मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
पेइचिङ, २८ पुस (सीजीटीएन) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले जनवरी १२ मा चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय अनुशासन निगरानी समितिको पाँचौँ पूर्ण बैठकलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ ।
सम्बोधनमा राष्ट्राध्यक्ष सीले भन्नुभयो, “पार्टीको सम्पूर्ण नेतृत्वलाई मजबुत पार्नुपर्छ । अझ उच्च मापदण्ड र वास्तविक कदममार्फत गम्भीर रूपमा पार्टीको पूर्ण सञ्चालनलाई प्रवद्र्धन गर्नुका साथै पार्टी केन्द्रीय समितिको महत्वपूर्ण निर्णय र निर्देशनलाई अझ दृढताका साथ व्यवहारमा उतार्नुपर्छ । यसका अतिरिक्त अझ वैज्ञानिक र प्रभावकारी तरिकामार्फत अधिकारलाई व्यवस्थित पारी अटलताका साथ भ्रष्टाचारविरूद्धको सङ्घर्षलाई अघि बढाएर पन्धौँ पञ्चवर्षीय योजनालाई साकार तुल्याउनका लागि सुदृढ प्रत्याभूति दिनुपर्छ ।”
सीपीसी केन्द्रीय राजनीतिक ब्युरो स्थायी सदस्य ली छ्याङ, चाउ ल ची, वाङ हु निङ, छाइ छी र तिङ स्युए स्याङ उक्त बैठकमा सहभागी हुनुभएको छ । सीपीसी केन्द्रीय राजनीतिक ब्युरो स्थायी सदस्य एवम् केन्द्रीय अनुशासन निगरानी समितिका सचिव ली सीले सो बैठकको अध्यक्षता गर्नुभएको छ ।
आफ्नो स्वार्थका लागि अरूसँग निहुँ नखोज्न चीनद्वारा अमेरिकालाई आग्रह
यसैबिच जनवरी १२ का दिन चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै ग्रीनल्यान्ड टापुसम्बन्धी अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइबारे चीनको अडानबारे प्रकाश पार्नुभएको छ ।
माउ निङका अनुसार, उत्तरी ध्रुव अन्तर्राष्ट्रिय समाजको समष्टिगत हितसँग सम्बन्धित रहेकोले चीनले उत्तरी ध्रुवमा गर्ने गतिविधिको उद्देश्य त्यसको शान्ति, स्थिरता र दिगो विकासलाई प्रवद्र्धन गर्नु रहेको छ । त्यो अन्तर्राष्ट्रिय कानुनसँग पनि मेल खान्छ । विभिन्न देशले कानुनबमोजिम उत्तरी ध्रुवमा गतिविधि गर्ने अधिकार र स्वतन्त्रताको विस्तृत रूपमा सम्मान गर्नुपर्छ । अमेरिकाले आफ्नो स्वार्थका लागि अरू देशसँग निहुँ खोज्नु हुँदैन ।
प्रवक्ता माउ निङका अनुसार, चीनले सधैँ नै अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेपको विरोध गर्नुका साथै विभिन्न देशको सार्वभौमिकता र सुरक्षाको व्यापक रूपमा संरक्षण गरिनुपर्ने अडान लिँदै आएको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा सशस्त्र शक्तिको प्रयोग गर्ने अथवा शक्ति प्रयोगको धम्की दिने कुराको पनि चीनले विरोध गर्दै आएको छ । भविष्यमा विभिन्न पक्षहरूले सम्बद्ध क्षेत्रीय शान्ति र स्थिरताका लागि हितकर हुने गतिविधि चलाउँदै जाने आशा चीनले गरेको पनि प्रवक्ता माउ निङले बताउनुभएको छ ।
Leave a Reply