भर्खरै :

युवा, विद्यार्थी तथा खेलाडी भेला

युवा, विद्यार्थी तथा खेलाडी भेला

भक्तपुर, १७ माघ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा शनिबार युवा, विद्यार्थी तथा खेलाडी भेला सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले ठुला राजनीतिक दलका केन्द्रीय सदस्यहरू विदेशीको पैसा खाएर विदेशीको हितको लागि काम गरिरहेको बताउनुभयो ।
उहाँले शासक दलहरूले दरबारको गुप्तचरमा मान्छे पठाउने काम गरेको बताउँदै प्यालेस्टिनमा अमेरिकाले आक्रमण गर्दा ८० प्रतिशत क्षति भए तापनि आत्मसमर्पण नगरी देशभक्ति प्रदर्शन गरेको चर्चा गर्नुभयो ।
अमेरिकाले हतियारको व्यापार गरे तापनि सफल नभएको चर्चा गर्दै अमेरिका बलियो बनाउन राष्ट्रपति ट्रमले विभिन्न देशहरूमाथि कब्जा गर्न आक्रमण गरिरहेको बताउनुभयो ।
उहाँले विदेशीको पुरस्कार र सम्मान राष्ट्रघाती हुने बताउँदै विदेशीको योजनाअनुसार जेन–जी आन्दोलन र मन्त्रीमण्डल बनेको बताउनुभयो ।
विदेशीको स्वार्थपूर्तिको लागि प्रतिनिधिसभामा हुने सदस्यलाई खबरदारी गर्न र आत्मनिर्भरतासहित देशको समृद्धिको लागि आवश्यक नीति नियम बनाउन नेमकिपाका प्रतिनिधिहरू अनिवार्य भएको बताउनुभयो ।
पार्टी नगर समितिका सदस्य विष्णुराम दुमरुको सभापतित्वमा भएको उक्त भेलामा उहाँले देशभक्तिको भावना राखी स्वयंसेवकहरू आफ्नो काम कर्तव्य गर्न जहिले पनि तयार रहनुपर्ने बताउनुभयो ।
युवा सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाले युवाहरूले अन्याय अत्याचारको विरोध गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *