भर्खरै :

भेनेजुयलामा हमला गर्न सेना ओसार्दै संरा अमेरिका

भेनेजुयलामा हमला गर्न सेना ओसार्दै संरा अमेरिका

क्युवा सरकारले मानवताको बहानामा वाशिङ्टनले भेनेजुयलामा सैनिक हमलाको तयारी गरिरहेको बताएको छ । हवाना सरकारले यस्तो अवस्था आउन नदिन अन्तर्राष्ट्रिय समुदायको क्रियाशीलताको लागि आग्रह गरेको छ ।
“संरा अमेरिकाले भेनेजुयलामाथि सैनिक हमला गर्न मानवीय सङ्कटको बहाना बनाइरहेको छ । सार्वभौम देशमाथि धम्की, दबाब, बल र कथित मानवीय सहायताको बहानामा वाशिङटनले हमलाको तयारी गरिरहेको छ ।“, क्युवा सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ ।
क्युवाले संरा अमेरिकाले भेनेजुयलामाथि हमला गर्ने मानवीय सहायताको बहाना खोजिरहेको, सर्वसाधारण भेनेजुयालीको जीवन रक्षा गर्ने नाममा भेनेजुयलामाथि हमला गर्ने बाटो खोजिरहेको बताएको छ ।
वक्तव्यमा संरा अमेरिकाले गएको फेब्रुअरी ६ र १० मा आफ्ना सैनिक विमानमार्फत सेना ओसारेको खुलासा गरेको छ । अमेरिकी सेनालाई प्युर्टो रिको, डोमिनिकन गणराज्य र अन्य क्यारिबियाली देशहरूमा रहेका अमेरिकी सैनिक आधारहरूमा ओसारिएको तर त्यसबारे सम्बन्धित देशलाई कुनै पनि जानकारी गराइएको थिएन । गोप्यरूपका कारबाही गर्ने विशेष सैनिक टोली र जलसैनिक टुकडी पनि विभिन्न देशमा तयारी अवस्थामा रहेको क्युवाको वक्तव्यमा भनिएको छ ।
भेनेजुयलामा आफूले मान्यता दिएको सरकारलाई मान्न वाशिङटनले विभिन्न देशमाथि निकृष्ट तरिकाले दबाब दिइरहेको हवानाले बतायो । संरा अमेरिकाले स्वघोषित राष्ट्रपति ह्वान ग्वाइडोलाई मान्यता दिन विभिन्न देशका सरकारलाई दबाब दिने गर्दै आएको छ ।
क्युवा सरकारले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्माा दर्ता गरिएको संरा अमेरिकाले मस्यौदा गरेको प्रस्तावको विपक्षमा उभिने पनि घोषणा गरेको छ । भेनेजुयलामा प्रजातन्त्र पुनस्र्थापनाको लागि भन्दै संरा अमेरिकाले ल्याएको सो प्रस्तावलाई क्युवाले सैनिक हमलाको बहानाबाजी भनेको छ ।
“यस्तै कारण देखाएर संरा अमेरिकाले युगोस्लाभिया, इराक, लिवियालगायत देशमाथि हमला गरेको कुरा भुल्नु हुन्न । ती देशहरूमा भएको हमलाका कारण धेरै मानिस मारिनुका साथै ठुलो क्षति भएको थियो ।”, वक्तव्यमा भनिएको छ ।
भेनेजुयलाको वर्तमान राजनीतिक समस्या समाधानको लागि माडुरो सरकारले अघि सारेको वार्ताको प्रस्तावलाई क्युवाले समर्थन गरेको छ ।
भेनेजुयलाः हिजो र आज, ०७६

Leave a Reply

Your email address will not be published. Required fields are marked *