भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
सुर्खेत, १३ माघ । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति सुर्खेतको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा विश्वका क्रान्तिकारी महिलाको जीवनी विषयमा अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सल्लाहकार नर्मा गुरुङले नेक्रामसङ्घका साथीहरूले विश्वका क्रान्तिकारी महिलाहरूबाट सिकेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले कार्ल माक्र्सकी श्रीमती जेनी माक्र्सले आफ्नो सुखसयल जीवनलाई छाडेर आफ्ना बच्चाहरूको बिचल्ली भए पनि विश्व कम्युनिस्ट आन्दोलनको निम्ति गरेको त्याग र समर्पणका कारण महिलाका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।
नेमकिपा सुर्खेत जिल्ला अध्यक्ष एवम् कर्णाली प्रदेश सदस्य हरिबहादुर बोहराले पार्टी स्थापनाका दुई मुख्य आधार नेपाल कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन र रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतनबारे चर्चा गर्दै पाँच दशकदेखि नेपाल कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ भएर उभिएकोले हामी अझ गर्वका साथ सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कर्णाली प्रदेश सदस्य एवम् नेक्रायुसङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाले राजनीतिक कुसंस्कारको चर्चा गर्दै अब आउने नयाँ पुस्ता विचार र व्यवहारले परिपक्व भएर आफ्नो राजनीतिक जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न अघि सर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तुल्सी खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शेरबहादुर शाही, प्रेमकुमार थापा, जानकी सुनार, कल्पना शाह, प्रतिभा शाही, रमा गुरुङ, उर्मिला खड्का र रणबहादुर रानाले विभिन्न क्रान्तिकारी महिलाको विषयमा बोल्नुभएको थियो ।
Leave a Reply