युवाहरूबिच चे ग्वेभारा
- जेष्ठ ४, २०८३
माओ विचारधारा र दर्शनसम्बन्धी अध्यक्ष माओको धारणा बुभ्mन उहाँका महत्वपूर्ण कृतिहरूमध्ये ‘दर्शनबारे पाँच कृतिहरू’ को अध्ययन आवश्यक छ । नेपालको राजनीतिक डबलीमा दर्शनबारे माओको विचारबारे निरन्तर चर्चा चलिरहेकै छ । माओ त्सेतुङ विचारधाराको व्यावहारिक अनुसरण नेपालको कम्युनिस्ट आन्दोलनले के कति ग¥यो ? कसले ग¥यो ? यसको जवाफ खोज्न अध्यक्ष माओको ‘दर्शनबारे पाँच कृतिहरू’ अध्ययनले सहयोग गर्नेछ । माओका यी रचनाहरू कल्पनाको आधारमा लेखिएका होइनन् । जनताको सङ्घर्षको मैदानबाट जन्मेका हुन् । यी कृतिहरूमा संसारको व्याख्या त छ नै संसार बदल्ने आह्वान पनि छ । यी कृतिहरू व्यवहारसँग जोडिएका छन् । सङ्घर्षको मैदानमा देखापरेका चुनौतीको सामना गर्दागर्दै अप्ठ्यारा र कठिन पहाड चढ्दाचढ्दै, आँधीबेहरीसँग जुभ्mदाजुझ्दै बटुलेका अनुभवलाई सिद्धान्तको कसीमा घोटेर तयार पारिएका रचनाहरू हुन् यी । यसको अध्ययन र छलफलले नेपाली कम्युनिस्ट आन्दोलनलाई बुझ्न सघाउनेछ । जनताका आन्दोलनभित्र देखापर्ने सैद्धान्तिक र व्यावहारिक समस्याहरूको केस्राकेस्रा केलाई समाधान समेत दिइएको छ । दर्शनलाई जीवनपद्धति र जनसङ्घर्षसँग नजोडे जीवन र सङ्घर्षको औचित्य कहाँ रहन्छ ? माओ लेख्नुहुन्छ – “दर्शनशास्त्रलाई दार्शनिकहरूको प्रवचन कोठाहरू र पाठ्यपुस्तकहरूको सीमित घेराबाट मुक्त पार र यसलाई व्यापक जनसमूहको हातमा रहेको एउटा धारिलो हतियारको रूपमा फेर ।” अध्यक्ष माओले त्यसका निमित्त जीवनभर लड्नुभयो । युग–युगसम्मलाई आप्mनो विचार उपहार छोड्नुभयो । दर्शनशास्त्रलाई जनतासँग जोडेकै कारण आज चीनका किसान र मजदुरहरूले दार्शनिक रचना तयार पार्छन् । किसान–मजदुरलाई नै दर्शन पढाइयो, सिद्धान्त सिकाइयो र दर्शन, सिद्धान्तलाई तिनको जीवनसँग एकाकार गरियो । त्यसकारण, आज देश किसान र मजदुरहरूको छ । जनताको सांस्कृतिक स्तरसम्म माक्र्सवाद–लेनिनवाद पु¥याउन माओले गर्नुभएको कडा परिश्रमको प्रतिविम्ब यी रचनाहरूमा भेटिन्छ ।
क्रान्तिको सफलतापछि क्रान्तिका उपलब्धि अर्थात् समाजवाद जोगाउने र समाजवादी बन्दोवस्तको जग बलियो बनाउने सङ्घर्षमा माओका बुद्धिमत्तापूर्ण प्रयासहरू यी कृतिहरूमा छन् । तत्कालीन समयमा चीनको समाजवाद नजोगिए चीन युग–युगसम्म पराधीन रहने र विश्व कम्युनिस्ट आन्दोलनमा नकारात्मक प्रभाव पर्ने पक्का थियो । चीनको समाजवाद जोगाउन जनतालाई वैचारिक तथा सैद्धान्तिकरूपमा दीक्षित र जानकार बनाउनु अहम् प्रश्न थियो । चीनको पराजय साम्राज्यवादको विजय थियो । चीनको विजयले साम्राज्यवाद त्रसित बन्यो । तेस्रो विश्वको एकता साम्राज्यवादविरुद्ध सङ्घर्षका निम्ति हुने अध्यक्ष माओको विचार थियो । साम्राज्यवादीहरू तेस्रो विश्वयुद्ध गर्न उद्दत देखिए पनि त्यसबाट साम्राज्यवादी व्यवस्थाकै पतन हुने, तेस्रो विश्वले निर्णायक भूमिका खेल्ने अध्यक्ष माओ विश्वास व्यक्त गर्नुहुन्थ्योे । पुस्तक बोल्छ – “आज सिँगो चीन अध्यक्ष माओका विचारको अध्ययन कक्ष र प्रयोगशालाको एक आदर्श उदाहरण बन्न सफल छ ।”
