लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
भक्तपुर, २ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नगरस्तरीय कार्यकर्ता भेला शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपाको मुख्य उद्देश्य देश र जनताको निःस्वार्थ सेवा भएकोले पार्टीका सबै कार्यकर्ताहरू यही उद्देश्य पूरा गर्न अघि बढनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यकर्ताहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा जानकारी राख्नु जरूरी छ† यसको लागि पार्टी प्रकाशनको अध्ययन र अन्तरक्रिया चालु राख्नुपर्छ ।”
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले पार्टीको केन्द्रीय परिषद्बाट पारित प्रस्ताव र निर्णयहरू हरेक तल्लो तहदेखि पालना गर्नु जरुरी रहेको चर्चा गर्दै पार्टी अनुशासनको महत्वबारे उल्लेख गर्नुभयो ।
युवा पुस्तालाई समेटिने गतिविधि गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वडा र टोल टोलसम्म नियमितरूपमा पार्टी गतिविधिलाई अगाडि बढाउनुपर्छ भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “इतिहासबाट पाठ सिकेर अगाडि बढ्नु जरूरी छ । भदौ २३ र २४ गतेको घटनामा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको हात रहेको प्रमाणित हुँदै आएको छ ।”
पार्टीका अर्का केन्द्रीय सदस्य सृजना सैंजूले नेमकिपाले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरूद्ध स्थापनाकालदेखि नै सङ्घर्ष गर्दै जनतालाई राजनीतिकरूपमा सचेत पार्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले भेनेजुयलामा गरेको आक्रमण र मादुरो दम्पतीको अपहरण संयुक्त राष्ट्र सङ्घको बडापत्रविपरीत छ । विश्वका न्यायपे्रमी जनताले अमेरिकी साम्राज्यवादी यो कुकृत्यलाई सधैँ भत्र्सना गरिरहने छ ।”
लक्ष्मीभक्त लासिवाको सभापतित्वमा भएको उक्त भेलामा गङ्गाराम ज्याख्व र कृष्णगोविन्द लाखाले पार्टीको स्थापना दिवसको महत्वबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply