त्यो कालो दिन
- भाद्र ८, २०८३
फागुन २१ गते
जनता सचेत हुनुपर्ने
कमिशनखोरलाई हराउनैपर्ने
गुण्डाहरूलाई उठ्नै नदिने
पालैपालो प्रधानमन्त्री र मन्त्री
भागबन्डा गर्नेहरूलाई
सेखी झार्नैपर्ने भो
कठघरामा उभ्याउनुपर्ने भो ।
आगमी फागुन २१ गते
देशभक्तलाई जिताउनुपर्ने भो
जनताका सेवकहरू आउनुपर्ने भो
प्रधानमन्त्री बपौती ठान्नेहरूलाई
कोठामा सभापति बाँड्नेहरूलाई
प्रजातन्त्रको दुहाई दिनेहरूलाई
नयाँ शीशी देखाउँंदै
पुरानै रक्सीमा डुब्नेहरूलाई
पालैपालो सरकारमा पुगेर
विदेशी दलाल बन्नेहरूलाई
रसातालमा झार्नैपर्ने भो ।
२०८२ पुस १४
Leave a Reply