नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा भेला तथा प्रशिक्षण कार्यक्रम नेपाल मजदुर किसान पार्टी काठमाडौँ रामेछाप सम्पर्क समितिका संयोजक धनबहादुर श्रेष्ठको सभापतित्व र न्हुछेभक्त फोजुको प्रमुख आतिथ्यमा शुक्रबार भयो ।
कार्यक्रममा अतिथि न्हुछेभक्त फोजुले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने उम्मेदवारहरूले जनताको के कस्ता विषय उठाउनुपर्छ† उम्मेदवार हुनुको उद्देश्य कस्तो हुनुपर्ने भन्ने विषयमा प्रस्ट पार्नुभयो ।
गणेशराम थुसाले कम्युनिस्ट पार्टीहरू पुँजीवादी व्यवस्थाको सरकारमा जानुहुन्न हुने विषय प्रस्ट पार्नुभएको थियो ।
कार्यक्रममा श्यामकृष्ण खत्रीले जनतासँग नजिक भएर जनताको दुःख सुख विकास निर्माणको काममा भाग लिँदा जनताको भावना बुझी काम गर्नसक्नेमा प्रस्ट पार्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट रामेछाप जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार केशरी श्रेष्ठले योजनाहरू प्रस्तुत गर्नुभएको थियो भने दोलखा क्षेत्र नम्बर १ को उम्मेदवार बिमला श्रेष्ठले पनि योजनाहरू पेस गर्नुभएको थियो ।
Leave a Reply