिएको थियो । त्यो आगोको प्रकृति परम्परागत थियो । भवनको काठ र कागजपत्रलाई इन्धन बनाउँदै विस्तारै फैलिएको थियो । तर, यसपटकको आगोको फैलावट अस्वाभाविक तथा भयावह थियो । विज्ञानका अनुसार सिंहदरबारको बाक्लो पर्खाल र इँटाले बनेको संरचनामा आगो लाग्न गा¥हो हुन्छ । सामान्य अवस्थामा आगो एउटा कोठामा मात्र सीमित हुनुका साथै ढोका वा झ्याल फोडेर नयाँ अक्सिजन र इन्धन नपाएसम्म आगो सुस्त गतिमा मात्रै सल्किरहन्छ । एउटा कोठाबाट अर्को तलामा पुग्न धेरै समय लाग्छ । तर, सिंहदरबारको आगो केही मिनेटमै एउटा पुरै तलाको धेरै कोठाहरूमा फैलिएको थियो । पेट्रोलले आगो बले पनि यतिविघ्न फैलावट र ताप दिन सक्दैन । विज्ञहरूले यसको प्रकृतिलाई हेरेर फलामसमेत पग्लन सक्ने २५०० डिग्रीसम्म ताप उत्पादन गर्ने रसायनहरू प्रयोग गरिएको अनुमान गरेका छन् ।
सहरी विकास मन्त्रालयमा कार्यरत एक इन्जिनियरले भने, २०७२ सालको भूकम्पपछि सिंहदरबारको पुनःनिर्माण निकै बलियो किसिमबाट गरिएको थियो । सामान्य व्यक्तिहरूलाई सिंहदरबार जलाउन निकै कठिन हुन्छ । किनभने हम्मेसी सिंहदरबार जल्दैन । भवन जलाउने विषयमा ज्ञान भएका केही व्यक्तिसमेत आगजनीमा सहभागी भएको अनुमान गरिएको छ । सिंहदरबार जलाउन केही व्यक्ति बोटलमा पेट्रोल तथा अन्य प्रज्ज्वलनशील पदार्थ लिएर योजनबद्ध किसिमबाट गएको देखिन्छ । आन्दोलनकारीहरूले छानी छानी महत्वपूर्ण कागजात भएका कोठाहरू जलाए ।
(नागरिक दैनिक २०८२ पुस १३)
आगलागीको छानबिनसमेत समयमै भएन । बरु अनुसन्धान गर्नुभन्दा पहिले नै सफाइको कामलाई अगाडि बढाइयो । यसले प्रमाण मेट्ने काम भएको विश्लेषकहरूको मत छ । नेपाल प्रहरीको फोरेन्सिक विज्ञान प्रयोगशालाका शाखा प्रमुख पवन ढुङ्गगानाले आगलागी भएपछि उनको टोलीका कसैलाई पनि समयमै अनुसन्धान गर्न नबोलाइएको गुनासो पोखे । ढुङ्गानाले काठमाडौँदेखि देशभर भएका आगलागी पूर्वनियोजित रहेको शङ्का गर्न सकिने बताए ।
बालेन्द्र साहको अभिव्यक्ति
काठमाडौँका मेयर बालेन्द्र साहले एकपल्ट भनेका थिए, “आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु ।” त्यसको ठिक एक वर्षपछि सिंहदरबारमा आगो लाग्यो । यो संयोग मात्रै थियो कि षड्यन्त्र ? भविष्यमा तथ्य बाहिर आउला नै । तर, सिंहदरबार जलिरहँदा काठमाडौँ महानगर प्रहरी बलका एसएसपी राजुनाथ पाण्डेको टोलीले बानेश्वरदेखि माइतीघर एरियामा आन्दोलनकारीलाई पानी बाँडेको थियो । ‘मेट्रो पुलिस फोर्स’ लेखेको बिएसी २७१३ नम्बरको भ्यानबाट दुई महिला र एक पुरुष नगर प्रहरीले मिनरल वाटर बाँडिरहेका थिए । (२०८२ कार्तिक १, जनआस्था साप्ताहिक) कतिपयले उक्त पानीमा प्रदर्शनकारीलाई एकोहोरो बनाउने औषधी मिसाइएको आरोप लगाएका छन् ।
सुरक्षा संयन्त्रमाथि प्रश्न
सामान्य दिनमा सिंहदरबारको सुरक्षा कडा हुने गर्दछ । त्यसमाथि यसको फलामे गेट र बाक्लो बलियो तथा अग्ला पर्खाल छिचोल्न जो कोहीलाई कठिन हुन्छ । यो देशको सबैभन्दा सुरक्षित स्थल हो, जहाँ सबैभन्दा उच्चस्तरीय सुरक्षा घेरा हुन्छ । हरेक भवनमा तह तहको सुरक्षा घेरा पनि हुन्छ । तर, त्यसदिन बिनाप्रतिरोध सबै घेरा तोडिए । यो कसरी सम्भव हुन्छ ?
