भर्खरै :

निर्वाचन जनताको चेतनास्तर नाप्ने व्यारोमिटर

निर्वाचन जनताको चेतनास्तर नाप्ने व्यारोमिटर

कालीकोट, १७ माघ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कालीकोटको आयोजनामा पार्टीको ५२ औँ स्थापना दिवसका अवसरमा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले पार्टी स्थापनाका आधारहरूको चर्चा गर्दै नेपालको कम्युनिस्ट आन्दोलनको संशोधनवादी धारलाई चुनौती दिँदै पार्टीको मुख्य उद्देश्यलाई बचाउनु मुख्य जिम्मेवारी ठानेर पार्टीको स्थापना गरिएको बताउनुभयो ।
निर्वाचन जनताको चेतनास्तर नाप्ने व्यारोमिटर भएको र निर्वाचनमार्फत पार्टीको विचार, नीति, सिद्धान्तका साथै शासक दलहरूका विकृति र पुँजीवादी व्यवस्थाका खराबी जनताको बिचमा लिने सुनौलो अवसर भएको बताउनुभयो । यो निर्वाचन देश जोगाउने र देशलाई सिक्किमीकरण गर्नेहरूका बिचको लडाइँ भएको हुँदा देश जोगाउन नेमकिपालाई मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टी जिल्ला समिति कालीकोटका अध्यक्ष खड्गराज शाहीले नेमकिपालाई विजयी गराएको खण्डमा हाम्रा प्रतिनिधिले पार्टीको घोषणापत्रको अधीनमा रहेर जनताको सेवामा समर्पित रहने बताउनुभयो । नेपाल मजदुर किसान पार्टीको स्वार्थ देश र जनताको सेवाबाहेक बरु केही नरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला समिति सचिव धनञ्जय अधिकारी, शुभकालीका गापा वडा नं. ३ का वडाध्यक्ष प्रकाशबहादुर शाही, निर्वाचन परिचालन समितिका संयोजक खडानन्द अधिकारी र कृष्णप्रसाद अधिकारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *