विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
सन् २०२६ जनवरी ३ मा मध्य राति एक सार्वभौम देश भेनेजुयलामाथिको अमेरिकी आक्रमण संयुक्त बडापत्रको उल्लङ्घन थियो । पुँजीवादी राजनेताहरू मुखले एउटा बोल्ने गर्छन् भने काम ठीक उल्टो गर्छन् । पुँजीवादी नेता कसैले शान्तिको कुरा ग¥यो भने उसले युद्धको तयारी गरिरहेको छ भन्ने बुझ्नुपर्छ । ट्रम्प एक वर्षअगाडिको चुनावी अभियानमा विश्वमा भइरहेको सबै युद्ध बन्द गर्ने र अमेरिका प्रथम भन्ने प्रतिबद्धताबाट चुनाव जित्न सफल भएका थिए । तर, आज विश्वलाई आतङ्कित पार्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलामाथि आक्रमण गरी निर्वाचित राष्ट्रपति निकोलस मादुरो र पत्नी सिलिया फ्लोरेसलाई अपहरण गरी अमेरिका पु¥याए ।
यस्तो आक्रमणले अन्तर्राष्ट्रिय देशहरू विशेषतः ल्याटिन अमेरिका र क्यारिवियाको क्षेत्रमा शान्ति र स्थिरतामाथि गम्भीर खतरा पु¥याएको छ । भेनेजुयलामाथिको आक्रमण विशेषतः खनिज, इन्धनजस्ता स्रोत साधनमाथि कब्जा जमाउनु नै अमेरिकाको प्रमुख उद्देश्य हो । अमेरिकी विदेशमन्त्री रुबियोले ‘हामी भेनेजुयलाको तेल उद्योगलाई संयुक्त राज्य अमेरिकी देशहरूको नियन्त्रणमा बाहिर जान दिँदैनौँ† पश्चिमा गोलाद्र्ध हाम्रो हो’ एक टेलिभिजनसँगको कुराकानीमा उल्लेख गरे । यो अमेरिकी भनाइ ‘मुनरो’ नीतिकै एक शिलशिला हो ।
पाँचौँ अमेरिकी राष्ट्रपति मुनरोले प्रतिनिधिसभाको एक भाषणमा उत्तर र दक्षिण अमेरिकाबारे ‘अमेरिका अमेरिकीहरूको हो’ भनेका थिए । यसको तात्कालीन अवस्थामा उपनिवेश जमाएर बसेका युरोपेली देशहरू दक्षिण अमेरिका छोड्नु भन्ने अर्थ हो । आज अमेरिकी साम्राज्यवाद पुरानै मुनरो नीति आत्मसात गर्दै छ । एक स्वाधीन राष्ट्रमाथिको बर्बर सैनिक आक्रमणको विरोधमा विश्व जनमत एकातिर छ । यो अमेरिकी साम्राज्यवादको एक ध्रुवीय महाशक्ति अन्त्यको सङ्केत पनि हो ।
चीनले भेनेजुयलामाथिको आक्रमणको विरोध गर्दै ‘ट्रम्प प्रशासन विश्वको प्रहरी नठान्नु र मादुरो दम्पतीलाई तत्काल फिर्ता गर्न’ भन्यो । इरानले भेनेजुयलामाथिको आक्रमण अमेरिकी गुण्डागर्दी भनी विरोध ग¥यो । क्युवाले भेनेजुयलाको जनताको लागि रगत दिन तयार रहेको उल्लेख गर्दै अमेरिकी राज्य आतङ्कको विरोध ग¥यो । कोलम्बिया र ब्राजिलले ‘मादुरो’ दम्पती सकुशल तत्काल रिहा गर्न आह्वान गरे । रुस, स्पेन, अर्जेन्टिनाले अमेरिकी बर्बर आक्रमण भनी विरोध गरे । रुसले शान्तिपूर्ण समाधानको लागि मध्यस्थता गर्न तयार रहेको बतायो । संयुक्त राज्य अमेरिकाको कायरतापूर्ण कदमको निन्दा गर्दै भेनेजुयाली राष्ट्रपति निकोलस मादुरो दम्पती तत्काल फिर्ता गर्न निकारागुआले माग ग¥यो । ब्राजिलले कुनै पनि बहानामा गरिएको भेनेजुयलामाथिको आक्रमण जायज नभएको भनी कडा विरोध ग¥यो । अमेरिकी जनता स्वयम् सडकमा उत्रेर ‘तेलको लागि रगत दिन सक्दनौँ’ भनेर भेनेजुयलामाथि आक्रमण बन्द गर्न विरोध प्रदर्शन गरे ।
भेनेजुयाली सरकारले संरा अमेरिकी आक्रमणलगत्तै राष्ट्रिय सङ्कटको घोषणा गर्दै भेनेजुयाली भूमि र जनतामाथि संरा अमेरिकाको गम्भीर सैनिक आक्रमणको कडा विरोध गरेको छ । सरकारी वक्तव्यमार्फत देशभक्त सिमोन बोलिभारलगायत नेताहरूको विरासत कायम गर्दै देशको स्वाधीनता रक्षा गर्न देशभर अमेरिकी साम्राज्यवादविरुद्ध प्रत्याक्रमण गर्न आह्वान गरिएको छ । विश्वव्यापी अन्तर्राष्ट्रिय एकताको लागि पनि आग्रह गरिएको छ ।
साम्राज्यवादले अन्य निर्धन राष्ट्रहरूको प्राकृतिक स्रोत साधन, भूमिजन्य उत्पादनको साथै भूमिसमेत कब्जा गर्ने गर्दछ । लेनिनले भन्नुभएको थियो, “पुँजीवादको चरम विकास साम्राज्यवाद हो ।” प्रथम विश्वयुद्धपछिको विश्व महामन्दीपश्चात् जर्मनमा हिटलरको उदय भयो । हिटलरको फासीवादले छिमेक देशहरूमाथि आक्रमण सुरु ग¥यो । सन् १९३८ मा जर्मन भाषा बोल्ने बहुमत भएको अस्ट्रिया तथा चेकोस्लाभियाको सुटेन क्षेत्र आफ्नो देशमा गाभियो । सन् १९३८ मा दसौँ लाख सैनिकद्वारा पोल्यान्डमाथि आक्रमण गरी कब्जा गरियो । तत्पश्चात् युरोपको नेदरल्यान्ड, नर्वे, फ्रान्सलगायतका युरोपेली देश कब्जा गरियो । सन् १९३९ मा नै रुससँग आक्रमण सन्धि गरेको जर्मनले सन् १९४३ मा रुसमाथि धावा बोल्यो । यसरी जर्मन, युरोप पश्चिम, एसिया कब्जा गर्न साँढेजस्तै तीव्रगतिमा आक्रामक ढङ्गले अघि बढेपछि विश्वका ठुला शक्तिशाली राष्ट्रहरू हिटलरविरुद्ध एक हुन बाध्य भए । यसै मेसोमा संरा अमेरिका, बेलायत, रुसबिच त्रिपक्षीय संयुक्त मोर्चा बन्यो र जर्मनलाई पराजित गरी सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भयो ।
आज अमेरिकी साम्राज्यवादको बहुलट्ठी प्रवृत्तिका कारण विश्वका साना राष्ट्रहरूको सार्वभौमिकतामाथि कालो बादल छाएको छ । यसै अवस्थामा अमेरिकी एक धु्रवीय शक्तिको विरोधमा अन्य शक्ति राष्ट्रहरू तमासे भएर बसे ल्याटिन अमेरिकी राष्ट्र, क्यारेबियन, युरोपेली तथा एसियाका राष्ट्रहरूको समेत सुरक्षित हुने अवस्था देखिँदैन ।
सन् १९५१ मा क्युवामा फिडेल क्यास्ट्रोको कम्युनिस्ट क्रान्तिपछि १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले क्युवामाथि आक्रमण गर्न सैनिक बेडा पठाए । रुसका राष्ट्रपति ख्रुश्चेभले आणविक युद्धकै धम्की मोलेर मिसाइलको तैनाथ गरेर क्युवाको सुरक्षा गरे । त्यसपछि रुससँग हुनसक्ने लडाइँबाट अमेरिका पछि हट्यो । सोभियत सङ्घसँग महाशक्ति रहेकै अवस्थामा इजिप्टले सन् १९५६ मा राष्ट्रपति नासेरले स्वेज नहर बेलायत र फ्रान्सबाट मुक्त गराएपछि मौकाको फाइदा उठाउन इजरायल, फ्रान्स र बेलायतले इजिप्टमाथि हमला गरे । रुसले इजिप्टको प्रतिरक्षा गर्दै हमला नरोके बेलायत र फ्रान्सबिच पर्ने इङ्ग्लिस च्यानलमा हाइड्रोजन बम खसालेर दुवै देशलाई पानीमा दुवाई दिने धम्की दियो । अमेरिकाले युद्ध रोक्न आह्वान गरेपछि साम्राज्यवादी तीन देश पछाडि हटे । आज तेस्रो विश्वको लागि लड्न र विश्व व्यवस्था सुरक्षा गर्ने महाशक्तिको अभाव खट्किएको छ । शीत युद्धको अन्त्यसँगै महाशक्ति रुसी महासङ्घ पतनपछि इराकमाथि हमला गरी सद्दाम हुसेन मारियो । सन् २०११ मा लिवियाका राष्ट्रपति कर्णेल गद्दाफि अमेरिकी साम्राज्यवादद्वारा मारियो । आज दुवै देश अस्थिर छन् र त्यहाँको प्राकृतिक स्रोत तेल अमेरिकी र नेटो राष्ट्रहरूका हातमा केन्द्रित छन् । तर, दोस्रो विश्वयुद्धमा फासिस्ट साम्राज्यवादी तानाशाही हिटलर र मुसोलिनी अन्य देशहरूमाथि एकछत्र प्रभुत्व लाद्ने, सैनिक हमला गर्दै कब्जा गर्ने र आफ्नो साम्राज्य विस्तार गर्ने गरिएकै कारण समाप्त भयो । आज अमेरिकी साम्राज्यवादविरुद्ध विश्वका जनता एकढिक्का भएर विरोध गर्दै छन् । ग्रीनल्यान्ड, क्यानाडाजस्ता नेटो राष्ट्रका भूमिमाथि आक्रमण गरी अमेरिकी भूगोल विस्तार गर्ने धम्कीले स्वयम् आफ्ना मित्र युरोपियन देशहरू अमेरिकाविरुद्ध लड्न ग्रीनल्यान्डमा सैनिक तैनाथ गर्न सुरु गरिसकेका छन् । इरान अमेरिकासँग लड्न पूर्ण तयारीका साथ खाडीमा सैनिक तैनाथ गरी सतर्कता साथ बसेको छ । साङ्घाई सहयोग सङ्गठन (एससीओ) को २४ औँ सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले विश्वव्यापी शासन पहल (ग्लोबल गभर्नेन्स ईनीसीएटीभ) समतामूलक विश्वव्यापी शासन व्यवस्था, विश्वव्यापी सुरक्षा व्यवस्था (जीएसआई) बारे प्रस्ताव अगाडि सारेका थिए । विश्वले यसलाई एकछत्र प्रभुत्व लाद्ने अमेरिकी शक्तिविरुद्धको प्रस्तावको रूपमा लिएको छ । रुस, चीन, उत्तर कोरिया, इरानको ब्रिक्स ग्लोबल साउथको उदयले विश्वको भू–व्यवस्थामा ठुलो परिवर्तन आउने देखिन्छ ।
Leave a Reply