२३ गतेको घटनापछि सिंहदरबारको सुरक्षा सतर्कता झन बढाउनुपर्ने हो । तर, त्यसो गरिएन । प्रदर्शनकारीहरू सिंहदरबार पुग्दा त्यहाँ सामान्त्न्दा बढी सुरक्षा बल प्रयोग गरिएको थिएन । मुख्य गेटमा सुरक्षाकर्मीहरूले बिनाप्रतिरोध पछाडि हटेर प्रदर्शनकारीहरूलाई भित्र पस्न दिएको देखियो । यो नै रहस्यको घेराभित्र छ ।
सुरक्षा संयन्त्रमाथि प्रश्न तेर्सिएपछि नेपाली सेनाले असोज ३१ (१७ अक्टोबर २०२५) गते शुक्रबार पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दियो । अप्रत्यक्ष रूपले विदेशी सेना भित्रिन्छ भन्ने डर र मानवीय क्षति हुन सक्ने भएकोले सेनाले सिंहदरबार जल्दा पनि गोली नचलाएको स्पष्टीकरण दियो । तर, यो स्पष्टीकरणमा नेपाली जनताले चित्त बुझाएका छैनन् ।
सिंंहदरबार केवल भवनमात्र थिएन
नेपालमा डिजिटल रूपमा सबै कुराको भण्डारण गर्ने प्रणाली विकास भइसकेको छैन । सिंहदरबारमा नेपालको महत्वपूर्ण तथा गुप्त दस्तावेज र अन्तर्राष्ट्रिय सम्झौताका मूल कपीहरू पनि थिए । तीमध्ये कति आगोमा जले सरकारले जवाफ दिनुपर्छ । देश सञ्चालन गर्ने महत्वपूर्ण संस्था र दस्तावेजहरू भष्म भए । प्रम कार्यालय, गृहमन्त्रालय, अर्थमन्त्रालयलगायत थुप्रै मन्त्रालयहरू आगोमा जले । प्रम सुशीला कार्कीले आफ्नो शपथग्रहणलगत्तै भनेकी थिइन्, “देश सञ्चालन गर्ने सबै संस्था र डकुमेन्टहरू ध्वस्त भए, हामी शून्य अवस्थामा छौँ ।” देशको इतिहास जलाउने काम भयो । विदेशीका नुन खाएका केही व्यक्तिहरूले “भवन जल्दैमा चिन्ता गर्नुपर्दैन, सिंहदरबारजस्ता भवन त पुनः बनाउन सकिन्छ” भन्ने तर्क राख्छन् । तर, सिंहदरबार केवल भवन थिएन, देशको मुटु र इतिहास पनि थियो । सिंहदरबार जल्न थालेपछि मूलद्वारको गजुरमा चढेर नेपालको झण्डा बोकेका केही युवा शरीरको लुगा फुकालेर विजय उत्सव मनाएझैँ उन्मादले गर्जिन्छन् र त्यही दृश्यलाई कैद गरेर “म नेपाल हाँसेको हेर्न चाहन्छु” भन्ने बालेन साहको ¥याप गीतमा भिडियो बनाइन्छ । अचम्म र देशको मुटु जलाएर कसरी नेपाल हाँसेको हेर्न सकिन्छ ?
२०८२ पुस १३ गते
Leave a Reply