इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
भक्तपुर, १५ माघ । भक्तपुरको कमलविनायक बसपार्क नजिक बुधबार बेलुकी भएको सडक दुर्घटनामा परी भक्तपुर नगरपालिका वडा नं. ८ जेँला बस्ने २६ वर्षीय बिमल बनमालाको निधन भएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार कमलविनायकबाट च्याम्हासिंहतिर जाँदै गरेको एक मोटरसाइकल अनियन्त्रित भई लड्दा त्यसलाई छल्न विपरीत दिशाबाट आइरहेको स्कुटरलाई रोक्दा पछाडिबाट हुइँकिदै आएको टिपरले ठक्कर दिई किचेको थियो । घटनामा परी स्कुटरमा सवार बिमलको घटनास्थलमै निधन भएको थियो भने अर्का सवार राजेश बनमाला घाइते भएका छन् । घाइते राजेशको हाल बीएन्डबी हस्पिटलमा उपचार भइरहेको छ ।
मृतक बनमाला भक्तपुरको प्रसिद्ध नवदुर्गा गणका सदस्य भएकोले उनको निधनले नवदुर्गा नाचसमेत केही दिन रोकिने बताइएको छ ।
दुर्घटनापछि सिन्धुपाल्चोकका टिपरचालक २५ वर्षीय राजकुमार माझीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
बिहीबार महानगरीय प्रहरी वृत्त जगातीमा भएको सरोकारवालाबिचको बैठकले टिपरधनीले मृतक बनमालाको परिवारलाई रू. १६ लाख क्षतिपूर्ति दिने र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने सहमति भएको बताइएको छ । टिपरधनी वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाका छोरा सुमन थापा भएको बताइएको छ ।
Leave a Reply