भर्खरै :

देशलाई आत्मनिर्भर बनाउन उद्योग र कारखाना आवश्यक

देशलाई आत्मनिर्भर बनाउन उद्योग र कारखाना आवश्यक

देशमा जनताका आधारभूत आवश्यकता पूरा गर्न उद्योगहरू खोल्दै जानुपर्छ । कृषि र उद्योगको विकासले जनताको लागि आवश्यक उपभोग्य वस्तु तथा सामग्रीहरू उत्पादन हुन्छ । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ† देशको रकम बिदेसिँदैन र जनताको जीवन स्तर बढ्छ । उद्योग, कारखाना नभएको देश जहिले पनि परनिर्भर भइरहन्छ । देशमा चालु सरकारी उद्योगधन्दा तथा संस्थानहरू सञ्चालनमा निरन्तरता दिनुपर्छ । जनताको आवश्यकता र मागअनुसार उद्योग र कारखानालाई विस्तार गर्नुपर्छ । चालु उद्योगलाई सञ्चालनमा निरन्तरता दिने, बन्द भएका उद्योगलाई फेरि चलाउने र भएको स्रोत र साधनको आधारमा थप उद्योग सञ्चालन गरेर देशको आवश्यकता पूर्ति गर्नेतर्फ सरकार लाग्नुपर्छ ।
देशमा उद्योग सञ्चालन गर्न देशका पुँजीपतिहरूको पनि सहयोग लिन सकिन्छ । देशका व्यापारी, व्यवसायी या पुँजीपतिहरूको लगानीमा पनि सरकारले उद्योग खोल्ने वातावरण तयार गर्नुपर्छ । देशको अर्थतन्त्रलाई बलियो बनाउने आधार उद्योग तथा कलकारखाना सञ्चालन गर्नु नै हो । देशलाई आत्मनिर्भर बनाउन, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न उद्योग नखोली सुखै छैन । आवश्यकताअनुसार सामान आपूर्ति गर्न सकिएन भने समाजमा आर्थिक विषमता र विदेशी प्रभाव बढ्दै जानेछ । जब आर्थिक विषमता बढ्दै जान्छ† असन्तोषको स्वर सल्कँदै जान्छ तब देशमा अर्को सङ्कट थप्छ । एकपछि अर्को सङ्कट थप्नु भनेकै सरकारले यथोचित काम गर्न नसक्नु हो ।
देशलाई औद्योगिक रूपमा अघि बढाउन सके देशलाई सम्पन्न र आत्मनिर्भर बनाउन सकिन्छ । यसको लागि कृषिसँग सम्बन्धित र कृषि उत्पादनबाट हुने रोजगारमूलक घरेलु तथा स–साना उद्योगको विकासमा पनि प्राथमिकता दिनुपर्छ । उद्योगको विकास र विस्तार गर्न यातायातको बन्दोबस्त हुनुपर्छ । उद्योगलाई निरन्तरता दिन सहुलियतपूर्ण ऋण, कच्चा मालमा भन्सार सहुलियत र बैङ्कको ब्याजमा सुविधा दिनुपर्छ । जडीबुटीको संरक्षण र संवद्र्धन गर्नुपर्छ । जडीबुटीको प्रशोधन र औषधि कारखाना जडीबुटी प्राप्त हुने स्थानमै कल कारखाना खोल्नुपर्छ । देशमा पर्यटन उद्योगको पनि छिट्टै विकास गर्नसक्ने वातावरण छ । देशका विश्व सम्पदाहरूको संरक्षण गरे आकर्षणको केन्द्र मात्र होइन आम्दानीको महत्वपूर्ण स्रोत हुनेमा शङ्का छैन । यातायात र हवाई सेवा भएको विभिन्न जिल्लामा पनि पर्यटनको विकास गर्न सकिन्छ ।
उद्योगको विकास र विस्तार गर्न बाटोघाटोको पनि बन्दोबस्त हुनुपर्छ । बाटो–घाटो गाउँ–बस्तीमा पुग्नुपर्छ । बाटो, बिजुली र पानीको सुविधाबिना कलकारखाना सञ्चालन गर्न कठिन हुन्छ । दैलेखमा पत्ता लागेको ग्यास प्रयोग गर्ने वातावरण बनाइनुपर्छ । चुन, सिमेन्ट, कागज कारखाना पनि पर्याप्त मात्रा यहीँ सञ्चालन गर्न सकिन्छ । इँटा उत्पादन भइरहेकै छ । फलाम खानीको अनुसन्धान आवश्यक छ । कपडा कारखाना, जुत्ता कारखाना, चिनी कारखाना, जडीबुटी पनि राम्ररी सञ्चालन गर्न सकिन्छ । नुनको खानी भएको पनि बेलाबखत सञ्चारमाध्यममा आइरहेकै हो । अतः आफ्नै देशको बनजङ्गल, खानी र हावापानीमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिएर प्रक्रिया अघि बढाइनुपर्छ ।
तराईमा औद्योगिक खेतीको विकास गर्न सकिन्छ । पुरानो उद्योगलाई निरन्तरता दिने र आवश्यकताअनुसार नयाँ उद्योगहरू खोल्नेतर्फ सरकार लाग्नुपर्छ । नेपाल जडीबुटीको केन्द्र हो† यहाँ जडीबुटीको विकास गर्न सकिन्छ । पानीको भण्डार रहेको नेपालमा पानी बिक्री गरेर पनि आम्दानी गर्न सकिन्छ । ढुङ्गा माटो भएको देशमा रोडामा आत्मनिर्भर बनाउन सकिन्छ । बिजुली बत्ती प्रशस्त निकालेर नेपालीलाई वितरण गरेर बाँकी भएको बिजुली वितरण गर्न सकिन्छ । जुत्ता, कपडा पर्याप्त तयार गर्न सकिन्छ । यी सबै बन्दोबस्तको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति तयार गर्नुपर्छ देशलाई औद्योगिकीकरणतर्फ विकास गर्न सके देश विकाससँगै जनताको जीवन स्तर पनि उठ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *