मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौँ नगरसभा सोमबार सम्पन्न भयो ।
नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष प्रजापतिले उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, अतिथि, राजनैतिक तथा सामाजिक अगुवा, बुद्धिजीवी साथै नगरसभा अवधिभर सहयोग गर्ने जनप्रतिनिधि र कर्मचारीलगायत सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले जनप्रतिनिधिहरूलाई जनताको भावनाअनुसार काम गर्न प्रेरित गर्दै स्थानीय तहको सेवा प्रवाह प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो पदअनुसार काम गर्न जरुरी छ भन्नुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको उन्नाइसौँ नगरसभाको सोमबार बसेको बैठकले कर प्रशासनसम्बन्धी संशोधन प्रस्ताव, कर्मचारी म्याद थप प्रस्ताव र विभिन्न योजनाको रकमान्तरण तथा बजेट स्रोत सुनिश्चितताको लागि बजेट संशोधन प्रस्ताव र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O and M) : प्रस्ताव सर्वसम्मतिले पारित ग¥यो ।
सभामा अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समिति, खेलकुद समिति, आर्थिक तथा लेखा समिति, महिला बालबालिका तथा समाज कल्याण समिति, निर्माण समिति, बजार अनुगमन समिति, योजना अनुगमन समिति, वातावरण तथा पर्यटन समिति, शिक्षा समिति र न्यायिक समितिको प्रतिवेदन सम्बन्धित समितिका संयोजक तथा सदस्यहरूले प्रस्तुत गरेका थिए ।
सभामा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाको १९ औँ नगरसभाको प्रतिवेदन सङ्क्षिप्तमा प्रस्तुत गर्नुभयो ।
भक्तपुर नपाको उन्नाइसौँ नगरसभाले राष्ट्रपति मादुरो दम्पतिमाथि लगाइएको झूटा मुद्दा फिर्ता लिन र उहाँहरूलाई सकुशल रिहाको लागि प्रस्ताव पारित गरेको थियो ।
२०८२ पुस २४ गतेबाट सुरु भई पुस २८ गते सम्पन्न भक्तपुर नपाको उन्नाइसौँ नगरसभा तीन दिन चलेको थियो ।
Leave a Reply