भर्खरै :

गःपलि टोल सुधार समितिको भेला

गःपलि टोल सुधार समितिको भेला

भक्तपुर, २७ पुस । गःपलि टोल सुधार समितिको आयोजनामा वनभोज तथा सम्मान कार्यक्रम आइतबार च्वङा गणेश स्थानमा सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले टोल सुधार समितिले टोलवासीको समस्या समाधानमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
टोलको विकास अरूको मुख ताकेर होइन वडावासी आफै अग्रसर भई गर्नु जरूरी भएको उल्लेख गर्दै उहाँले निःस्वार्थ सेवाले आत्मविश्वास बढ्ने बताउनुभयो ।
वडाध्यक्ष सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रमा व्यक्त प्रतिबद्धता पूरा गर्न नगरपालिकाका जनप्रतिनिधिहरू इमानदारीपूर्वक लागिपरेको छ ।”
टोल सुधार समितिका सल्लाहकार एवम् भक्तपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबञ्जारले गःपलि टोल सुधार समितिले स्थापना कालदेखि नै सराहनीय र उल्लेखनीय काम गरिरहेको छ भन्नुभयो । उहाँले सकारात्मक भावनाले ऊर्जा प्राप्त हुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका सचिव रवीन्द्र श्रेष्ठ, कोषाध्यक्ष रविन छुस्याकीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा वडाध्यक्ष सुवालले उद्योग वाणिज्य सङ्घका निवर्तमान रोशनीमैयाँ धौबञ्जार र वडाको बाटो ढुङ्गा छपाइ उपभोक्ता समितिमा बसेर सहयोग गर्ने सदस्यहरूलाई प्रशंसापत्र वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *