नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
सुर्खेत, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम शुक्रबार वीरेन्द्रनगर अलायचौरमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य नर्मा गुरुङले नेपाली नै नरहने हो भने तेरो दल र मेरो दल पनि हुनेछैन भन्दै शासक दलहरूले कमिसनका लागि विदेशी पुँजीपतिवर्गको सेवा गरी देशलाई डुबाएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले निर्वाचनमा पैसा सामान बाँडेर, भोज भतेर खुवाएर निर्वाचन जित्ने पुँजीवादी निर्वाचन प्रणाली नै कमजोरी भएकोले कामदार जनताका छोराछोरी निर्वाचित हुन गा¥हो भएको बताउँदै मतदाताले विगतको समीक्षा गर्दै मतदान गर्न आग्रह गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य हरिबहादुर बोहराले आचारसंहिता मिचेर पुँजीवादी दलहरूले निर्वाचन जित्ने र राज्यको सम्पत्ति दोहन गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य धनेन्द्र विक, लालबहादुर थापा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकल राना, नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला समिति सुर्खेतका अध्यक्ष रणबहादुर राना, मनबहादुर विक, अङ्गबहादुर शाही, खेमराज कँडेल, सर्मिला विकले पनि बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति सुर्खेतका अध्यक्ष निरकबहादुर शाहीको अध्यक्षतामा भएको थियो ।
Leave a Reply