यस पुस्तकभित्र अध्यक्ष माओको ‘व्यवहारका विषयमा’ अन्तरविरोधबारे जनताबीचका अन्तरविरोधहरूको सही सञ्चालन, प्रचार–कार्यसम्बन्धी चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनको भाषण, सही विचार कहाँबाट आउँछ ? रचनाहरू सङ्ग्रहित छन् । यसले दर्शनबारे अध्यक्ष माओको विचार बुभ्mन सहज बनाएको अनुभव हुन्छ ।
‘व्यवहारका विषयमा’ माओले माक्र्सवादी विचारको गम्भीर अध्ययनमा जोड दिनुभएको छ । ज्ञानका समस्याहरूलाई मानिसको सामाजिक प्रकृतिभन्दा छुट्टै राख्नु हुँदैन । ज्ञानलाई मानिसको ऐतिहासिक विकासभन्दा पर राखेर हेरिनुहुँदैन । सामाजिक व्यवहारमा ज्ञानको निर्भरता अर्थात् उत्पादन र वर्गसङ्घर्षमा ज्ञानको निर्भरता बुझ्न जरुरी हुन्छ । ज्ञानलाई उत्पादन गतिविधि र द्वन्द्वात्मक भौतिकवादी दृृष्टिकोणभन्दा अलग पार्न गर्न सकिँदैन । मानव ज्ञान विकसित हुने प्रारम्भिक स्रोत उत्पादन नै हो पछि सामाजिक व्यवहारले वर्गसङ्घर्ष, राजनैतिक जीवन, वैज्ञानिक र कलात्मक खोज अर्थात् सामाजिक व्यवहारका सबै पक्षमा मानिसले भाग लिन्छ । यी सम्पूर्ण पक्षले मानव ज्ञान फराकिलो बनाउँछ । कुनै विचारमा वर्गको छाप पर्नु स्वाभाविक हो । सिद्धान्त व्यवहारसँग प्रत्यक्ष जोडिनुपर्छ र व्यवहार सिद्धान्तकै आधारमा विकसित भएको हुनुपर्दछ । सिद्धान्त र विचारलाई ग्रहण गर्ने तरिका द्वन्द्वात्मक भौतिकवाद नै हो ।
कुनै ज्ञान अथवा सिद्धान्तको सत्य मनोगत भावनाहरूबाट निश्चित हुन्छ भन्नुुुहुन्छ अध्यक्ष माओ । सामाजिक व्यवहार मात्र सत्यको कसी हुन सक्छ । ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तमा व्यवहारको दृष्टिकोण नै प्राथमिक र मूल दृष्टिकोणको रूपमा पुस्तकमा व्याख्या छ ।
क्रान्ति र सङ्घर्षमा सिद्धान्तको आवश्यतालाई माक्र्सवाद जोड दिन्छ । लेनिनको भनाइ छ –“क्रान्तिकारी सिद्धान्त नभईकन क्रान्तिकारी आन्दोलन हुन सक्दैन ।” सही सिद्धान्त मात्रले सङ्घर्ष अघि बढ्दैन । ज्ञान व्यवहारबाट सुरु हुन्छ र व्यवहारबाट प्राप्त गरिएको सैद्धान्तिक ज्ञानले फेरि व्यवहारमा नै फर्कनुपर्छ । वैचारिक ज्ञानबाट क्रान्तिकारी व्यवहारतर्फको फड्को अझ महत्वपूर्ण हुन्छ भन्नुहुन्छ अध्यक्ष माओ । उहाँ लेख्नुहुन्छ – माक्र्सवाद–लेनिनवाद माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनले वैज्ञानिकरूपबाट स्थापित गर्नुभएकोले मात्र साँचो ठानिएको होइन, त्यसपछिको क्रान्तिकारी वर्गसङ्घर्षको व्यवहारमा समेत प्रमाणित ठहरिएकोले नै यो साँचो मानिएको हो । त्यसकारण व्यवहार सत्यको कसी हो र ज्ञानको सिद्धान्तमा जीवनको दृष्टिकोण, व्यवहारको दृष्टिकोण पहिलो र मूल कुरा हुनुपर्दछ । स्तालिनको भनाइ पुस्तकमा छ –“क्रान्तिकारी व्यवहारसित गाँसिएन भने सिद्धान्त निरर्थक हुन्छ । जसरी क्रान्तिकारी सिद्धान्तद्वारा व्यवहारको बाटोमा उज्यालो देखाइएन भने व्यवहार अँध्यारोमा छामछाम छुमछुम गरेजस्तो हुन्छ । सत्य तथ्यको आधारमा माओले व्यवहारद्वारा सत्यको खोजी गर ! फेरि व्यवहारद्वारा सत्यलाई सच्याऊ र विकसित गर ! अर्थात् व्यवहार, ज्ञान फेरि व्यवहार र फेरि ज्ञानको विचार व्यापक बनाउनुभयो । उहाँले वास्तवमै विचार, ज्ञानलाई वर्गसङ्घर्ष र व्यवहारसँग जोड्नुभयो । त्यहाँबाट प्राप्त ज्ञानलाई पुनः समाजवाद निर्माणको चरणसँग जोड्नुभया््े ।
‘अन्तरविरोधबारे’ माओको दार्शनिक रचनामध्ये एक हो । वस्तुहरूमा अन्तरविरोधको नियम भौतिकवादी द्वन्द्ववादको आधरभूत नियम हो भनिएको छ । लेनिनका अनुसार त सही अर्थमा द्वन्द्ववाद भनेको पदार्थहरूभित्र रहेको अन्तरविरोधको अध्ययन हो । विभिन्न सवाल र दार्शनिक समस्याहरूको समाधानका लागि भौतिकवादी द्वन्द्ववादको ज्ञान जरुरी हुन्छ । विश्व दृष्टिकोणहरू, अन्तरविरोधको सार्वभौमिकता, अन्तरविरोधको विशिष्टता, मुख्य अन्तरविरोध र अन्तरविरोधको पनि मुख्य पक्ष, अन्तरविरोधका पक्षहरूका माझ रहेका एकरूपता र तानातान अनि अन्तरविरोधमा शत्रुताको निर्धारण जस्ता समस्याहरूको छलफल छ ।
अध्यात्मवादी धारणा र द्वन्द्वात्मक धारणा परस्पर विरोधी खालका विश्व दृष्टिकोण हुन् । अध्यात्मवाद र भौतिकवादबीचको अन्तरविरोधको विश्लेषण पुस्तकमा छ । वस्तु र परिस्थितिभित्र र बाहिरका अन्तरविरोधहरूको नियम बुभ्mन पुस्तकले सघाउँछ । सबै वस्तुहरूको विकासको प्रक्रियामा अन्तरविरोध रहन्छ र हरेक वस्तुको विकासको प्रक्रियामा विपरीत तत्वहरूको गति सुरुआतदेखि अन्तसम्म कायम रहने बताइएको छ । एङ्गेल्सका अनुसार गति आपैm एउटा अन्तरविरोध हो । अन्तरविरोध नभएको कुनै चीज हुन्न र कुनै चिज टिकिरहन सक्दैन । मानिसको जीवन पनि अन्तरविरोधपूर्ण हुन्छ । अन्तरविरोध टुङ्गिएपछि जीवन पनि सकिन्छ । युद्ध मैदानदेखि पार्टीभित्र, विचारदेखि जीवनपद्धतिसम्म अन्तरविरोध रहन्छ । त्यसकारण, अन्तरविरोधको सार्वभौमिकता र निरपेक्षता रहेजस्तै यसको विशिष्टता र सापेक्षताबारे पनि अध्ययन आवश्यक छ । समाजको हरेक रूप र विचारधारा एवम् हरेक प्रणालीको विशिष्ट अन्तरविरोध हुन्छ । शास्त्र र विज्ञानका सम्पूर्ण हाँगाबिँगाको छुट्टाछुटै र विशिष्ट अन्तरविरोध रहन्छ । रसायन–विज्ञानमा विघटन र सङ्घटन, वर्ग र वर्गसङ्घर्ष, युद्ध विद्यामा जाइलाग्नु र जोगिनु दर्शनशास्त्रमा आदर्शवाद र भौतिकवाद, अध्यात्मपन्थी दृष्टिकोण र