भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
दैलेख, १७ माघ । नेपाल मजदुर किसान पार्टी गुराँस गाउँपालिका दैलेखको आयोजनामा घोडाबासमा ‘राज्यको शासन व्यवस्था र चुनावी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश सदस्य उदयजङ शाहीले पुुरानो होस् या नयाँ पुँजीवादी र नक्कली कम्युनिस्ट पार्टीले बहुमत जनताको सेवा नगर्ने विचार व्यक्त गर्नुभयो ।
सिद्धान्तहीन र उद्देश्यहीन कुनै पनि राजनीतिक दलले देश र जनताको निम्ति सही मार्ग निर्देश गर्न नसक्ने विचार व्यक्त गर्दै उहाँले अहिलेको आवश्यकता देश जोगाउने र बनाउने हो भन्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका अध्यक्ष एवं प्रतिनिधिसभाका उम्मेदवार जगत वलीले अहिले हुन लागेको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्ने आवश्यकता औँल्याउँदै जनताले सही राजनीतिक दल र सच्चा उम्मेदवार छान्नुपर्ने बेला आएको छ भन्नुभयो ।
कार्यक्रममा बिन्दुलाल रेग्मीले सिद्धान्तविनाको राजनीति कम्पासबिनाको यात्रीजस्तै हुने बताउनुभयो । कार्यक्रममा सीता शाही, दानबहादुर गुरुङ, हस्तबहादुर घले गुरुङले पनि बोल्नुभएको थियो ।
Leave a Reply