इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
भक्तपुर, १५ माघ । नेमकिपा भ.न.पा.४ बोलाछेँ एकाइ समितिको आयोजनामा बुधबार नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सदस्य सृजना सैँजूले पाँच दशकभन्दा लामो समयदेखि शोषितपीडित कामदारवर्गको मुक्ति र न्यायका लागि सङ्घर्ष गरिरहेको चर्चा गर्नुभयो ।
उहाँले देश र जनताको वास्तविक शत्रु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद र तिनको पछि लाग्ने शासक दल तथा विदेशी शक्तिद्वारा परिचालित सबै नयाँ पुराना दलहरूसित सचेत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भदौ २३ को घटनापछि देशको सार्वभौमिकतामाथि थप खतरा निम्तिएको चर्चा गर्नुभयो ।
उहाँले विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्ने भाष्यविपरीत स्कूले बालबालिका अगाडि सारी विदेशी शक्तिको स्वार्थ अनुकूल राजनीति गर्नेहरूसँग देशको अस्तित्व रक्षा गर्ने कुनै ठोस नीति नभएको जिकिर गर्दै युक्रेनका जेलेन्स्कीजस्ता कलाकारहरूको लहलहैमा जानु गलत भएको बताउनुभयो । राजनीति कुनै ठुलो पद र पैसाका लागि नभई जनताको सेवामा समर्पित रहनको लागि हुनुपर्ने भनाइ उहाँले व्यक्त गर्नुभयो ।
शिक्षाविद् उद्धव सुजखूले नेमकिपा स्थापनाका आधारहरूबारे बताउँदै समाजवाद हुँदै साम्यवादी व्यवस्थाको लागि सङ्घर्षरत रहेको पार्टी कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भका रूपमा स्थापित भइसकेको चर्चा गर्नुभयो । उहाँले नीति निर्माण गर्ने थलोमा शोषितपीडित कामदार जनतालाई पठाउन सङ्घर्षरत पार्टी नेमकिपा सिद्धान्तनिष्ठ, निष्कलङ्क र घोषणापत्रलाई व्यवहारमा लागू गर्ने पार्टी भएको हुनाले जनताका उम्मेदवारहरूलाई जिताउन साथ र सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा भजिसका उपेन्द्र सुवालले नबिराउनु नडराउनु भनेझैँ पार्टीले लिएको सिद्धान्त र नीतिको पालनाले मात्रै देशमा आमूल परिवर्तन सम्भव हुने बताउँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यअनुरूप पार्टीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा गर्दै आएको योगदानबारे चर्चा गर्नुभयो । उहाँले लेनिनवादी नीतिअनुरूप चुनावको उपयोग गर्दै व्यापक जनतालाई सचेत गर्ने कर्तव्य पूरा गर्नु समयको आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा बोलाछेँ एकाइ समितिका इन्चार्ज एच.एस.सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा विश्वराम त्वायना, कृष्णगोविन्द दुवाल, तनहुँ, नवलपरासी, पर्वतका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका रामलक्ष्मी दुवाल, रञ्जना सुवाल, एलिना सुवाललगायतले बोल्नुभयो ।
Leave a Reply