द्वन्द्ववादी दृष्टिकोण लगायत थुप्रै विषयलाई बेग्लाबेग्लै हाँगाहरूको रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । गुणात्मकरूपले फरक हरेक अन्तरविरोधलाई फछ्र्यौट अर्थात् समाधान गुणात्मकरूपले फरक जुक्तिबाट मात्रै गर्न सकिने विचार छ । जस्तै सर्वहारावर्ग र पुँजीपति वर्गबीच अन्तरविरोधको फछ्र्यौट समाजवादी क्रान्तिको जुक्तिबाट मात्र गर्न सकिन्छ । पुँजीवादको आर्थिक बनोटको अन्तरविरोध उत्पादनको सामाजिक स्वरूप र स्वामित्वको निजी स्वरूप माझको अन्तरविरोध हो भन्न सकिन्छ । वर्ग सम्बन्धको आँखाले हेर्दा यो पुँजीपति र सर्वहारावर्गबीचको अन्तरविरोध हो । पुँजीवादी समाजमा सर्वहारावर्ग र पुँजीपति वर्गले नै मुख्य अन्तरविरोध निम्त्याउने उल्लेख पुस्तकमा छ । त्यसरी नै मानव समाजको विकासक्रमअनुसार अन्तरविरोधहरू बदलिएको देखिन्छ । साम्राज्यवादविरुद्ध स्वतन्त्रता र मुक्ति युद्धको अन्तरविरोध फेरि बेग्लै हुन्छ । चीनको वस्तुस्थिति अवगत गराउँदै अन्तरविरोधहरू केलाइएको छ ।
परस्पर विरोधी पक्ष या तत्वकै आधारमा कुनै पनि चिजको अस्तित्व रहेको हुन्छ । त्यसकारण, अन्तरविरोधका पक्षहरूका माझ रहेको एकरूपता र तानातानबारे बुझ्न जरुरी हुन्छ । अन्तरविरोधमा शत्रुताको निर्धारित कार्यबारे छलफल गर्ने क्रममा माओले सोभियत सङ्घको उदाहरण दिनुभएको छ । एउटै पार्टीभित्रका गलत विचार र सही विचारबीचको अन्तरविरोधले गलत विचार परास्त नभई त्यसैमा अडान लिएर बसेपछि अन्तरविरोधले शत्रुतापूर्ण रूप लिन्छ । त्यसकारण, अन्तरविरोध र शत्रुता एउटै विषय होइन । अन्तरविरोधको नियम प्रकृति र समाजको आधार नियम पनि भएको हुँदा जनताबीचका अन्तरविरोधहरूको सही सञ्चालन आवश्यक छ । ‘जनताबीचका अन्तरविरोधहरूको सही सञ्चालन’ अर्को महत्वपूर्ण दार्शनिक विश्लेषण हो । आपूm र बैरीबीचका अन्तरविरोध, जनताबीचका अन्तरविरोधलाई यस शीर्षकमा छलफल गरिएको छ । हामी र बैरीबीच हुने अन्तरविरोध स्वभावतः शत्रुतापूर्ण हुने गर्दछ । जनता जनताबीचको अन्तरविरोध शत्रुतापूर्ण हुने गर्दैन । युुग परिवर्तन या व्यवस्था परिवर्तनसँग जनताबीचको अन्तरविरोध बदलिएको देखिन्छ । सर्वहारा जनताको एकता त छँदै छ, विशेष परिस्थितिमा राष्ट्रिय पुँजीपतिहरूसित एकता स्थापित गर्न उनीहरूलाई शिक्षित पार्ने नीति लिनुपर्दछ । समाजवादी निर्माणको कार्यमा अवरोध खडा गर्ने, प्रतिक्रियावादी तथा प्रतिक्रान्तिकारीहरूलाई दबाउनुको विकल्प रहन्न । ती तत्वहरूका कारण पुँजीवाद बिउँतिन सक्ने सम्भावना समाप्त गर्नुपर्दछ । यद्यपि, जनताबीच रहने अन्तरविरोधहरू सल्टाउने कोसिस पनि जारी रहनुपर्दछ । आलोचना, छलफल, चेतना या शिक्षा दिने काम निरन्तर अगाडि बढाउनुपर्दछ । चीनको हकमा देश मुक्त भएपछि चिकपाले ‘एकता–आलोचना–एकता’ को पद्धतिलाई चिकपा र अरू प्रजातान्त्रिक पार्टीहरू र औद्योगिक तथा वाणिज्य मण्डलीहरूको सम्बन्धमा प्रयोग ग¥यो । यसले जनताजनताबीचको अन्तरविरोध फछ्र्यौटमा सघायो । सन् १९४२ को शुद्धीकरण आन्दोलन अर्को दृष्टान्त हो । समाजवादले मात्र चीनलाई बचाउन सक्छ भन्ने प्रस्ट थियो । भर्खरै स्थापना भएको समाजवादलाई जोगाउन सामना गर्नुपर्ने अन्तरविरोधहरू एकदमै फरक थिए । समाजवादी समाजका अन्तरविरोधहरू पुँजीवादी बन्दोवस्तमा झैँ शत्रुतापूर्ण हुने गर्दैन, व्यवस्थाले नै अन्तरविरोधको समाधान गर्छ । चीनको अनुभवले यही भन्छ । प्रतिक्रान्तिकारी दमन, दक्षिणपन्थी विचार, वामपन्थी विचारविरुद्ध माक्र्सवादी या कम्युनिस्ट विचारबीचको अन्तरविरोध चलिनैरहन्छ । कृषि क्षेत्रमा देखिने अन्तरविरोध निजी कृषि अर्थव्यवस्था र समाजवादी औद्योगिकीकरणबीच रहन्छ । कृषिमा सहरीकरण या सामूहिकीकरणले पुँजीवादी व्यवस्थाको समस्या र बुद्धिजीवीहरूको प्रश्नलाई माओले मिहिन छलफल गर्नुभएको छ । समाजवाद निर्माण र जोगाउने प्रश्नमा उद्योगपति, व्यापारी र बुद्धिजीवीहरूको भूमिका बेजोडको रहन्छ । माक्र्सवाद–लेनिनवादलाई व्यवहारको कसीमा घोटेर ज्ञान ग्रहण गरेका बुद्धिजीवीहरूले वास्तवमा समाजवाद रक्षार्थ भूमिका निर्वाह गर्छन् । विचारधारात्मक र राजनैतिक स्तर उकासेका बुद्धिजीवीहरूले समाजवाद विकासमा सघाउँछ । सही विचारधारा या सिद्धान्तविनाका बुद्धिजीवीले जनता र देशका निम्ति केही दिन सक्दैन । ती चेतना नभएका जड कहलिन्छन् ।
राष्ट्रिय अल्पसङ्ख्यक जातिहरूको समस्यालाई अध्यक्ष माओले असाध्यै संवेदनशील भई सल्टाउनुभयो । अल्पसङ्ख्यकको सहअस्तित्वका लागि चीनको प्रयास सार्थक बन्यो । देशको विकासका निम्ति सर्वाङ्गीण योजना, सर्वाङ्गीण दृष्टि र सही प्रबन्धहरू अपनाइयो । समाजवादको विकासका निम्ति आर्थिक रूपान्तरण जति अनिवार्य थियो । त्यति नै राजनैतिक र सांस्कृतिक रूपान्तरण आवश्यक थियो । त्यसकारण, दर्शन र सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग मिलाउने र समाजवादको जग सैद्धान्तिकरूपले खँदिला जनतामाझ ठड्याउने अध्यक्ष माओको उद्देश्य सार्थक बन्यो । उहाँले सयौँ पूmलहरू फुल्न दिने, सयौँ खालका विचारधाराहरूको तछाड मछाड हुनदिने र दीर्घकालीन सहअस्तित्व एवम् आपसी रेखदेखको नारा अघि सार्नुभयो । सयौँ पूmलहरू फुल्न दिने र सयौँ खालका विचारधाराहरूमा प्रतिस्पर्धा हुन दिने नीतिको उद्देश्य विज्ञानको प्रगति तथा कलाको समृद्धि गराउनु हो र यस नीतिमार्फत देशमा समाजवादी संस्कृति हुर्काउनु हो भनिएको छ । हरेक नयाँ विचारको प्रादुर्भावमा प्रहार भोग्नुपर्ने नै हुन्छ । माक्र्सवादमाथि आजसम्म पनि प्रहार भइरहेकै छ । यद्यपि, माक्र्सवाद सङ्घर्षबाट फल्छ–फुल्छ । अन्य विचारहरूलाई फुल्न–फल्न दिनुको अर्थ, प्रतिस्पर्धा गर्न दिनुको अर्थ माक्र्सवादलाई अझ बलियो, दरिलो बनाउनु हो । माक्र्सवाद विज्ञान हो र बहुसङ्ख्यक जनताको मुक्तिको उपाय पनि हो त्यसकारण सम्पूर्ण पुराना र अन्य विचारसँगको प्रतिस्पर्धामा माक्र्सवाद अझ दरिलो बन्दछ ।
चीनले लामो समय जापानी उपनिवेशविरुद्ध सङ्घर्ष ग¥यो, अमेरिकी साम्राज्यवादविरुद्ध लड्यो । त्यो समयमा जनताको एकता बेग्लै ढङ्गले महत्वपूर्ण थियो । क्रान्तिको दौरान वैचारिक धरातल बलियो बनाउन शुद्धीकरण आन्दोलनसँगै आर्थिक जग बलियो बनाउन ‘सान्–फान्’ (१९५२) आन्दोलन अघि बढायो । भ्रष्टाचार, नोक्सानी र नोकरशाहीका विरुद्ध सङ्घर्ष ग¥यो । सन् १९५५ तिर चीनले धेरै हदसम्म फारोतिनो गर्ने कुरामा जोड दियो । उत्पादन बढाउने, मनपरी खर्च नगर्ने, खेर नफाल्ने संस्कार विकासमा जोड दियो । चीनलाई समृद्ध बनाउन औद्योगिकीकरणको बाटो अनिवार्य थियो तर चीनले माटो सुहाउँदो स–साना उद्योग, हस्तकला र कृषिसँग जोडिएका उद्योगहरूमा जोड दियो । समाजवादमा रहने श्रमिक र किसानबीचको अन्तरविरोध हटाउन ग्रामीण क्षेत्र केन्द्रित स–साना उद्योगहरू स्थापना गरियो । आज त्यसको प्रतिफल संसारले देखिरहेको छ ।
‘सही विचार कहाँबाट आउँछ ?’ भन्ने प्रश्नमा माओ लेख्नुहुन्छ– “मानिसको सामाजिक अस्तित्वले नै उसको विचारको निर्धारण गर्छ । एकचोटि प्रगतिशील वर्गको प्रतिनिधित्व गर्ने सही विचारलाई जनसमूहले बुझिसकेपछि ती विचारहरू भौैतिक शक्तिमा फेरिन जान्छन् जसले समाजलाई फेर्छ र संसारैलाई फेर्छ ।” पुस्तकभित्र ‘प्रचार–कार्यसम्बन्धी चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनमा भाषण’ बेजोडको छ । पुँजीवादी बन्दोवस्त र समाजवादी बन्दोवस्तबीचको भिन्नता, अन्तरविरोधहरूको चर्चा छ । आधुनिक उद्योग, आधुनिक कृषि तथा आधुनिक विज्ञान र संस्कृतिसहितका समाजवाद निर्माण नै युगको माग हो । त्यसका निम्ति श्रमिक र किसानहरूलाई नै बुद्धिजीवी बनाई जनशक्तिका रूपमा तयार गर्नुपर्छ । बुद्धिजीवीहरूले मोटा र ठूला पुस्तकमात्र पढेर हुन्न जमिन अर्थात् जनतासँग प्रत्यक्ष जोडिनुपर्छ, एक हुनुपर्छ । शुद्धीकरण आन्दोलनले सत्य र स्पष्ट विचारलाई जीवन्त राख्छ । गलत र नराम्रा विचारहरूको जरा उखेल्छ । यसरी नै चीनको समाजवादको जग बलियो भएको हो भन्न सकिन्छ ।
सिद्धान्तलाई व्यवहारमा जोड्ने र व्यवहारबाट पुनः ज्ञान हासिल गर्ने, मानवसमाजका अन्तरविरोधहरूसँग निरन्तर जुझिरहने, विचारहरूको प्रतिस्पर्धा गर्न दिने, शुद्धीकरण आन्दोलन सँगै देशको वैचारिक भूधरातल खँदिलो बनाउने र आर्थिक समृद्धिको जग तयार गर्ने प्रश्नहरूमा माओको विचार आज पनि उत्तिकै सामयिक छन् । यी विचारको सही ढङ्ग अनुसरण नगरेकै कारण आज नेपालको कम्युनिस्ट आन्दोलनले क्षति भोग्दै छ ।
Leave a Reply